मुख्य समाचार
न्याय सेवा आयोगले सर्वोच्च अदालतका दुईजना सह-रजिस्ट्रारलाई बढुवाका लागि सिफारिस
न्याय सेवा आयोगले सर्वोच्च अदालतका दुईजना सह-रजिस्ट्रारलाई बढुवाका लागि सिफारिस

: न्याय सेवा आयोगले सर्वोच्च अदालतका दुईजना सह-रजिस्ट्रारलाई बढुवाका लागि सिफारिस गरेको छ।

मंगलबार बसेको न्याय सेवा आयोगको बैठकले सह-रजिस्ट्रारद्वय ठगीन्द्र कट्टेल र बाबुराम दाहाललाई सर्वोच्च अदालतको रजिस्ट्रारमा बढुवाका लागि सिफारिस गरेको हो।

सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि सर्वोच्चको रजिष्ट्रारका दुई पद रिक्त थिए। रिक्त दुई पदमा कट्टेल र दाहाललाई सिफारिस गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–३ चिसापानीमा श्रीमानले खुर्पा प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार बिहान करिब ८ः४५ बजे ४३ वर्षीय शेरबहादुर विकले उनकी श्रीमती ४० वर्षीया उनिमाया विकको घाँटीमा धारिलो हतियार (खुर्पा) प्रहार गरेको प्रहरीले जनाएको छ। खुर्पा प्रहारबाट गम्भीर घाइते भएकी उनिमायाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मोहन कुमार ...
: ब्रिटिश सेना र सिंगापुर प्रहरीमा कार्यरत नेपाली सैनिक तथा पेशाकर्मीहरूको सामूहिक बचतबाट स्थापना भएको लगानी कम्पनी ब्रह्माण्ड इन्भेष्टमेन्ट ग्रुप (बिग) को लगानी रहेको बेनी खोला जलविद्युत् आयोजना सेयर बजारमा सूचीकृत हुने भएको छ। नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्दै आएको बिगले सुरुवाती चरणदेखि नै बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडमा लगानी गरेको थियो । विदेशमा कार्यरत नेपालीले आफ्नो ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाएकी छन्। मंगलबार प्रतिनिधिसभाको आकस्मीक समयमा सांसद बाँस्कोटाले परिवारलाई समेत कडा नियम र निश्चित समयमा मात्र भेट्न दिइने आईसीयू कक्षमा क्यामरा,क्यामराम्यानसहित प्रवेश गरी करिब एक घण्टा लामो अन्तर्वार्ता लिइएको भन्दै आपत्ति जनाएकी हुन्। अन्तर्वार्ता लिइएका बिरामीका ...
: बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२३ भलुहीस्थित सडकमा मंगलबार राति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको करैयामाई गाउँपालिका-७ का ३० वर्षीय दिलीप चौधरी र पर्साको वीरगन्ज महानगरपालिका-१५ नगवाका ३५ वर्षीय रवीन्द्र उपाध्याय रहेका छन् । पथलैया-वीरगन्ज सडकखण्डअन्तर्गत भलुहीको सागर आयल पेट्रोल पम्पनजिक पूर्वतर्फको सर्भिस लेनबाट मुख्य सडकमा निस्कदै गरेको ना३ख ५६१० ...
: नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेश कुमार मल्लले सरकारका केहि मन्त्रीहरूले गैरराजनीतिक गतिविधि गरेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न ध्यानाकर्षण गराएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद मल्लले सरकारका केही मन्त्रीहरूले विपक्षी र सर्वसाधारणलाई तर्साउने,धम्क्याउने र गैरराजनीतिक अभिव्यक्ति दिने गरेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न ध्यानाकर्षण गराएका हुन्। त्यस्तै उनले जलविद्युत सुरुङमा खोजी कार्यको अवस्थाका बारेमा जानकारी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम