मुख्य समाचार
मोटरसाइकल पुलबाट खस्दा भारतीय नागरिकको मृत्यु
मोटरसाइकल पुलबाट खस्दा भारतीय नागरिकको मृत्यु

: मोरङको सुनवर्षी नगरपालिका–८ हर्चनगढीमा मोटरसाइकल पुलबाट खस्दा भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।
डाइनियाबाट सिक्टीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ३८ एल ७९२० मोटरसाइकल मंगलबार राति करिब सवा ९ बजेतिर हर्चनगढी पुलबाट अन्दाजी ८ मिटर तल खसेको थियो ।

प्रहरीका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएपछि चालक भारतको अररिया थाना पलासी गोठगाउँका अन्दाजी ४० वर्षीय मुना मण्डल गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि रंगेली अस्पताल पुर्‍याइएको थियो । तर, राति १० बजेतिर चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि सवार सुनवर्षी–८ हर्चनगढीका अन्दाजी ३५ वर्षीय दिपेश मण्डल पनि घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र रंगेली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: महोत्तरीमा नापी सर्वेक्षक घुस रकमसहित पक्राउ परेका छन्। बर्दिबासस्थित नापी कार्यालयमा कार्यरत नापी सर्वेक्षक शिवकुमार साह सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन्। एक सेवाग्राहीसँग लिएको १ लाख रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टिमले उनलाई पक्राउ गरेको हो। जग्गा ट्रायलका लागि निवेदन दिएका सेवाग्राहीसँग लामो समयदेखि घुस रकमका लागि बार्गेनिङ ...
: सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ भक्तपुरबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का ५२ वर्षीय यमनाथ चालिसे(राजन) रहेका छन्। २६ जेठ २०६५ मा मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीस्थित सडक खण्डमा सवारी दुर्घटना गराएर चालिसे फरार रहेका थिए। मगंलबार प्रहरी वृत ठिमीबाट खटिएको प्रहरी टोलिले उनलाई फक्राउ गरेको हो। उनीमाथि थप ...
: मकवानपुरमा भएका गाडी दुर्घटनामा परी मृत्यु भएका चारै जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा धनुषाका ४३ वर्षीय सुरज भट्टराई, पर्साका ४४ वर्षीय भुवनेश्वर साह कानु, नवलपरासी पूर्वको कावासोतीका २४ वर्षीय नरबहादुर सिंह र बाराका ३२ वर्षीय सरफरोस मियाँ रहेका छन्। यस्तै घाइते हुनेहरुमा हेटौँडाकी कल्पना तामाङ, बाराकी २१ वर्षीया ...
: डोटीको सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन्। दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीकी २२ वर्षीय प्रिंयका श्रेष्ठले मंगलबार बेलुकी ५ बजेतिर दिपायलस्थित झोलुङ्गे पुलबाट सेतीमा हाम फालेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। घटनाबारे स्थानीयबाट जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिपायलबाट प्रहरी नायब निरीक्षक डम्बरबहादुर कठायतको कमाण्डमा १० जनाको प्रहरी टोली ...
: सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्डको पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर (झरना) नजिकै गुडिरहेको कारमा ढुंगा खस्दा २ जना घाइते भएका छन्। बा २० च ३९९९ कारमा ढुंगा खस्दा कारको पछाडीको भागमा पूर्ण रूपमा क्षति भएको छ । घाईते हुनेमा बुटवल उपमहानगर पालिका–७ का ४७ बर्षिय जुलन गैरे र बुटवल उपमहानगर ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम