मुख्य समाचार
मन्त्री प्रतिभा रावलले गुठी सम्बन्धी नयाँ विधेयक चाँडै संसद्‌मा पेश गरिने जानकारी
मन्त्री प्रतिभा रावलले गुठी सम्बन्धी नयाँ विधेयक चाँडै संसद्‌मा पेश गरिने जानकारी

। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी सम्बन्धी नयाँ विधेयक चाँडै संसद्‌मा पेश गरिने जानकारी दिएकी छिन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको उठाएका प्रश्नको जवाफ दिदै मन्त्री रावलले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उच्च प्राथमिकताका साथ यथाशीघ्र नयाँ गुठी विधेयक संसद् पेश गरिने बताएकी हुन् ।

उनले विगतमा राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता भएको पृष्ठभूमिलाई ध्यानमा राख्दै हाल विज्ञ तथा सरोकारवालाहरूसँग गहन छलफल र परामर्श भइरहेको उल्लेख गरिन् ।

गुठी जग्गा केवल जमिनको स्वामित्व मात्र नभई धर्म, संस्कृति, परम्परा, सम्पदा संरक्षण र गुठीको आम्दानीबाट चल्ने जात्रा–पर्वहरूसँग अभिन्न रूपमा जोडिएको संवेदनशील विषय भएको उनको भनाइ छ ।

त्यस्तै मन्त्री रावलले गुठी संस्थान ऐन २०३३ अनुसार गुठी जग्गाका मोही किसानले मोही हक प्राप्त गर्ने, सो हक खरिद–बिक्री गर्न पाउने र धितो–बन्धक समेत राख्न सकिने स्पष्ट कानुनी व्यवस्था रहेको बताइन् ।

गुठी अधीनस्थ जग्गामा मोहीले गुठी संस्थानको स्वीकृति लिएर तोकिएको दस्तुर तिरी घर वा टहरा बनाउन पाउने व्यवस्था रहेकोले मोहीहरू यसप्रति नकारात्मक वा त्रसित हुनुपर्ने अवस्था नरहेको स्पष्ट उनले पारिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्याललाई भेटेर बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गराएका छन् । सभामुख अर्यालसँग मंगलबार भेटमा उनले भेटमा बाढीपछि उद्धार, राहत र पुनःस्थापनबारे उच्चस्तरीय संसदीय समिति गठनलगायतबारे सभामुखको ध्यानाकर्षण गराएका हुन् । रसुवामा विनाशकारी बाढी गएको भोलिपल्टै सत्तारुढ दल राष्ट्रिय ...
। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेत युवराज दुलालले तातोपानी नाका तत्काल सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको मंलगवारको बैठकमा बोल्ने क्रममा उनले रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण केरुङ नाका अवरुद्ध भएको उल्लेख गर्दै वैकल्पिक नाकाको रुपमा रहेको तातोपानी नाका खुलाउन कूटनीतिक पहल गर्न सरकारसँग माग गरे । तातोपानी नाका लामो समयदेखि बन्द ...
। सरकारले रसुवालाई नुवाकोटसँग सडकमार्गबाट जोड्न ७५ मिटर लामो बेलिब्रिज बनाउने भएको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सो जानकारी गराएका हुन् । उनका अनुसार नुवाकोटको सुर्यगढी गाउँपालिका २ तल्लो कुवापानी बिमिरे खोलादेखि रसुवाको नौकुण्ड गाउँपालिका ५ बहाखोलासम्म फलाँखुमा सो बेलिब्रिज जडान गर्ने निर्णय भएको हो । सो स्थानमा बेलिब्रिल जडान गर्ने सन्दर्भमा सम्बन्धित पालिकाका अध्यक्षबाट ...
। प्रतिनिधि सभाले डिजिटल संसद्को अवधारणा अघि बढाउँदै छ । यसबारे मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको छ । सिंहदरबारस्थित कार्यव्यवस्था हलमा बसेको बैठकमा डिजिटल संसद्सँग सम्बन्धित विषयमा छलफल भएको हो । सांसदहरूले शून्य समय, आकस्मिक समय र विशेष समयमा उठाएका विषयलाई डिजिटल प्रणालीमार्फत सम्बन्धित मन्त्रालय तथा निकायसँग जोड्न खोजिएको छ । सांसदहरूले उठाएका विषयमा सरकारले ...
। क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा तास खेल्ने खेलाउने गरेको आरोपमा ११ जना पक्राउ परेका छन् । बूढानीलकण्ठ नगरपालिका–१ तौलुङस्थित गरुड क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा रामेछापको गोकुलगंगा गाउँपालिका–६ का ३४ वर्षीय बिकी लामा, सोलुखुम्बुको माकालुङ गाउँपालिका–३ का ३९ वर्षीय नुवाङ शेर्पा, सोलुकै दूधकुण्ड नगरपालिका–९ का ३९ वर्षीय पासाङ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम