। जनता समाजवादी पार्टी(जसपा) नेपालले रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २१ लाख रुपैयाँ जम्मा गरेको छ । जसपा नेपालका तर्फबाट महासचिवद्वय प्रकाश अधिकारी र सुरेन्द्रकुमार झा नेतृत्वको टोली अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम बराबरको बैंक चेक हस्तान्तरण गरेको छ ।
उक्त रकम हस्तान्तरण गर्दा विपद् व्यवस्थापन तथा राहत संकलन समितिका संयोजक पूर्वमन्त्री शैलेन्द्रप्रसाद साहसहित समिति पनि उपस्थित रहेको महासचिव झाले जानकारी दिए ।
जसपा नेपाल यस संकटको घडीमा विपद् प्रभावित नागरिकको साथमा रहेको र नेपाल सरकारको उद्धार, राहत तथा पुनर्स्थापना अभियानले समर्थन गर्ने उनले बताए ।