मुख्य समाचार
बाढीले पुर्‍याएको क्षतिको पुनर्उत्थानका तथा पुनर्निर्माणका लागि कुल ७ खर्ब २३ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान
बाढीले पुर्‍याएको क्षतिको पुनर्उत्थानका तथा पुनर्निर्माणका लागि कुल ७ खर्ब २३ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान

: रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको पुनर्उत्थानका तथा पुनर्निर्माणका लागि कुल ७ खर्ब २३ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्यांकन’ प्रतिवेदनले पुनर्निर्माणका लागि प्रारम्भिक प्रक्षेपण गरेको हो।

भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भौतिक, सामाजिक तथा उत्पादक क्षेत्रमा व्यापक क्षति पुगेको छ। प्रतिवेदनअनुसार बाढीबाट सबैभन्दा बढी पूर्वाधार क्षेत्र प्रभावित भएको छ। पूर्वाधार क्षेत्रमा मात्रै १ खर्ब ९० अर्ब रुपैयाँको भौतिक क्षति भएको छ भने सो क्षेत्रको पुनर्उत्थानका लागि ४ खर्ब ७३ अर्ब ५७ करोड रुपैयाँ लाग्ने प्रक्षेपण गरिएको छ।

प्रतिवेदनअनुसार बाढीका कारण करिब १६ लाख मानिस प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्। बाढीमा परी १ हजार ३ सय ८८ जनाको मृत्यु पुष्टि भइसकेको छ भने ५ हजार १ सय ३० जना अझै सम्पर्कविहीन रहेका छन्। बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन गरी पाँच जिल्लामा ठूलो भौतिक विनाश निम्त्याएको छ। यी जिल्लाहरूमा ७ हजार ५ सय ७० वटा निजी घर क्षतिग्रस्त बनेका छन्, जसमध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै ३ हजार २६ घरमा क्षति पुगेको छ। यसका साथै ४८ सार्वजनिक भवन, १८ विद्यालय, ७ स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदा प्रभावित भएका छन्। यो सामाजिक तथा भौतिक क्षेत्रको पुनर्उत्थानका लागि १ खर्ब ३ अर्ब ५४ करोड ९९ लाख रुपैयाँ बजेट आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ।

शिक्षा र स्वास्थ्य पूर्वाधारतर्फ प्रभावित जिल्लाका १९ विद्यालयका ६ हजार ९ सय १ विद्यार्थी प्रभावित बनेका छन्। जसमा ८ विद्यालय पूर्ण र ८ आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। यस्तै रसुवाको स्याफ्रुबेंसी, टिमुरे, टिमुरे हेल्थ डेस्क र मैलुङ सामुदायिक स्वास्थ्य एकाइ पूर्ण रूपमा ध्वस्त भएका छन् भने धादिङको बैरेनी अस्पताल र चरौंदी स्वास्थ्य केन्द्रमा आंशिक क्षति पुगेको छ।

ऊर्जा क्षेत्रतर्फ ७ सय ५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाटका ५ सोलार प्लान्ट प्रभावित भएका छन्। साथै एक सबस्टेसन, तीन ट्रान्समिसन लाइन, एक स्विचयार्ड र एक वितरण लाइनमा क्षति पुग्दा कुल १ खर्ब ५१ अर्ब ४ करोड रुपैयाँबराबरको नोक्सानी भएको छ। यस क्षेत्रको पुनर्उत्थानका लागि ३ खर्ब ९० अर्ब ६२ करोड रुपैयाँ लाग्ने अनुमान छ।

सडक पूर्वाधारतर्फ ६९ किलोमिटर सडक सञ्जाल प्रभावित भएकोमा ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त छ। प्रभावित क्षेत्रमा ६४ झोलुंगे पुलमध्ये ५३ वटामा क्षति पुगेको छ भने ३३ मोटरेबल पुलमध्ये चार वटामा आंशिक र बाँकीमा पूर्ण क्षति पुगेको छ। त्यस्तै, पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा १ सय ५० मिटर सडक ध्वस्त भएको छ। सडक र पुल संरचनाको पुनरुत्थानमा ७३ अर्ब ३४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

सञ्चार क्षेत्रतर्फ नेपाल टेलिकमका ३८ र एनसेलका २७ टावर, १ सय ५२ दशमलव ३ किलोमिटर फाइबर केबल र दुई ट्रान्समिसन प्रणालीमा असर परेको छ। यस क्षेत्रमा ६३ करोडको क्षति भएको र पुनरुत्थानका लागि ९४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ, यद्यपि प्रभावित अधिकांश सञ्चार टावरहरू पुनः सञ्चालनमा आइसकेका छन्।

खानेपानी तथा सरसफाइतर्फ १ अर्ब ३८ करोड रुपैयाँ र सिँचाइ तथा नदी संरक्षण क्षेत्रतर्फ १ अर्ब ६५ करोड रुपैयाँको क्षति पुगेको छ। व्यापार, व्यवसाय, बैंक र कृषि समेटिएको उत्पादक क्षेत्रतर्फ १ हजार ८ सय ६ हेक्टर कृषि बाली, १७ बैंक शाखा र ४ हजार ८ सय व्यापारिक प्रतिष्ठान प्रभावित हुँदा ५० अर्ब ७७ करोड ४९ लाख रुपैयाँ आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनले पुनर्निर्माण कार्यलाई दुई चरणमा विभाजन गरेको छ। जसअन्तर्गत आगामी ६ महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माणका लागि ८ अर्ब ७३ करोड ५० लाख रुपैयाँ र दीर्घकालीन पुनर्निर्माणका लागि ७ खर्ब १४ अर्ब ५८ करोड २ लाख रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएको छ। यसका साथै विपद् जोखिम न्यूनीकरण तथा नदी व्यवस्थापनका लागि ९४ अर्ब ७५ करोड ३१ लाख रुपैयाँ र लेदो तथा भग्नावशेष व्यवस्थापनका लागि ५१ करोड ५४ लाख रुपैयाँ आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ।

विभिन्न मन्त्रालय र स्थानीय तहसँगको तथ्यांकका आधारमा यो प्रारम्भिक प्रतिवेदन तयार पारिएको र आगामी एक महिनाभित्र विस्तृत विपद् पछिको आवश्यकतामूल्यांकन प्रतिवेदन सार्वजनिक गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको दाबी गरेको छ । बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक सञ्चालन, तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको भन्दै सरकारले त्यो सकिए लगत्तै पक्की सडक र पुलको निर्माण गर्ने जानकारी गराएको छ । प्रधानन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमनकारी, पीडक, जनविरोधी र अत्याचारी शासकको अन्त्य हुने दाबी गरेका छन्। वर्तमान सरकारप्रति लक्षित गर्दै ओलीले दमनकारी शासकको नाश हुने बताएका हुन्। नेपाल पत्रकार महासंघ र छापा माध्यम बचाउ सुुझाव कार्यदलले बुुझाएको ध्यानाकर्षण पत्र बुुझ्दै उनले आफू ब्यक्तिगत रुपमा विगत ६० बर्षदेखि समानता र स्वतन्त्रताको यात्रामा अघि बढिरहेको ...
। नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक संरचना प्रयोग गरेको कारण विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग जवाफ मागेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सोमबार प्रारम्भिक सुनुवाइ गर्दै सबै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । अदालतले रिटमा विपक्षी बनाइएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा ...
। दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज ७ (सेप्टेम्बर २३) को साँझ ६:१५ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ । त्यस उपलक्ष्यमा नेपालको पर्यटकीय नगरी पोखरा विमानस्थलमा पानीको फोहरासहित फ्लाई दुबईको जहाज र यात्रुलाई स्वागत गरिनेछ । त्यहाँबाट आएका यात्रुको अवतरणपछि उक्त विमान पोखराबाट यात्रु लिएर साँझ ७:१५ बजे ...
: विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताएक छन्। आइतबार सिंहदरबारमा ‘नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ को संशोधन तथा एकीकरण विधेयक मस्यौदा तर्जुमा सम्बन्धमा विषयगत विज्ञ तथा सरोकारवाला संस्थाहरूसँगको छलफलमा मन्त्री पुनले राजनीतिक हस्तक्षप मुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम