मुख्य समाचार
हलिउड अभिनेत्री तथा ‘द हाउसमेड’ फेम सिड्नी स्वीनी विज्ञापनलाई लिएर पुनः विवादमा
हलिउड अभिनेत्री तथा ‘द हाउसमेड’ फेम सिड्नी स्वीनी विज्ञापनलाई लिएर पुनः विवादमा

। हलिउड अभिनेत्री तथा ‘द हाउसमेड’ फेम सिड्नी स्वीनी विज्ञापनलाई लिएर पुनः विवादमा तानिएकी छन् । स्पोट्र्स ट्रेडिङ एप ‘नोविग’का लागि गरिएको उनको नयाँ विज्ञापनलाई सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले ‘अश्लील’ र महिलालाई ‘यौनिक रूपमा प्रस्तुत गरिएको’ भन्दै आलोचना गरेका छन् ।

हालै ‘युफोरिया सिजन ३’मा देखिएकी २९ वर्षीया स्वीनीले विज्ञापनका तस्बिर र भिडियोमा विभिन्न खेल सामग्री प्रयोग गरेर आफ्नो शरीर ढाकेकी छन् । फुटबल, बास्केटबल, हकी प्याड र टेनिस र्‍याकेटलगायतका खेल सामग्रीसहित गरिएको फोटोसुट सार्वजनिक भएपछि यसबारे सामाजिक सञ्जालमा बहस सुरु भएको हो ।

स्वीनीले आइतबार उक्त विज्ञापनका तस्बिर र भिडियो पोस्ट गरेकी थिइन् । समाचार तयार पार्दासम्म उनको पोस्टमा २० लाखभन्दा बढी लाइक र २८ हजारभन्दा बढी कमेन्ट आएका छन् ।

पोस्ट सार्वजनिक भएसँगै भाइरल भएको थियो । केही प्रयोगकर्ताले विज्ञापनको अवधारणाको आलोचना गरेका छन् भने खेलकुदसँग जोडिएका केही महिलाले समेत यसलाई महिलाको शरीरलाई यौनिक रूपमा प्रस्तुत गर्ने अभियानका रूपमा टिप्पणी गरेका छन् ।



स्वीनीको पोस्टमा एक महिला इन्स्टाग्राम प्रयोगकर्ताले लेखेकी छन्, ‘एक पूर्व खेलाडी र आफैँले यौनिक टिप्पणीको सामना गरेकी महिलाका रूपमा यो अभियानबाट म साँच्चै घृणा र गहिरो निराशा महसुस गरिरहेकी छु । हामीले आफ्नो प्रतिभा, शक्ति र उपलब्धिका लागि चिनिन र सम्मान पाउन वर्षौं संघर्ष गरेका छौँ, केवल शरीरमा सीमित हुनका लागि होइन…।’

स्वीनीले भने आलोचनाबारे प्रत्यक्ष प्रतिक्रिया दिएकी छैनन् । तर उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा विभिन्न चर्चित खेलाडीका विगतमा गरिएका यस्तै प्रकृतिका फोटोसुट सेयर गर्दै आलोचनाप्रति अप्रत्यक्ष कटाक्ष गरेकी छन् ।

यसअघि सन् २०२५ मा पनि स्वीनी ‘अमेरिकन ईगल’ डेनिम ब्रान्डको विज्ञापनलाई लिएर आलोचनामा परेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘काठमाडौं फिल्म फेस्टिभल २०८३’ शुक्रबारबाट सुरु हुँदैछ । काठमाडौंको मौलिक संस्कृति, परम्परा र सम्पदालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवको उद्‍घाटन शुक्रबार वसन्तपुरमा गरिने भएको छ । फेस्टिभलका भेन्यू वसन्तपुर, राष्ट्रिय सभा गृह, जय नेपाल हल, नेपाल पर्यटन बोर्ड र तारागाउँ नेक्स्ट म्युजियम बौद्ध रहेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै ...
। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस काम गर्न आग्रह गरेका छन् । बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितलाई आज मन्त्रालयलमा नियुक्तिपत्र हस्तान्तरणका अवसरमा उहाँले चलचित्रकर्मीहरूले बोर्ड सबैको साझा हुन सकेन भन्ने गुनासो रहेको उल्लेख गर्र्दै चलचित्रकर्मीहरूले वर्तमान सरकारबाट ठूलो अपेक्षा राखेको बताए । ‘चलचित्र ...
हलिउडका दिग्गज अभिनेता टम स्केरिटको निधन भएको छ । उनी ९३ वर्षका थिए । ‘एलियन’ र ‘टप गन’ जस्ता चर्चित फिल्ममा निर्वाह गरेका सम्झनलायक भूमिकाका कारण उनी दर्शकमाझ लोकप्रिय थिए । एमी अवार्ड विजेता स्केरिट टेलिभिजन शृङ्खला ‘पिकेट फेन्सेस’मा अभिनय गरेपछि झनै चर्चित बनेका थिए । छ दशक लामो अभिनय यात्रामा स्केरिटले फिल्म र टेलिभिजन दुवै ...
रियालिटी टेलिभिजन स्टार काइली जेनरले ५० मिलियन अमेरिकी डलर (करिब सात अर्ब ५९ करोड ७९ लाख रुपैयाँ) मूल्यको ब्रा लगाएर भिक्टोरियाज सिक्रेट फेसन शोमा डेब्यु गरेकी छन् । उनको यो प्रस्तुतिलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ । मेकअप उद्योगकी चर्चित हस्ती जेनरले आइतबार लन्जरी ब्रान्ड भिक्टोरियाज सिक्रेटको वार्षिक फेसन शोमा सबैको ध्यान खिचिन् । डिजाइनरका ...
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...