मुख्य समाचार
मन्त्री गीता चौधरीले संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै नयाँ कोष बनाउने नीति सरकारको नरहेको स्पष्ट
मन्त्री गीता चौधरीले संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै नयाँ कोष बनाउने नीति सरकारको नरहेको स्पष्ट

। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै नयाँ कोष बनाउने नीति सरकारको नरहेको स्पष्ट पारेकी छन् ।

सोमबार विधायन व्यवस्थापन समितिमा भएको ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ माथि दफावार छलफलका क्रममा उनले सरकारले नयाँ कोष थप्ने नभई भएकालाई पनि गाभ्ने नीति लिएको बताएकी हुन् ।

बैठकमा संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्न सांसदहरूले माग गरेको थिए । तर कृषिमन्त्री चौधरीले हाल नयाँ कोष स्थापना गर्ने सरकारको नीति नरहेको स्ष्पट पारेकी हुन् ।

विभिन्न प्रयोजनका लागि विगतमा स्थापना गरिएका कोष प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको तथा कतिपय अवस्थामा दुरुपयोग समेत भएको उनको भनाइ छ ।



यद्यपि संक्रामक पशु रोग नियन्त्रणका लागि राज्यलाई थप आर्थिक भार नपर्ने गरी सरोकारवालाको सहभागितामा कोष स्थापना गर्न सकिने उनको भनाइ छ ।

संक्रामक पशु रोग नियन्त्रण गर्न प्रस्तावित कोषको स्वरूपबारे पुनर्विचार गर्न सकिने उनले बताइन् ।

उनकाअनुसार सरकारले विधेयकको प्रारम्भिक मस्यौदा तयार गर्दा संक्रामक पशु रोग नियन्त्रणका लागि छुट्टै कोषको परिकल्पना गरेको थियो ।

तर अर्थ मन्त्रालयबाट राय लिने क्रममा प्रश्तावित व्यवस्था अन्य प्रचलित प्रावधानसँग बाझिने देखिएपछि समस्या आएको उनको भनाइ छ ।

उनले भनिन्, ‘हाल एकीकृत कोष बनाएर लैजाने भन्ने कुरा उठेको छ । विगतमा विभिन्न कोषहरू खडा गर्दा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको र भएका कोषहरूमा समेत दुरुपयोग भएको थियो । त्यसकारण संक्रामक पशु रोग नियन्त्रण विधेयकको सन्दर्भमा पनि हामीले कोषको परिकल्पना गरेका थियौँ । सुरुमा विधेयक पठाउँदा नै कोषको व्यवस्था गरेर पठाएका थियौँ । तर पछि अर्थ मन्त्रालयको राय लिँदा अन्य व्यवस्थासँग बाझिने अवस्था आयो । अहिले राज्यलाई थप आर्थिक भार नपर्ने गरी सरोकारवालाहरूबाटै कोष सिर्जना गरेर अघि बढ्ने हो भने त्यसमा जान सकिन्छ ।’

बैठकमा सांसदहरूले संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको दाबी गरेको छ । बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक सञ्चालन, तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको भन्दै सरकारले त्यो सकिए लगत्तै पक्की सडक र पुलको निर्माण गर्ने जानकारी गराएको छ । प्रधानन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमनकारी, पीडक, जनविरोधी र अत्याचारी शासकको अन्त्य हुने दाबी गरेका छन्। वर्तमान सरकारप्रति लक्षित गर्दै ओलीले दमनकारी शासकको नाश हुने बताएका हुन्। नेपाल पत्रकार महासंघ र छापा माध्यम बचाउ सुुझाव कार्यदलले बुुझाएको ध्यानाकर्षण पत्र बुुझ्दै उनले आफू ब्यक्तिगत रुपमा विगत ६० बर्षदेखि समानता र स्वतन्त्रताको यात्रामा अघि बढिरहेको ...
। नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक संरचना प्रयोग गरेको कारण विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग जवाफ मागेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सोमबार प्रारम्भिक सुनुवाइ गर्दै सबै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । अदालतले रिटमा विपक्षी बनाइएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा ...
। दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज ७ (सेप्टेम्बर २३) को साँझ ६:१५ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ । त्यस उपलक्ष्यमा नेपालको पर्यटकीय नगरी पोखरा विमानस्थलमा पानीको फोहरासहित फ्लाई दुबईको जहाज र यात्रुलाई स्वागत गरिनेछ । त्यहाँबाट आएका यात्रुको अवतरणपछि उक्त विमान पोखराबाट यात्रु लिएर साँझ ७:१५ बजे ...
: विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताएक छन्। आइतबार सिंहदरबारमा ‘नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ को संशोधन तथा एकीकरण विधेयक मस्यौदा तर्जुमा सम्बन्धमा विषयगत विज्ञ तथा सरोकारवाला संस्थाहरूसँगको छलफलमा मन्त्री पुनले राजनीतिक हस्तक्षप मुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम