मुख्य समाचार
नेपाल आयल निगमले उपभोक्तालाई आवश्यकता अनुसार मात्रै एलपी ग्यास खरिद गर्न र अतिरिक्त सिलिण्डर सञ्चय नगर्न आग्रह
नेपाल आयल निगमले उपभोक्तालाई आवश्यकता अनुसार मात्रै एलपी ग्यास खरिद गर्न र अतिरिक्त सिलिण्डर सञ्चय नगर्न आग्रह

: नेपाल आयल निगमले उपभोक्तालाई आवश्यकता अनुसार मात्रै एलपी ग्यास खरिद गर्न र अतिरिक्त सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ।

निगमले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै एलपी ग्यासको आपूर्ति व्यवस्थामा कुनै समस्या नरहेको स्पष्ट पारेको हो। निगमका अनुसार भदौ २८ गतेसम्म नेपालमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको छ, जुन ३७ लाख १३ हजार ६९४ सिलिण्डर बराबर हो।

त्यस्तै इन्डियन आयल कर्पोरेसनका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट सेप्टेम्बर १० तारिखसम्म १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमले जनाएको छ।

कृष्णभीरको पहिरोका कारण मुख्य सडक अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थामार्फत तराईका उद्योगमा ग्यास रिफिल गरी काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा वितरण भइरहेको निगमले जनाएको छ।

भदौ १८ गतेदेखि २७ गतेसम्म वैकल्पिक मार्गबाट त्रिभुवन राजपथ तथा विपी राजमार्ग हुँदै करिब ३ लाख ९१ हजार ५२१ वटा सिलिण्डर उपभोक्तालाई वितरण गरिएको निगमको भनाइ छ। दैनिक औसत ४० हजार सिलिण्डर वितरण भइरहेको जनाइएको छ।

त्यस्तै भदौ १० गते गएको विनाशकारी बाढीबाट प्रत्यक्ष असर परेका रसुवा, नुवाकोट र धादिङका प्रभावितलाई प्राथमिकतामा राखी ग्यास वितरणमा समन्वय गरिएको निगमले जनाएको छ।

कृष्णभीरको बाटो खुलाउन गृह मन्त्रालयलगायत सम्बन्धित निकायबाट आवश्यक पहल भइरहेको र बाटो सञ्चालनमा आएलगत्तै इन्डियन आयल कर्पोरेसनका बुलेटहरू नियमित रूपमा आउने निगमले जनाएको छ।

काठमाडौंमा वितरण गर्ने उद्योगहरूले आफ्नै उद्योगबाट ग्यास रिफिल गरी बजारमा पठाइरहेकाले आपूर्ति अवस्था क्रमशः सहज हुँदै जाने निगमको दाबी छ।

निगमले आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन उच्चस्तरीय समन्वय टोली गठन गरिएको पनि जनाएको छ। सिलिण्डर लुकाउने वा कृत्रिम अभाव सिर्जना गर्ने अवस्थामा गृह मन्त्रालयसँग समन्वय गरी निगरानी बढाइएको र अनियमितता गर्ने विक्रेतालाई नियमानुसार जरिवानासमेत गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेश प्रदेशको विवाद मिलाउन विशेष टोली बनाएर खटाएको छ । रास्वपाको प्रथम महाधिवेशन गत असार दोस्रो साता चितवनमा सम्पन्न भएको थियो । तर मधेश प्रदेशका आठ जिल्लामध्ये पर्सा बाहेकका अन्य सात वटा जिल्लामा अझैसम्म अधिवेशन हुन सकेको छैन । यस सन्दर्भमा रास्वपाले विशेष टोली परिचालन गरेको हो । यही भदौ ५ गते बसेको ...
। अमेरिकाले बाढीबाट प्रभावित दुर्गम तथा कठिन भौगोलिक क्षेत्रमा अत्यावश्यक राहत सामग्री पुर्‍याउन सशस्त्र प्रहरी बललाई व्यावसायिक कार्गो ड्रोन सहयोग गरेको छ । अमेरिकामा निर्मित अमेरिकामा निर्मित ‘फ्रिफ्लाई अल्टा एक्स जेनटु’ ड्रोन सोमबार अमेरिकी दूतावासका उपप्रमुख नियोग प्रमुख स्कट अर्बोम, सार्वजनिक मामिला प्रमुख माइक हार्कर र क्षेत्रीय सुरक्षा अधिकृत विल भनले हस्तान्तरण गरे । सशस्त्र प्रहरीले ड्रोनको ...
। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औं महाधिवेशनका लागि असोज १५ गतेदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वले सार्वजनिक गरेको असोज ३ गतेबाट सुरु हुने महाधिवेशन प्रक्रियामा सहभागी नहुन इतर समूहले आह्वान गरेको हो। इतर समूहले डा शशांक कोइरालाको संयोजकत्वमा १५औं महाधिवेशन केन्द्रीय महाधिवेशन तयारी समिति बनाएको ...
। सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको दाबी गरेको छ । बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक सञ्चालन, तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको भन्दै सरकारले त्यो सकिए लगत्तै पक्की सडक र पुलको निर्माण गर्ने जानकारी गराएको छ । प्रधानन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमनकारी, पीडक, जनविरोधी र अत्याचारी शासकको अन्त्य हुने दाबी गरेका छन्। वर्तमान सरकारप्रति लक्षित गर्दै ओलीले दमनकारी शासकको नाश हुने बताएका हुन्। नेपाल पत्रकार महासंघ र छापा माध्यम बचाउ सुुझाव कार्यदलले बुुझाएको ध्यानाकर्षण पत्र बुुझ्दै उनले आफू ब्यक्तिगत रुपमा विगत ६० बर्षदेखि समानता र स्वतन्त्रताको यात्रामा अघि बढिरहेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम