मुख्य समाचार
ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर र उनकी पत्नी बेटिनाले आफ्नो विवाहको केही खर्च एक रुसी व्यापारीले बेहोरेको पुष्टि
ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर र उनकी पत्नी बेटिनाले आफ्नो विवाहको केही खर्च एक रुसी व्यापारीले बेहोरेको पुष्टि

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर र उनकी पत्नी बेटिनाले आफ्नो विवाहको केही खर्च एक रुसी व्यापारीले बेहोरेको पुष्टि गरेका छन्।

उक्त खर्च बेहोर्ने व्यापारीको नाम उमर क्रेमलेभ हो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उनको सम्बन्ध निकट रहेको पाइएको छ ।
डोनाल्ड ट्रम्प जुनियर र बेटिनाको विवाह गत मे महिनामा भएको थियो। उनीहरूले इन्स्टाग्राम पोस्टमार्फत बहामासको एउटा प्राइभेट आइल्यान्डमा आयोजित विवाह समारोहको दुई रातको आतिथ्य उमर क्रेमलेभले गरेको जानकारी दिएका छन्।

उमर क्रेमलेभ इन्टरनेसनल बक्सिङ एसोसिएसनका अध्यक्ष हुन् । ट्रम्प जुनियर र बेटिनाले जारी गरेको बयानमा क्रेमलेभलाई आफ्नो नजिकको साथी भनिएको छ। उनीहरूले यसलाई साथीको तर्फबाट पाएको विवाहको उपहार भन्दै आभार पनि व्यक्त गरेका छन्।

विवाहपछिको दुई दिने उत्सव भने अर्को आइल्यान्डमा भएको थियो। उक्त आइल्यान्डको एक रातको भाडा करिब १ लाख डलर रहेको छ। त्यस समारोहसँग जोडिएका अन्य धेरै खर्च पनि क्रेमलेभले नै बेहोरेका थिए। प्रो पब्लिकाको इन्भेस्टिगेसन अनुसार क्रेमलेभले विवाह समारोहमा लाखौँ डलर खर्च गरेका थिए।

यो पूरा मामिला सार्वजनिक भएपछि अमेरिकी मिडियामा ट्रम्प परिवारमाथि विदेशी प्रभावलाई लिएर प्रश्नहरू उठेका छन्। यी खर्चहरूको जानकारी सबैभन्दा पहिले प्रो पब्लिकाको रिपोर्टमा बाहिर आएको थियो।

अमेरिकी एथिक्समाथि नजर राख्ने धेरै सङ्गठनहरूले यस विषयमा चिन्ता व्यक्त गरेका छन्। राष्ट्रपति पुटिनसँग नजिकको सम्बन्ध भएको व्यक्तिबाट राष्ट्रपतिका छोराले महँगो उपहार स्वीकार गरेकोमा उनीहरूले आपत्ति जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासको गति केही सुस्त बनाउनुपर्ने उद्योगका प्रमुखहरूको चेतावनीपछि सोमबार अमेरिकी सेयर बजारका प्रमुख सूचकहरू घटेर बन्द भएका छन्। कृत्रिम बुद्धिमत्ता क्षेत्रमा बढ्दो सुरक्षा जोखिमबारे सार्वजनिक रूपमा आएको यस्तो धारणा तीव्र व्यावसायीकरण र ठूलो लगानीको अपेक्षा गरिरहेका लगानीकर्ताका लागि अनपेक्षित बनेको छ। सोमबारको कारोबारमा डाउ जोन्स औद्योगिक औसत १५२.०९ अंक अर्थात् ०.२९ प्रतिशतले ...
चीनले आफ्ना नागरिकहरूमाथि भ्रमण प्रतिबन्ध मङ्गलबारदेखि व्यापक रूपमा लागु गरेको छ । देशको ‘औद्योगिक वा प्रविधि सुरक्षा’ मा खतरा पुर्‍याएको ठानिएका मानिसहरूलाई देश छाड्न रोक लगाइएको छ । गत जुलाई महिनामा पारित भएका यी नयाँ प्रवेश तथा प्रस्थान नियमहरू प्रविधि आयात र निर्यातसम्बन्धी नियम उल्लङ्घन गर्ने नागरिकहरूमाथि लागु हुनेछन् । खासगरी आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा नियम उल्लङ्घन ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसभित्र रहेका डिजेल रिफाइनरीहरूमा आक्रमण तत्काल रोक्न सार्वजनिक रूपमा आग्रह गरेका छन् । युक्रेनी हमलाका कारण विश्वभर डिजेलको चरम अभाव सिर्जना भएको र अन्तर्राष्ट्रिय अर्थतन्त्रलाई असर पुर्‍याएको दाबी ट्रम्पले गरेका छन् । रुस र युक्रेनबीच जारी क्षेप्यास्त्र युद्धका बीच युक्रेनले रुसी तेल तथा ग्यास पूर्वाधारलाई निरन्तर निसाना बनाइरहेको छ । रुस ...
। हुथी विद्रोहीहरूले साउदी अरबले पछिल्लो २४ घण्टामा यमनका विभिन्न क्षेत्रमा ५४ वटा हवाई आक्रमण गरेको दाबी गरेका छन्। हुथी विद्रोहीहरू रेड सीको तटीय क्षेत्रमा तीव्र गतिमा अघि बढिरहेको समयमा सोमबार उनीहरूको यो दाबी बाहिर आएको बीबीसीले जनाएको छ । हुथी सैन्य प्रवक्ता याह्या सारीले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘साउदी वायुसेनाले एफ-१५ र टाइफुन लडाकु ...
। अमेरिकी सर्वोच्च अदालतले हुलाकमार्फत हुने मतदानमा कडा नियम लागु गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई रोकिदिएको छ। आसन्न मध्यावधि चुनावअघि मतदान प्रक्रियालाई प्रभावित पार्ने ट्रम्प प्रशासनको प्रयासलाई अदालतको यो फैसलाले ठूलो धक्का दिएको छ। सोमबार, परम्परावादी सोचको बहुमत रहेको अदालतले अमेरिकी जिल्ला न्यायाधीश इन्दिरा तलवानीले जारी गरेको आदेश खारेज गर्न अस्वीकार गर्‍यो। तलवानीले ट्रम्पको उक्त नियमलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम