मुख्य समाचार
नेपाल र माइक्रोनेसियाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र माइक्रोनेसियाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

। नेपाल र माइक्रोनेसियाबीच सोमबार औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।

माइक्रोनेसियासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालले कूटनीतिक सम्बन्ध कायम गरेका मुलुकको संख्या १८५ पुगेको छ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा र संयुक्त राष्ट्रसंघका लागि माइक्रोनेसियाका स्थायी प्रतिनिधि राजदूत जिम एस लिपवेले कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त वक्तव्यमा हस्ताक्षर भएको हो ।

द्विपक्षीय भेटवार्तामा दुवै राजदूतहरूले आपसी हितका विषयमा छलफल गर्दै द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।



साथै, संयुक्त राष्ट्रसंघलगायतका बहुपक्षीय मञ्चमा सहकार्य अभिवृद्धि गर्ने विषयमा समेत उनीहरूले जोड दिएका छन् ।

माइक्रोनेसिया पश्चिमी प्रशान्त महासागरमा अवस्थित ६०० भन्दा बढी साना टापुहरू मिलेर बनेको देश हो

यो फिलिपिन्सको पूर्व र पपुवा न्युगिनीको उत्तरतर्फ अवस्थित छ। यो देश मुख्यतया चारवटा राज्यहरू—याप, चुउक पोहनपेई र कोसरा मिलेर बनेको छ। यसको राजधानी पोहनपेई टापुमा रहेको पालिकिर हो ।

माइक्रोनेसियाको कुल जमिनको क्षेत्रफल मात्र ७०२ वर्ग किलोमिटर छ। क्षेत्रफलका आधारमा यो विश्वकै साना देशहरूमध्ये एक हो । नेपालको क्षेत्रफलसँग तुलना गर्दा यो नेपालभन्दा करिब २१० गुणा सानो छ । यहाँको कुल जनसङ्ख्या करिब १ लाख १४ हजार मात्र रहेको छ।

यो देशको रक्षा र सुरक्षाको जिम्मेवारी अमेरिकाले सम्हाल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेत युवराज दुलालले तातोपानी नाका तत्काल सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको मंलगवारको बैठकमा बोल्ने क्रममा उनले रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण केरुङ नाका अवरुद्ध भएको उल्लेख गर्दै वैकल्पिक नाकाको रुपमा रहेको तातोपानी नाका खुलाउन कूटनीतिक पहल गर्न सरकारसँग माग गरे । तातोपानी नाका लामो समयदेखि बन्द ...
। सरकारले रसुवालाई नुवाकोटसँग सडकमार्गबाट जोड्न ७५ मिटर लामो बेलिब्रिज बनाउने भएको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सो जानकारी गराएका हुन् । उनका अनुसार नुवाकोटको सुर्यगढी गाउँपालिका २ तल्लो कुवापानी बिमिरे खोलादेखि रसुवाको नौकुण्ड गाउँपालिका ५ बहाखोलासम्म फलाँखुमा सो बेलिब्रिज जडान गर्ने निर्णय भएको हो । सो स्थानमा बेलिब्रिल जडान गर्ने सन्दर्भमा सम्बन्धित पालिकाका अध्यक्षबाट ...
। प्रतिनिधि सभाले डिजिटल संसद्को अवधारणा अघि बढाउँदै छ । यसबारे मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको छ । सिंहदरबारस्थित कार्यव्यवस्था हलमा बसेको बैठकमा डिजिटल संसद्सँग सम्बन्धित विषयमा छलफल भएको हो । सांसदहरूले शून्य समय, आकस्मिक समय र विशेष समयमा उठाएका विषयलाई डिजिटल प्रणालीमार्फत सम्बन्धित मन्त्रालय तथा निकायसँग जोड्न खोजिएको छ । सांसदहरूले उठाएका विषयमा सरकारले ...
। क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा तास खेल्ने खेलाउने गरेको आरोपमा ११ जना पक्राउ परेका छन् । बूढानीलकण्ठ नगरपालिका–१ तौलुङस्थित गरुड क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा रामेछापको गोकुलगंगा गाउँपालिका–६ का ३४ वर्षीय बिकी लामा, सोलुखुम्बुको माकालुङ गाउँपालिका–३ का ३९ वर्षीय नुवाङ शेर्पा, सोलुकै दूधकुण्ड नगरपालिका–९ का ३९ वर्षीय पासाङ ...
। परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा मन्त्री खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका हुन् । भारत भ्रमणका क्रममा आफूले द्विपक्षीय वार्तामा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम