: लागूऔषध खैरौ हेरोइनसहित काठमाडौंबाट ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–११ घर भई काठमाडौंकोको लिगमार्ग बस्ने २७ वर्षीय विपिन श्रेष्ठ, धादिङको सिद्धलेक गाउँपालिका–३ घर भई काठमाडौंको वनस्थली बस्ने २० वर्षीय प्रकाश गैरे, लमजुङको राइनास गाउँपालिका–६ घर भई काठमाडौंको जोरपाटी बस्ने २९ वर्षीय युसुद मिया र चितवनको भरतपुर महानगरपालिका–१६ घर भई काठमाडौंको ओमबहाल बस्ने ३१ वर्षीय मोहमद गुफरान रहेका छन्।
लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट ४०.९२ ग्राम खैरौ हेरोइन जस्तो देखिने पदार्थ , ३ थान मोबाइल, २ थान डिजिटल मेसिन, ५८ थान गोलो गरी काटेको प्लास्टिक, २ थान कैँची र ८८ हजार रुपैयाँ नगद बरामद गरिएको छ।
उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थपेर लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ।