मुख्य समाचार
संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समुदायका लागि पहिलोपटक ‘बिजनेस नेटवर्किङ’ कार्यक्रम आयोजना
संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समुदायका लागि पहिलोपटक ‘बिजनेस नेटवर्किङ’ कार्यक्रम आयोजना

। संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समुदायका लागि पहिलोपटक ‘बिजनेस नेटवर्किङ’ कार्यक्रम आयोजना गरिएको छ । फेडेरेसन अफ इन्टरनेसनल नेपालीज युथ इन्टरप्रेनर्स फोरम (एफआईएनवाईई) यूएई च्याप्टरले डीएनआईजी र एनपीएएफको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो ।

नेपाली समुदायमा व्यवसाय गरिरहेका तथा व्यवसाय गर्न चाहने उद्यमीलाई एकै ठाउँमा भेला गराएर व्यवसाय विस्तार, सहकार्य र नेटवर्किङको अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा यूएई राजपरिवारका निजी सल्लाहकार तथा उद्यमी याकुब अल अली प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । त्यस्तै भारतीय तथा नेपाली समुदायका व्यवसायिक क्षेत्रमा स्थापित व्यक्तित्वहरू हानी एम हनीफ, टीआर गणेश र विष्णु प्रसाद पुडासैनीलगायतको सहभागिता थियो।

कार्यक्रममा यूएईमा रहेका नेपाली व्यवसायी तथा उद्यमीसँगै अन्य देशबाट पुगेका नेपाली व्यवसायी नेताहरूको समेत सहभागिता थियो ।



कार्यक्रममा सहभागीहरूले नेपाली समुदायमा व्यवसायको सम्भावना, एकआपसमा सहकार्य, व्यावसायिक सम्बन्ध विस्तार तथा नयाँ व्यवसायिक अवसर सिर्जना गर्न नेटवर्किङको महत्त्वबारे छलफल गरेका थिए । सफल व्यवसायी तथा नेतृत्वकर्ताले आफ्ना अनुभवसमेत आदानप्रदान गरेका थिए ।

फोरम जीसीसीका क्षेत्रीय अध्यक्ष मनोज मरहट्टाका अनुसार यूएईमा नेपाली समुदायबीच पहिलोपटक यस प्रकारको व्यवसायिक नेटवर्किङ कार्यक्रम गरिएको हो । उनका अनुसार कार्यक्रमले नेपाली उद्यमी, व्यवसायी तथा व्यवसाय गर्न चाहने युवालाई एउटै प्लेटफर्ममा जोड्ने आधार तयार गरेको छ ।

उनले नेपाली व्यवसाय समुदायलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न नेटवर्किङ, सहकार्य र नयाँ सोच आवश्यक रहेको बताए । कार्यक्रमलाई फोरमको आगामी यात्राको सुरुवाती कदमका रूपमा लिइएको उनको भनाइ छ ।

कार्यक्रमको सफलताका लागि फोरम यूएईका अध्यक्ष सीए सन्तोष खनालसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको आयोजकले जनाएको छ ।

यूएईमा ३ हजारभन्दा बढी सदस्य रहेको व्यावसायिक तथा पेशागत समूह डीएनआईजी र ५०० भन्दा बढी यूएईमा आधारित चार्टर्ड एकाउन्टेन्ट आबद्ध रहेको एनपीएएफको सहकार्यले कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजकको भनाइ छ ।

एफआईएनवाईईले नेपाली युवालाई उद्यमशीलतामा जोड्ने, व्यवसाय विस्तारका लागि आवश्यक नेटवर्क निर्माण गर्ने तथा नेपाल र विदेशमा रहेका नेपाली उद्यमीबीच सहकार्यको वातावरण बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली मूलका अस्ट्रेलियन प्रहरी वरिष्ठ कन्स्टेबल बिकास भारतीले अस्ट्रेलियाको प्रतिष्ठित राष्ट्रिय बहादुरी अवार्ड प्राप्त गरेका छन्। उनको अदम्य साहस र कर्तव्यनिष्ठाको कदर गर्दै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले संघीय संसद्‌को प्रश्नोत्तर समयमामा प्रशंसासमेत गरेका छन्। अस्ट्रेलियाको पुलिस फेडेरेसनले बुधबार क्यानबेरामा आयोजित एक समारोहमा भारतीलाई उक्त सम्मान प्रदान गरेको हो। न्यु साउथ वेल्स (एनएसडब्लु) प्रहरीअन्तर्गत ‘बर्रउड पुलिस ...
। न्युजिल्यान्डमा बसोबास गर्ने नेपाली नागरिक, विशेषगरी विद्यार्थीहरू राहदानी नवीकरण र अन्य कन्सुलर सेवा लिन सास्ती भोग्न बाध्य भएका छन्। त्यहाँ नेपाली दूतावास नहुँदा र राहदानी छपाइमा देखिएको भनिएको प्राविधिक समस्या लम्बिँदा नेपालीहरू ठूलो आर्थिक भार र प्रशासनिक झन्झटमा परेका हुन्। आधारभूत कन्सुलर सेवा लिन अस्ट्रेलिया वा नेपालसम्मै पुग्नुपर्ने अवस्था आएपछि न्युजिल्यान्डस्थित नेपाली समुदायका अगुवाहरूले नेपाल ...
: साउदी अरबमा पछिल्लो सुरक्षा तनाव र हुथी आक्रमणको प्रभावले नेपाल फर्किने र साउदी जाने तयारीमा रहेका नेपाली श्रमिक तथा यात्रु समस्यामा परेका छन्। नियमित उडान गर्दै आएका नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले केही समयका लागि उडान रद्द गरेपछि चाडपर्वको मुखमा स्वदेश फर्किन खोज्ने नेपाली थप अन्योलमा परेका छन्। रियादबाट नेपालका लागि हुने नियमित उडान रद्द ...
: पछिल्लो समय साउदी अरबका विभिन्न क्षेत्रमा भएका ड्रोन तथा क्षेप्यास्त्र आक्रमणका घटनाले यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षाबारे चिन्ता बढाएको छ। एक नेपालीको मृत्यु र अन्य ३ नेपाली घाइते भएको घटनासँगै अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा स्वदेश फर्कने तयारीमा रहेका नेपालीसमेत अन्योलमा परेका छन्। अक्टोबर २१ मा साउदी अरबको पूर्वी क्षेत्रमा रहेको शैबाह तेल क्षेत्रमा ड्रोन अवरोध ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...