मुख्य समाचार
ग्रिन हाइड्रोजनबाट सञ्चालित खनिज कार्यलाई रोयल्टी, कर तथा दस्तुरमा छुट दिन प्रस्ताव
ग्रिन हाइड्रोजनबाट सञ्चालित खनिज कार्यलाई रोयल्टी, कर तथा दस्तुरमा छुट दिन प्रस्ताव

। ग्रिन हाइड्रोजनबाट सञ्चालित खनिज कार्यलाई रोयल्टी, कर तथा दस्तुरमा छुट दिन प्रस्ताव गरिएको छ ।

खानी तथा खनिज पदार्थ विधेयक २०८३ मा संशोधन प्रस्ताव दर्ता गर्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. राम लामाले यस्तो प्रस्ताव राखेका हुन् ।

प्रस्तावित विधेयकको दफा १४ मा खनिज पदार्थको उत्खनन अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ ।
दफा १४ को उपदफा (८) पछि थप व्यवस्था प्रस्ताव गर्दै उनले लेखेका छन्, ‘नवीकरणीय ऊर्जा तथा ग्रिन हाइड्रोजनबाट सञ्चालित खनिज कार्यलाई हरित खनन इजाजतपत्र (ग्रिन माइनिङ लाइसेन्स) का रूपमा वर्गीकरण गरी रोयल्टी, कर तथा दस्तुरमा तोकिएबमोजिम छुट दिन सकिनेछ ।’

हरित खनन इजाजतपत्रको अवधारणा ऐन बनेर कार्यान्वयनमा आए नवीकरणीय ऊर्जा वा ग्रिन हाइड्रोजनबाट सञ्चालन हुने खनिज कार्य सामान्य खननभन्दा फरक श्रेणीमा पर्नेछ ।
तर प्रस्तावमा ग्रिन हाइड्रोजनबाट सञ्चालित खनिज कार्य भन्नाले खानी सञ्चालनको कुन-कुन चरणमा ग्रिन हाइड्रोजन प्रयोग भएको हुनुपर्ने हो भन्ने स्पष्ट गरिएको छैन ।

उत्खनन गर्ने मेसिन, प्रशोधन गर्ने उद्योग वा ढुवानीमध्ये कुनै एउटा प्रक्रियामा मात्र स्वच्छ ऊर्जा प्रयोग गरे पनि ‘हरित खनन’ मानिने हो कि सम्पूर्ण प्रक्रिया नै हरित हुनुपर्ने हो भन्ने विषयमा प्रस्तावमा थप व्याख्या गरिएको छैन ।

प्रस्तावित विधेयकको दफा १४ मा उत्खनन अनुमतिपत्र सम्बन्धी व्यवस्था छ ।

उपदफा १ मा अन्वेषण अनुमतिपत्र प्राप्त गरेको कम्पनीले अन्वेषण सम्बन्धी कार्य सम्पन्न भई गुणस्तर तथा परिमाण यकिन भइसकेको खनिज पदार्थको उत्खनन अनुमतिपत्र लिन सक्ने उल्लेख छ ।

यसअनुसार अनुमतिपत्र चाहेमा आवश्यक कागजात तथा विवरण संलग्न गरी अन्वेषण अनुमतिपत्रको अवधि समाप्त हुनुभन्दा ४५ दिन अगावै विभागबाट अन्वेषण अनुमतिपत्र प्राप्त गरेकाको हकमा विभागमा र सो बाहेक अन्यको हकमा सम्बन्धित प्रदेशको अन्वेषण अनुमतिपत्र जारी गर्ने निकायमा उत्खनन निवेदन दिनुपर्ने हुन्छ ।

निवेदनमा तोकिएको ढाँचामा उत्खनन कार्य योजना, आर्थिक तथा प्राविधिक योग्यता खुल्ने कागजात र विभागले तोकेका अन्य आवश्यक कागजात तथा विवरण हुनुपर्ने उल्लेख छ ।
निवेदन प्राप्त भएपछि विभाग वा प्रदेशको अन्वेषण अनुमतिपत्र जारी गर्ने निकायले निवेदनसाथ संलग्न हुनुपर्ने कागजात तथा विवरण रहे नरहेको यकिन गर्नेछ ।

प्रदेशको अन्वेषण अनुमतिपत्र जारी गर्ने निकायमा प्राप्त निवेदन उपर त्यस्तो निकायले कागजात तथा विवरण यकिन गरी उक्त निवेदन र विवरण सहितका कागजात अन्वेषण अनुमतिपत्रको अवधि समाप्त हुनु अगावै उत्खनन अनुमतिपत्रका लागि विभागमा पठाउनुपर्ने हुन्छ ।
प्राप्त निवेदनको सम्बन्धमा विभागले आवश्यक जाँचबुझ गर्नेछ ।

संलग्न कागजात तथा विवरणका आधारमा विभागले उत्खनन कार्ययोजना स्वीकृत गरी प्रचलित कानुनबमोजिम वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गराउनु पर्ने भएमा त्यसको समेत स्वीकृत गराई खनिज क्षेत्रको आकार तथा क्षेत्रफल र खनिज कार्यको स्तरको आधारमा अवधि तोकी त्यस्तो कम्पनीलाई दस्तुर लिई उत्खनन अनुमतिपत्र प्रदान गर्न सक्नेछ ।

उत्खनन अनुमतिपत्रको ढाँचा, क्षेत्रफल तथा अनुमति प्राप्त कम्पनीले पालना गर्नुपर्ने सर्त सेवा तथा सहुलियत सम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुने भने व्यवस्था विधेयकमा प्रस्तावित छ ।
उत्खनन अनुमतिपत्र प्राप्त कम्पनीले पालना गर्नुपर्ने सर्त निर्धारण गर्दा खनिज पदार्थको प्रकृति, परिमाण, खनिज कार्यको लागि आवश्यक प्रविधि तथा लगानीको प्रक्षेपणको आधारमा फरक फरक व्यवस्था गर्न सकिने भनिएको छ ।

उत्खनन अनुमतिपत्रका लागि निवेदन प्राप्त भए पछि विभागबाट उत्खनन अनुमतिपत्र जारी नभएसम्मको अवधिको लागि अन्वेषण अनुमतिपत्रको अवधि एक पटकमा एक वर्षमा नबढाई बढीमा तीन वर्षका लागि थप दस्तुर लिई अस्थायी अवधि कायम गरेको निस्सा प्रदान गर्नेछ ।
प्रदेश र स्थानीय तहको हकमा भने सम्बन्धित कानुन अनुसार हुने व्यवस्था दफा १४ को उपदफा ९ मा छ ।

जहाँ भनिएको छ, ‘यस दफामा अन्यव जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनबमोजिम प्रदेश सरकार वा स्थानीय तहबाट उत्खनन हुने खानी तथा खनिज पदार्थको उत्खनन अनुमतिपत्रका लागि सम्बन्धित प्रदेश वा स्थानीय तहको कानुनले तोकेको निकायमा निवेदन दिनु पर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कैलालीमा ट्रककाे ठक्करबाट एक बालककाे मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गाैरीगंगा नगरपालिका-२ काे झिलमा मंगलबार बिहान साढे ८ बजेतिर से १ क १३५२ नम्बरको ट्रकले ठक्कर दिँदा साेही ठाउँका ५ वर्षीय लेखराज देउवाकाे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रककाे ठक्करबाट गम्भीर घाइते भएका उनकाे धनगढीस्थित माया मेट्राे अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे ...
। सिरहाको गोलबजार नगरपालिका–१३ दुर्गापुरमा मोटरसाइकलको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु भएको छ। मंगलबार बिहान करिब ८ बजे दुर्गापुरस्थित लक्ष्मी मन्दिर नजिकै बाटो काट्ने क्रममा स्थानीय रामदयाल यादवका छोरा आयनस यादवलाई गोलबजारबाट दुर्गापुरतर्फ जाँदै गरेको प्र.२–०१–००१ प ६८५६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा शरीरका विभिन्न भागमा चोट लागेका बालकलाई उपचारका लागि लाइफ लङ हेल्थ ...
। मलेसियाले नेपालबाट श्रमिक लैजान २५ वटा म्यानपावर कम्पनीलाई मात्रै ‘मुख्य संस्था’ का रूपमा सूचीकृत गरेपछि नेपाल सरकारले ती संस्थामाथि छानबिन अघि बढाएको छ । मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा आबद्ध नेपाली इजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थामाथि वैदेशिक रोजगार विभागले छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको हो । मलेसियाले २५ वटा मुख्य म्यानपावरमार्फत ...
: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ। रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीले जलविद्युत् आयोजनाहरुमा ठूलो क्षति र सुरक्षा संकट निम्त्याएपछि ऊर्जा मन्त्रालय आयोजनाहरुको सुरक्षाको पूर्वतयारीमा जुटेको हो। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठकाअनुसार मन्त्रालयले देशका विभिन्न आयोजनाहरूको निर्माण, सुरक्षा र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण नीतिगत व्यवस्थाहरू अघि बढाएको ...
। स्याङ्जाको वालिङमा आँधीखोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । वालिङ नगरपालिका–९ भुम्रेकी ५३ वर्षीया माया पाण्डे मंगलबार बिहान स्थानीय आँधीखोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएकी थिइन् । महिलालाई खोलाले बगाएको सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय वालिङ र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गुल्म हेडक्वार्टर वालिङबाट संयुक्त प्रहरी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम