मुख्य समाचार
गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयहरुलाई पाँच बुँदे परिपत्र जारी
गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयहरुलाई पाँच बुँदे परिपत्र जारी

: गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयहरुलाई पाँच बुँदे परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई विचौलियामुक्त, छिटोछरिटो, सरल र प्रभावकारी रुपमा सेवा प्रवाहका लागि परिपत्र जारी गरिएको उल्लेख छ।

परिपत्रअनुसार सरकारी कार्यालय वरिपरी सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैरकानूनी रुपमा रकम असुल गर्ने कार्यमा संलग्न हुने व्यक्तिहरुलाई निगरानी गरी कानून बमोजिम कारबाहीको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

साथै अपांगता भएका तथा अशक्त व्यक्ति, गर्भवती तथा सानो बच्चा भएकी महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आउनुभएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता प्रदान गर्न भनिएको छ ।

परिपत्रमा अगाडि भनिएको छ, “नागरिक सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारका निवेदन र फारम, राष्ट्रिय परिचयपत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्रचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निःशुल्क रुपमा उपलब्ध गराउनुपर्नेछ ।”

परिपत्रमा जिल्ला प्रशासन कार्यालयमा जस्तै जिल्लास्थित सबै सरकारी तथा गैरसरकारी कार्यालयहरुबाट समेत सम्बन्धित कार्यालयको सेवा प्रकृति बमोजिम नागरिक सहायता कक्षबाट निःशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देश गरिएको छ। त्यसैगरी सेवा प्रवाहमा प्रभावकारी बढाउन सेवाग्राहीलाई आवश्यक पर्ने सूचना तथा जानकारीहरु र कार्यविधिगत विषयहरु कार्यालयको वेबसाइट, सामाजिक सञ्जालहरु तथा अन्य उपयुक्त माध्यमबाट नियमित रुपमा सम्प्रेषण गर्ने र कार्यालयको वेबसाइट नियमित रुपमा अद्यावधिक गराउने विषय समेत उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसको संस्थापन इतर समूहले विभिन्न तीन समिति गठन गरेको छ। पार्टीको १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले अनुशासन समिति, विधान मस्यौदा समिति, र सदस्यता व्यवस्थापन समितिको संयोजक मनोनयन गरेका हुन्। अनुशासन समितिमा पद्मनारायण चौधरी, विधान मस्यौदा समितिमा शिवप्रसाद हुमागाईं र सदस्यता व्यवस्थापन समितिमा किरणराज शर्मा मनोनित भएको यो समूहको सम्पर्क कार्यालय समन्वय ...
: आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य र प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको बताउँदै परिचय दुरुपयोग गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मा रहेका छन्। उनले आफू विभिन्न सार्वजनिक तथा राजनीतिक पदमा रहेको भन्दै सरकारी कार्यालय, बैठक तथा विभिन्न शैक्षिक संस्थाहरुमा प्रवेश गरी दबाब दिने तथा धाक–धम्की दिने ...
। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । अर्जुनचौपारी गाउँपालिका–४ सुनारटोलकी ३५ वर्षीया सविता सुनार सोमबार बिहान घाँस काट्न मेलपानी भिरमा पुगेकी थिइन् । घाँस काट्ने क्रममा चिप्लिएर उनी करिब ४ सय मिटर तल खसेर घाइते भएकी थिइन् । प्रहरीले घाइते सुनारलाई उपचारका लागि पुतलीबजारस्थित प्रदेश अस्पताल लगेको थियो । अस्पताल ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कानुन संशोधन गरेर तत्काल बाढीपीडितहरुलाई राहत दिन सरकारसंग आग्रह गरेका छन्। सोमबार साँझ सामाजिक सञ्जालमार्फत बाढी आएको तीन साता हुँदा पनि आधिकारिक तथ्यांक सार्वजनिक नहुँदा र राज्यका निकायका फरक–फरक तथ्यांकले पीडितहरू थप अन्योलमा परेको थापाले उल्लेख गरेका छन्। कानुनी अन्योलले गर्दा वडाबाट मृत्यु दर्ता प्रमाणपत्र लिनै नसकिने अवस्था ...
। नेपाली कांग्रेसका सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवाले गर्न लागेको दुवै महाधिवेशन रोक्न माग गरिएको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरेको छ । कांग्रेसको क्रियाशील सदस्य भएको दाबी गर्ने अधिवक्ता मणिराम उपाध्यायले सोमबार रिट दर्ताका लागि सर्वोच्च अदालत गएका थिए । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले त्यस सम्बन्धी एउटा निवेदन पूर्ण इजलासमा विचाराधीन रहेको र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम