मुख्य समाचार
भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्ने
भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्ने

: भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्ने भएको छ। भारतको विद्युत् मन्त्रालयले आगामी १३ सेप्टेम्बरदेखि ३१ डिसेम्बर २०२६ सम्म नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् निर्यात गर्न स्वीकृति दिएको हो।

विनाशकारी बाढीका कारण नेपालको जलविद्युत क्षेत्रमा गम्भीर क्षति पुर्‍याइरहेका बेला भारतले विद्युत निर्यात गर्ने निर्णय गरेको हो। स्वीकृतिअनुसार मुजफ्फरपुर-ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाटसम्म तथा टनकपुर-महेन्द्रनगर १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ५४ मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिनेछ।

भारतले राति १२ बजेदेखि साँझ ६ बजेसम्म गरी दैनिक १८ घण्टाका लागि विद्युत् निर्यातको अनुमति दिएको हो।

नेपालमा हालै आएको बाढीका कारण जलविद्युत् आयोजनाका पूर्वाधारमा ठूलो क्षति पुगेको र आन्तरिक विद्युत् उत्पादन क्षमता घटेकाले थप विद्युत् आवश्यक परेको भारतको विद्युत् मन्त्रालयले जनाएको छ।

विद्युत् निर्यातसम्बन्धी स्वीकृतिले कठिन परिस्थितिमा नेपाललाई विद्युत्को आवश्यकता पूरा गर्न सहयोग पुग्ने भारतको भनाइ छ। यसबाट नेपाल र भारतबीच लामो समयदेखि रहँदै आएको ऊर्जा सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

सन् २०२७ जनवरीदेखि नेपाललाई निर्यात गरिने विद्युत्को परिमाणबारे भने डिसेम्बर २०२६ मा पुनरावलोकन गरिने भारतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मलेसियाले नेपालबाट श्रमिक लैजान २५ वटा म्यानपावर कम्पनीलाई मात्रै ‘मुख्य संस्था’ का रूपमा सूचीकृत गरेपछि नेपाल सरकारले ती संस्थामाथि छानबिन अघि बढाएको छ । मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा आबद्ध नेपाली इजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थामाथि वैदेशिक रोजगार विभागले छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको हो । मलेसियाले २५ वटा मुख्य म्यानपावरमार्फत ...
: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ। रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीले जलविद्युत् आयोजनाहरुमा ठूलो क्षति र सुरक्षा संकट निम्त्याएपछि ऊर्जा मन्त्रालय आयोजनाहरुको सुरक्षाको पूर्वतयारीमा जुटेको हो। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठकाअनुसार मन्त्रालयले देशका विभिन्न आयोजनाहरूको निर्माण, सुरक्षा र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण नीतिगत व्यवस्थाहरू अघि बढाएको ...
। स्याङ्जाको वालिङमा आँधीखोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । वालिङ नगरपालिका–९ भुम्रेकी ५३ वर्षीया माया पाण्डे मंगलबार बिहान स्थानीय आँधीखोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएकी थिइन् । महिलालाई खोलाले बगाएको सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय वालिङ र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गुल्म हेडक्वार्टर वालिङबाट संयुक्त प्रहरी ...
। रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको २० दिन पुगेको छ । यो अवधिसम्म आइपुग्दा अहिले पनि पहिलाकै जति सुरक्षाकर्मीहरू खोज तथा उद्धारमा खटिइरहेका छन् । १० भदौ बिहान साढे ८ बजेतिर आएको भीषण बाढीपछि खोज तथा उद्धारमा परिचालन भएका जनशक्ति अहिले पनि सक्रिय रहेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका टोली अहिले पनि निरन्तर ...
: नुवाकोटको ककनीमा पहिरोमा परी एक युवकको मृत्यु भएको छ। पहिरोमा परी गम्भीर घाइते भएका ककनी गाउँपालिका–२ हिलेभित्ताका ३० वर्षीय कुमार तामाङको मृत्यु भएको हो। आफ्नै खेतमा पानी लगाएर फर्कने क्रममा बाटोमा माथिवाट पहिरो खसेर गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम