मुख्य समाचार
चीनले आफ्ना नागरिकहरूमाथि भ्रमण प्रतिबन्ध मङ्गलबारदेखि व्यापक रूपमा लागु
चीनले आफ्ना नागरिकहरूमाथि भ्रमण प्रतिबन्ध मङ्गलबारदेखि व्यापक रूपमा लागु

चीनले आफ्ना नागरिकहरूमाथि भ्रमण प्रतिबन्ध मङ्गलबारदेखि व्यापक रूपमा लागु गरेको छ । देशको ‘औद्योगिक वा प्रविधि सुरक्षा’ मा खतरा पुर्‍याएको ठानिएका मानिसहरूलाई देश छाड्न रोक लगाइएको छ ।

गत जुलाई महिनामा पारित भएका यी नयाँ प्रवेश तथा प्रस्थान नियमहरू प्रविधि आयात र निर्यातसम्बन्धी नियम उल्लङ्घन गर्ने नागरिकहरूमाथि लागु हुनेछन् । खासगरी आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा नियम उल्लङ्घन गर्नेहरू यसको निसानामा पर्नेछन् ।

बेइजिङस्थित स्टेट काउन्सिलले नयाँ नियमहरूको बारेमा स्पष्ट पारेको छ । ‘राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा र विकासका हितहरूको रक्षा गर्न’ यी नियमहरू बनाइएको स्टेट काउन्सिलले बताएको छ ।

यी नियमहरू चीनभित्र रहेका मानिसहरूमाथि मात्र लागु हुने छैनन् । विदेशमा आपराधिक कार्य गरेको ठहरिएका चिनियाँ नागरिकहरूमाथि पनि यी नियमहरू लागु हुनेछन् ।

यस्ता मामिलामा नागरिकहरूलाई चीन फर्किएको मितिदेखि निश्चित अवधिसम्म देश छाड्न प्रतिबन्ध लगाइनेछ । स्टेट काउन्सिलले ‘चीन फर्किएको मितिदेखि छ महिनादेखि तीन वर्षसम्म उनीहरूलाई देश छाड्न प्रतिबन्ध लगाउन सकिनेछ’ भनेको छ ।

चीन र अमेरिकाबीच प्रविधिको प्रतिस्पर्धा चलिरहेका बेला यी प्रतिबन्धहरू आएका हुन् । दुवै देशले हालैका महिनाहरूमा एकअर्कामाथि स्थानीय रूपमा विकसित एआई मोडेलहरू चोरी गरेको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
साउदी अरेबियाको ऊर्जा पूर्वाधारमा आक्रमण भएपछि साउदीको इस्ट–वेस्ट पाइपलाइन बन्द भएको छ । यसका कारण आपूर्तिमा अवरोध आउने देखिएको छ । यही कारण मंगलबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । खाडी क्षेत्रमा जलयातायातको जोखिम कम गर्ने प्रयासमा पनि अन्योल सिर्जना भएको छ । अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १.३७ डलर अर्थात् १.३ प्रतिशतले ...
। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासको गति केही सुस्त बनाउनुपर्ने उद्योगका प्रमुखहरूको चेतावनीपछि सोमबार अमेरिकी सेयर बजारका प्रमुख सूचकहरू घटेर बन्द भएका छन्। कृत्रिम बुद्धिमत्ता क्षेत्रमा बढ्दो सुरक्षा जोखिमबारे सार्वजनिक रूपमा आएको यस्तो धारणा तीव्र व्यावसायीकरण र ठूलो लगानीको अपेक्षा गरिरहेका लगानीकर्ताका लागि अनपेक्षित बनेको छ। सोमबारको कारोबारमा डाउ जोन्स औद्योगिक औसत १५२.०९ अंक अर्थात् ०.२९ प्रतिशतले ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर र उनकी पत्नी बेटिनाले आफ्नो विवाहको केही खर्च एक रुसी व्यापारीले बेहोरेको पुष्टि गरेका छन्। उक्त खर्च बेहोर्ने व्यापारीको नाम उमर क्रेमलेभ हो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उनको सम्बन्ध निकट रहेको पाइएको छ । डोनाल्ड ट्रम्प जुनियर र बेटिनाको विवाह गत मे महिनामा भएको थियो। उनीहरूले इन्स्टाग्राम ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसभित्र रहेका डिजेल रिफाइनरीहरूमा आक्रमण तत्काल रोक्न सार्वजनिक रूपमा आग्रह गरेका छन् । युक्रेनी हमलाका कारण विश्वभर डिजेलको चरम अभाव सिर्जना भएको र अन्तर्राष्ट्रिय अर्थतन्त्रलाई असर पुर्‍याएको दाबी ट्रम्पले गरेका छन् । रुस र युक्रेनबीच जारी क्षेप्यास्त्र युद्धका बीच युक्रेनले रुसी तेल तथा ग्यास पूर्वाधारलाई निरन्तर निसाना बनाइरहेको छ । रुस ...
। हुथी विद्रोहीहरूले साउदी अरबले पछिल्लो २४ घण्टामा यमनका विभिन्न क्षेत्रमा ५४ वटा हवाई आक्रमण गरेको दाबी गरेका छन्। हुथी विद्रोहीहरू रेड सीको तटीय क्षेत्रमा तीव्र गतिमा अघि बढिरहेको समयमा सोमबार उनीहरूको यो दाबी बाहिर आएको बीबीसीले जनाएको छ । हुथी सैन्य प्रवक्ता याह्या सारीले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘साउदी वायुसेनाले एफ-१५ र टाइफुन लडाकु ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम