मुख्य समाचार
नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङकङको हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा विशेष प्रदर्शन
नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङकङको हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा विशेष प्रदर्शन

: सगरमाथा आरोहणका क्रममा गरिने साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङकङको हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा विशेष प्रदर्शन गरिएको छ। खचाखच दर्शकको उपस्थितिमा सम्पन्न विशेष प्रदर्शनमा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, अमेरिकी, इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शकहरूको सहभागिता थियो।

सगरमाथालाई नजिकबाट पर्दामा अनुभव गर्न पाएको भन्दै दर्शकले वृत्तचित्रको प्रस्तुति, विषयवस्तु र सन्देशको प्रशंसा गरेका थिए। दर्शकले फिल्म हेर्दा आफू नै सगरमाथाको यात्रामा सहभागी भएको जस्तो अनुभूति भएको प्रतिक्रिया दिएका थिए। प्रिमियरमा हङकङबाट सगरमाथा आरोहण गरेका आधादर्जन चिनियाँ आरोहीहरूको पनि सहभागिता थियो।

५० मिनेट लामो वृत्तचित्रले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको यात्रालाई केन्द्रमा राख्दै पर्वतारोहणका चुनौती, मानवीय साहस, शेर्पा समुदायको योगदान तथा जलवायु परिवर्तनका कारण तीव्र रूपमा परिवर्तन हुँदै गएको हिमाली वातावरणलाई प्रस्तुत गरेको छ। वृत्तचित्रको केन्द्रमा ५० वर्ष नाघेका राज गुरुङको सगरमाथा आरोहण यात्रा रहेको छ। प्रर्दशनी समारोहमा वृत्तचित्रका अन्य पात्रहरू कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पासहित विनोद गुरुङ र सुरज गुरुङसमेतको सहभागिता थियो। फुर्वाले १८ र निमाले ११ पटक सगरमाथा आरोहण गरिसकेका छन्।

निर्देशक निर्मल श्रेष्ठले ‘रोड टु एभरेष्ट’ सगरमाथालाई केवल चिनाउने नभई बुझाउने प्रयास भएको बताए। ‘सगरमाथालाई चिनाउनभन्दा पनि सगरमाथालाई बुझाउन यो फिल्म बनाएका हौं’, निर्देशक श्रेष्ठले भने, ‘सगरमाथा केवल एउटा हिमाल होइन, यो नेपाली साहस, सपना, संघर्ष, पहिचान र भविष्यसँग जोडिएको हाम्रो गौरव हो।’

निर्देशक श्रेष्ठले यो वृत्तचित्र वर्तमान पुस्ताका लागि मात्र नभई भावी पुस्ताका लागि एउटा महत्वपूर्ण दस्तावेजका रुपमा रहने बताए। कार्यक्रममा वी विल राइज फाउन्डेसनका अध्यक्ष तुलसीकुमार गुरुङले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखापरिरहेका परिवर्तनबारे वृत्तचित्रले महत्वपूर्ण सन्देश दिएको बताए। उनले ‘रोड टु एभरेष्ट’लाई विश्वभरका फिल्म फेस्टिभलहरूमा पु¥याउँदै जलवायु परिवर्तन र हिमाली संरक्षणबारे अन्तर्राष्ट्रिय स्तरमा चेतना फैलाउने उद्देश्य रहेको बताए। उनका अनुसार नेपालको हिमाली सम्पदा, पर्यटन र वातावरणीय विषयलाई विश्व समुदायसमक्ष पु¥याउन वृत्तचित्रले प्रभावकारी भूमिका खेल्नेछ।

वृत्तचित्रको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका हुन्। फिल्म नेपाली र अंग्रेजी दुवै भाषामा तयार गरिएको छ। नेपालमा विशेष प्रदर्शनपछि हङकङमा गरिएको ग्रान्ड प्रिमियरसँगै ‘रोड टु एभरेष्ट’को अन्तर्राष्ट्रिय यात्रा थप विस्तार भएको छ। अब वृत्तचित्रलाई विभिन्न देशका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, विशेष प्रदर्शन तथा सिनेमा हलहरूमा पु¥याउने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। हलिउड अभिनेत्री तथा ‘द हाउसमेड’ फेम सिड्नी स्वीनी विज्ञापनलाई लिएर पुनः विवादमा तानिएकी छन् । स्पोट्र्स ट्रेडिङ एप ‘नोविग’का लागि गरिएको उनको नयाँ विज्ञापनलाई सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले ‘अश्लील’ र महिलालाई ‘यौनिक रूपमा प्रस्तुत गरिएको’ भन्दै आलोचना गरेका छन् । हालै ‘युफोरिया सिजन ३’मा देखिएकी २९ वर्षीया स्वीनीले विज्ञापनका तस्बिर र भिडियोमा विभिन्न खेल सामग्री ...
। प्रधानमन्त्री बालेन शाहले नेपालबाट अस्कर अवार्डमा सिफारिस भएको र एसिया प्यासिफिक स्क्रिन अवार्डमा मनोनयन भएको फिल्म ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ लाई बधाइ तथा शुभकामना दिएका छन् । बालेनले दुवै अवार्डमा सिफारिस र मनोनयन भएको ग्राफिक्स तस्वीर सामाजिक संजालमा सेयर गर्दै फिल्म हेर्न आग्रह गरेका छन् । लेख्छन्- हलमा दोस्रो हप्तामा लाग्दैछ है । अविनाशविक्रम ...
। ‘मिस युनिभर्स नेपाल’ का १४ जना फाइनलिस्ट सुन्दरीले फेसन रन-वेमा क्याट-वाक प्रस्तुति दिएका छन् । मंगलबार राति होटल सोल्टीमा आयोजित समारोहमा नेपाली कला, संस्कृति र मौलिकता दर्शाउने पहिरनमा आफूलाई प्रस्तुति दिए । उक्त फेसन-शोको उद्देश्य नेपालको संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउनु रहेको आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चर्सले जनाएको छ । रन-वेका लागि श्वेता आचार्य फेसन हाउस, प्रियान्शी ...
नेपाल-तिब्बत सीमामा आएको विनाशकारी पहिरो र आकस्मिक बाढीपछि हलिउड अभिनेता रिचर्ड गेरेले नेपाल र तिब्बतका जनताप्रति ऐक्यबद्धता जनाएका छन् । ‘आज मेरो मन नेपाल र तिब्बतका जनतासँग छ,’ गेरेले सामाजिक सञ्जालमा पोस्ट गरेको सन्देशमा लेखेका छन् । गेरेको नेपाल र तिब्बतसँग करिब ५० वर्षदेखि गहिरो सम्बन्ध छ । उनी सन् १९७८ मा ब्राजिलियन चित्रकार सिल्भिया मार्टिन्ससँग पहिलोपटक ...
। यही भदौ २५ गतेदेखि २९ गतेसम्म काठमाडौंमा लिच्छवि सिनेमा फेस्टिभलको पहिलो संस्करण आयोजना हुने भएको छ । काठमाडौं महानगरपालिका र युरोपेली युनियनको सहयोगमा कला तथा सांस्कृतिक केन्द्र लिच्छवि हाउसले यो महोत्सव आयोजना गर्न लागेको हो। फिस्टिभलमा नेपाली र अन्तर्राष्ट्रिय सिनेमाबीच नयाँ संवादको सुरुवात गर्ने लक्ष्य राखिएको छ । फेस्टिभलमा एसिया तथा विश्व सिनेमाका १० वटा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम