मुख्य समाचार
१४ औँ महाधिवेशनबाट निर्वाचित तत्कालीन केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई आगामी १५औँ महाधिवेशनमा समेट्ने निर्णय
१४ औँ महाधिवेशनबाट निर्वाचित तत्कालीन केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई आगामी १५औँ महाधिवेशनमा समेट्ने निर्णय

: नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित तत्कालीन केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई आगामी १५औँ महाधिवेशनमा समेट्ने निर्णय गरेको छ।

पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीभित्र बृहत् एकता र सबैको अपनत्व स्थापित गर्न उक्त निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताए। निर्णयअनुसार विशेष केन्द्रीय महाधिवेशनपूर्व शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिमा रहेका तथा विशेष महाधिवेशनमा सहभागी नभएका तत्कालीन केन्द्रीय सदस्यहरूलाई केन्द्रीय सदस्यकै हैसियतमा सहभागी गराउन विधानबमोजिम आवश्यक प्रबन्ध गरिने भएको छ। पार्टीमा कुनै पनि असन्तुष्टि बाँकी नरहोस् भन्ने उद्देश्यले सबै पक्षलाई समेटेर अघि बढ्न लागिएको कांग्रेसले स्पष्ट पारेको छ।
बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म ऐतिहासिक खुला मञ्चमा १५औँ महाधिवेशन सम्पन्न गर्ने गरी भदौ ३ र ४ गते वडा अधिवेशन सुरु गर्ने निर्णय समेत गरेको छ।
यसअघि पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेश प्रदेशको विवाद मिलाउन विशेष टोली बनाएर खटाएको छ । रास्वपाको प्रथम महाधिवेशन गत असार दोस्रो साता चितवनमा सम्पन्न भएको थियो । तर मधेश प्रदेशका आठ जिल्लामध्ये पर्सा बाहेकका अन्य सात वटा जिल्लामा अझैसम्म अधिवेशन हुन सकेको छैन । यस सन्दर्भमा रास्वपाले विशेष टोली परिचालन गरेको हो । यही भदौ ५ गते बसेको ...
। अमेरिकाले बाढीबाट प्रभावित दुर्गम तथा कठिन भौगोलिक क्षेत्रमा अत्यावश्यक राहत सामग्री पुर्‍याउन सशस्त्र प्रहरी बललाई व्यावसायिक कार्गो ड्रोन सहयोग गरेको छ । अमेरिकामा निर्मित अमेरिकामा निर्मित ‘फ्रिफ्लाई अल्टा एक्स जेनटु’ ड्रोन सोमबार अमेरिकी दूतावासका उपप्रमुख नियोग प्रमुख स्कट अर्बोम, सार्वजनिक मामिला प्रमुख माइक हार्कर र क्षेत्रीय सुरक्षा अधिकृत विल भनले हस्तान्तरण गरे । सशस्त्र प्रहरीले ड्रोनको ...
। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औं महाधिवेशनका लागि असोज १५ गतेदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वले सार्वजनिक गरेको असोज ३ गतेबाट सुरु हुने महाधिवेशन प्रक्रियामा सहभागी नहुन इतर समूहले आह्वान गरेको हो। इतर समूहले डा शशांक कोइरालाको संयोजकत्वमा १५औं महाधिवेशन केन्द्रीय महाधिवेशन तयारी समिति बनाएको ...
। सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको दाबी गरेको छ । बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक सञ्चालन, तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको भन्दै सरकारले त्यो सकिए लगत्तै पक्की सडक र पुलको निर्माण गर्ने जानकारी गराएको छ । प्रधानन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमनकारी, पीडक, जनविरोधी र अत्याचारी शासकको अन्त्य हुने दाबी गरेका छन्। वर्तमान सरकारप्रति लक्षित गर्दै ओलीले दमनकारी शासकको नाश हुने बताएका हुन्। नेपाल पत्रकार महासंघ र छापा माध्यम बचाउ सुुझाव कार्यदलले बुुझाएको ध्यानाकर्षण पत्र बुुझ्दै उनले आफू ब्यक्तिगत रुपमा विगत ६० बर्षदेखि समानता र स्वतन्त्रताको यात्रामा अघि बढिरहेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम