। दोधारा चाँदनी नगरपालिका-४ मालिकाटोलका ६० वर्षीय जित दमाई महाकाली नदीमा गाई गोरु तार्ने क्रममा बेपत्ता भएका छन्।
बिहीबार गाई गोरु महाकाली नदी पार गराउने क्रममा दमाई नदीमा डुबेर बेपत्ता भएका हुन्।
घटनालगत्तै उनको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।
अहिलेसम्म उनको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।