: सबैला नगरपालिका–६ की गीताकुमारी मण्डलले ऐलानी जग्गा करिब पुस्तौदेखि हकभोग गर्दै आइरहेकी छन्। जग्गा भएर पनि सुकुम्वासीको जस्तो जीवन बिताउन बाध्य भएका मण्डल यतिबेला भने खुसी भएकी छन्। सबैलाको आसपास क्षेत्रमा नाप जाँच कार्य २०७२ सालमै नक्सा सम्पन्न भएपनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण हुन सकेको थिएन। तर लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेर अहिले गीताकुमारी मण्डलले जग्गाधनी प्रमाण पुर्जा पाएपछि उनको खुसीको सीमा छैन्।
सरकारले १०० दिन भित्र सुकुम्वासीहरुलाई लालपुर्जा दिने प्रतिबद्धताकाबीच नापी कार्यालयले जग्गा वितरणको काम सुरु गरेसँगै सबैलाका भुमिहिनले लालपुर्जाको निस्सा पाएपछि उनीहरु खुसी छन्। ‘जग्गा भएर पनि सुकुम्वासी जस्तो भएर बस्नु परेको थियो। मण्डल भन्छिन, ‘पहिले नै लालपुर्जा पाएको भए त्यही राम्रो घर बनाउने थिए। पहिल्यै सरकारले भगाउँछ की भने ठुलो डर थियो तर अब लापुर्जा पाएपछि ढुक्क भएको छ। अब जग्गा बैंकमा राखेर कैयौँ काम गर्नपनि सकिन्छ।’
सरकारले ढिलै भएपनि लालपुर्जा वितरणको प्रक्रिया सुरु गर्दा आगामी दिनमा विगतको जस्तो समस्या नआउने मण्डलको विश्वास छ। उनीसंगै सबैला नगरपालिकाका ठिल्ला यदुवाका ३६० घरपरिवारले जग्गाधनी प्रमाणपत्र पात्रएपछि आशा जागेको बताउँछन।
भूमी र नापी कार्यालय भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण सुरु गरेसँगै धनुषाका हंसपुर नगरपालिकाको सुगा निकासका करिब ३ सय ५० परिवारमा खुसियाली छाएको छ। सोही ठाउँका चम्पा देवी तत्मासँग हिजो सम्म १ कन्मा जग्गा पनि थिएन। तर पुस्तौदेखि प्रयोग गर्दै आइरहेको जग्गामा आफ्नो स्वामित्व भएपछि उनको खसीको सीमा छैन्। लालपुर्जा पाएपछि निकै खुसी देखिएकी उनी भन्छिन, ‘हिजो सम्म कसले यहाँबाट लखेटछ भन्ने ठेगान थिएन तर आज जग्गा पुर्जा पाएपछि आफ्नो सन्ततीले पाउन नसकेको जग्गाको हकभोग तथा जोगभोगको अधिकारले परिवार नै खुसी भएको छ । वर्षौदेखिको सपना साकार भएको छ।’
धनुषा क्षिरेश्वर नगरपालिका १ र २ का रमदैया भवाडीका ३७५ घरपरिवारले लालपुर्जा पाएपछि राहतको श्वास लिन पाएका छन् । पुस्तौपुस्ता देखि घरवार बनाएर जिविकोपार्जन गर्दै आएको अरुण साह, रामकिशोर साह र रघुनाथ साहको परिवार संयुक्त परिवारमा छन्। उनीहरु तीनै जना एउटै घरमा सामुहिक बस्दै आएकोमा अहिले लालपुर्जा पाएपछि बल्ल घरधनी भएको महशुगा गर्न थालेको छ। लालपुर्जा पाएका मध्ये अरुण साहले भन्छन, ‘घरवार बनेकै छ। छोराहरु विदेशमा छन् । अब आएपछि मेरोपछि उनीहरुको नाममा सरुवा गरिदिन्छु । तर लालपुर्जा पाउन लागेको विदेशमा छोराहरुलाई खबर सुनाउँदा विदेशमा उनीहरुपनि खुसी भएको छ।’
जीवनको उत्तरार्ध उमेरमा उमेरमा हातमा जग्गाधनी पुर्जा पाउँदा चिन्ता देवी महराको मुखमा खुसीको खित्का थियो। आफ्नो नाममा पनि जग्गा हुन्छ र भन्ने उनलाई लागेको थियो। जग्गाको लालपुर्जा हातमा परेपछि उनको खुसी सिमा नै थिएन। अर्काको जग्गामा बनिबुतो गर्दै आएकी चमारको जन्मेर अहिलेसम्म सुकुम्वासी थिए । हातमा पुर्जा पाउने बित्तिकै चमारले भनिन, ‘हमर खुशीके सिमा न है, आब यही जग्गामे दुःखसुख के जीवन गुजार्वै।'
हातमा लालपुर्जामा पाएपछि उनले हाँस्दै भनिन्, ‘गाउँका सबैले सुकुमवासी भन्थे, अब उनीहरुको मुखमा बुजो लाग्यो ।’
नापी कार्यालय धनुषका प्रमुख संजय कुमारका अनुसार जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएसँगै स्ववासीका रुपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको स्वामित्व र अधिकार स्थापित भएको बताउँछन्। उनले भने, ‘स्ववासी जग्गा दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा वितरण भएपछि स्थानीय बासिन्दाले कानुनी तथा आर्थिक लाभ प्राप्त गर्न सक्नेछन्। लालपुर्जा प्राप्त भएपछि जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुनेछ।’
धनुषाको हंसपुर, सबैला र क्षिरेश्वरनाथ नगरपालिकाका १४५० घरपरिवारले घरधनी पुर्जा पाएका छन्। जग्गाको स्वामित्व स्पष्ट भएपछि भूमिसम्बन्धी विवाद निरुपण गर्न समेत सहज हुने नापी कार्यालय धनुषाका प्रमुख संजय कुमारको भनाइ छ