मुख्य समाचार
श्रीमानले खुर्पा प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु
श्रीमानले खुर्पा प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु

: जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–३ चिसापानीमा श्रीमानले खुर्पा प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ।

मंगलबार बिहान करिब ८ः४५ बजे ४३ वर्षीय शेरबहादुर विकले उनकी श्रीमती ४० वर्षीया उनिमाया विकको घाँटीमा धारिलो हतियार (खुर्पा) प्रहार गरेको प्रहरीले जनाएको छ। खुर्पा प्रहारबाट गम्भीर घाइते भएकी उनिमायाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मोहन कुमार खड्काले जानकारी दिए। उनिमाया शेरबहादुर कि कान्छी श्रीमती हुन्।

घटनाको खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट सर्दीबाट प्रहरी नायब निरीक्षक सिताराम चौधरीको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो।

प्रहरी टोलीले घटनामा संलग्न शेरबहादुर विकलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुम्किबास पठाएको जानकारी दिएको छ। घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरी निरीक्षक खड्काले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा-मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि सरकारले सुरु गरेको खोज, उद्धार, उपचार र राहत व्यवस्थापन सम्बन्धमा गत भदौ १७ गते प्रतिनिधिसभामा जानकारी दिने क्रममा कृष्णभीरमा अवरुद्ध बनेको सडक भदौ महिनाभित्र सञ्चालनमा ल्याउने बताएका थिए। प्रधानमन्त्री शाहको सोही घोषणाअनुसार पूर्वाधार विकास मन्त्रालयको ...
: अलाैबाट सशस्त्र प्रहरीले ठूलाे परिमाणबाट लागूऔषध चरेस सहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। अलौस्थित सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्मबाट मंगलबार खटिएको मोबाईल गस्ती टोलीले नेपालबाट भारततर्फ जाँदै गरेकाे भारतीय नम्बर प्लेटको मोटरसाइकललाई राेकेर चेकजाँच गरेकाे थियाे।त्यसक्रममा उक्त मोटरसाइकलको तेल ट्याङ्कीभित्र फल्स बटम बनाई लुकाई राखेको अवस्थामा २१ वटा पाेकमा रहेकाे ९ ...
: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कालिका माध्यमिक विद्यालय कैलालीको विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीविरुद्ध मंगलबार विशेष अदालतमा आरोप-पत्र दायर गरेको हो। सेवा सुविधा उपलब्ध गराउन निर्णय गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको उनीमाथि आरोप छ। भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा २ लाख विगो ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन विधान र निर्धारित कार्यतालिकाअनुसार नै हुने भन्दै नेता-कार्यकर्तालाई कुनै पनि अलमल र द्विविधामा नपर्न आग्रह गरेका छन्। निवर्तमान सभापति शेरबहादुर देउवाले संस्थापन पक्षले आयोजना गरेको महाधिवेशनमा सहभागी नहुन आह्वान गर्दै विज्ञप्ति जारी गरेपछि सभापति थापाले पनि सार्वजनिक अपिलमार्फत नेता-कार्यकर्तालाई महाधिवेशन प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन आग्रह गरेका हुन्। थापाले ...
: भारतबाट नेपाल आयल निगमका लागि ल्याइएको डिजेल भैरहवामा चोरी गरिररहेको अवस्थामा प्रहरीले तीन वटा ट्याङ्करसहित एक जनालाई नियन्त्रणमा लिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको संयुक्त टोलीले मंगलबार भैरहवास्थित सराफ आयल सेन्टरमा डिजेल निकालिरहेको अवस्थामा ट्याङ्कर नियन्त्रणमा लिएको हो। नेपाल आयल निगमका ट्याङ्करबाट सिल तोडेर डिजेल निकालिरहेको अवस्थामा ट्याङ्कर, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम