मुख्य समाचार
कांग्रेसको संस्थापन इतर समूहले विभिन्न तीन समिति गठन
कांग्रेसको संस्थापन इतर समूहले विभिन्न तीन समिति गठन

। नेपाली कांग्रेसको संस्थापन इतर समूहले विभिन्न तीन समिति गठन गरेको छ। पार्टीको १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले अनुशासन समिति, विधान मस्यौदा समिति, र सदस्यता व्यवस्थापन समितिको संयोजक मनोनयन गरेका हुन्।

अनुशासन समितिमा पद्मनारायण चौधरी, विधान मस्यौदा समितिमा शिवप्रसाद हुमागाईं र सदस्यता व्यवस्थापन समितिमा किरणराज शर्मा मनोनित भएको यो समूहको सम्पर्क कार्यालय समन्वय संयोजक दीपकप्रसाद कुइकेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको २० दिन पुगेको छ । यो अवधिसम्म आइपुग्दा अहिले पनि पहिलाकै जति सुरक्षाकर्मीहरू खोज तथा उद्धारमा खटिइरहेका छन् । १० भदौ बिहान साढे ८ बजेतिर आएको भीषण बाढीपछि खोज तथा उद्धारमा परिचालन भएका जनशक्ति अहिले पनि सक्रिय रहेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका टोली अहिले पनि निरन्तर ...
: नुवाकोटको ककनीमा पहिरोमा परी एक युवकको मृत्यु भएको छ। पहिरोमा परी गम्भीर घाइते भएका ककनी गाउँपालिका–२ हिलेभित्ताका ३० वर्षीय कुमार तामाङको मृत्यु भएको हो। आफ्नै खेतमा पानी लगाएर फर्कने क्रममा बाटोमा माथिवाट पहिरो खसेर गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए।
। विनाशकारी बाढीको असरका बीच पनि पार्टीको ‘क्यान्डिडेट क्लब’ मा उत्साहप्रद आवेदन परेको रास्वपाले दाबी गरेको छ । रास्वपाले गाउँपालिकामा जनप्रतिनिधि हुन इच्छुकका लागि १ भदौबाट आवेदन सुरु गरेको थियो । आवेदन सुरु गरेको ठिक १० दिनपछि (१० भदौ) भोटेकोशी बाढीले पार्टीका सबै गतिविधिहरू स्थगित हुन पुगेका थिए । बाढी आएकै दिन रास्वपाको सचिवालय बैठक बसेर ...
: भदौ १० र १४ गतेका त्रिशूलीको बाढीले रसुवा र नुवाकोटबाट बगाएर ल्याएर गोरखातर्फको किनारमा फेला परेका खाना पकाउने ग्यासका ३० थान सिलिण्डर स्थानीय युवाहरुले फिर्ता गरेका छन्। सहिदलखन गाउँपालिका–४ ठेउवाटारका युवाहरुले त्रिशूली किनारबाट संकलन गरेका सिलिण्डरहरु वडाअध्यक्ष र प्रहरी चौकी रागिनासको रोहबरमा फिर्ता गरेका हुन्। फिर्ता गरिएका सिलिण्डरहरु ठेउवाटारको एक घरमा सुरक्षित राखिएको वडाअध्यक्ष ...
। ‘ग्लोब युथ पार्लियमेन्ट’का संस्थापक एवं युवा अभियन्ता दिवाकर अर्याल उज्यालो नेपाल पार्टी (उनेपा) मा प्रवेश गरेका छन् । उनेपामा प्रवेश गरेका अर्याललाई उनेपामा प्रवेश गरेसँगै उनलाई महासचिवको जिम्मेवारी दिइएको सचिव नरबहादुर कार्कीले जानकारी दिए । अर्यालको नियुक्तिसँगै उनेपामा अब दुई महासचिव रहने भएका छन् । उनेपाका अध्यक्ष कुलमान घिसिङले धर्म चौधरीलाई यसअघि नै महासचिव बनाएका थिए ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम