मुख्य समाचार
बाढीका कारण डुबानमा परी क्षतिग्रस्त बनेको धादिङको जहरे सबस्टेसन मर्मतसम्भारपछि पुनः सञ्चालनमा
बाढीका कारण डुबानमा परी क्षतिग्रस्त बनेको धादिङको जहरे सबस्टेसन मर्मतसम्भारपछि पुनः सञ्चालनमा

: भदौ १० गते आएको बाढीका कारण डुबानमा परी क्षतिग्रस्त बनेको धादिङको जहरे सबस्टेसन मर्मतसम्भारपछि पुनः सञ्चालनमा आएको छ।

जहरेखेतस्थित सबस्टेसनमा बाढीको लेदोसहित करिब १० फिटसम्म पानी जम्दा विद्युत् उपकरण तथा संरचनामा ठूलो क्षति पुगेको थियो। क्षतिपछि नेपाल विद्युत् प्राधिकरणले प्राविधिक जनशक्ति, उपकरण तथा आवश्यक सामग्री परिचालन गरी मर्मत तथा पुनःस्थापनाको काम तीव्र बनाएको थियो।

सबस्टेसन सञ्चालनमा आएसँगै गजुरी बजार, आदमघाट फिडरअन्तर्गतको २२ किलो क्षेत्र तथा पीडा फिडरअन्तर्गत किरान्चोक-मिलनटारलगायत बाढीबाट प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित भएको छ।

विद्युत वितरण केन्द्र धादिङका कार्यालय प्रमुख चुटुन कुमार श्रीवास्तवका अनुसार सबस्टेसन सञ्चालनमा आएपछि प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति क्रमशः सामान्य बन्दै गएको छ। नियमित र भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न आवश्यक बाँकी कामलाई पनि प्राथमिकताका साथ अघि बढाइएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित तत्कालीन केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई आगामी १५औँ महाधिवेशनमा समेट्ने निर्णय गरेको छ। पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीभित्र बृहत् एकता र सबैको अपनत्व स्थापित गर्न उक्त निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताए। निर्णयअनुसार विशेष केन्द्रीय महाधिवेशनपूर्व शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिमा रहेका ...
। प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुन नदिने स्पष्ट पारेका छन् । सोमबार सिंहदरबारमा विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा राज्यका सबै निकाय क्रियाशील भएको उल्लेख गर्दै राहत तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुन नदिने ...
। कर्णाली प्रदेश सरकारले प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले २०८३ साउन २९ गते सोमबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारको निर्णयसँगै प्रदेशसभाको चालु अधिवेशन अन्त्य ...
: नेपाल आयल निगमले उपभोक्तालाई आवश्यकता अनुसार मात्रै एलपी ग्यास खरिद गर्न र अतिरिक्त सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ। निगमले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै एलपी ग्यासको आपूर्ति व्यवस्थामा कुनै समस्या नरहेको स्पष्ट पारेको हो। निगमका अनुसार भदौ २८ गतेसम्म नेपालमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको छ, जुन ३७ लाख १३ ...
: नेपाली कांग्रेसका सभापति गगन थापाले सांस्कृतिक परम्पराले नेपाली समाजलाई जोड्ने साझा आधार निर्माण गरेको बताएका छन्। तीजको शुभकामना दिँदै उनले नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न मुलुक भएको बताएका हुन्। उनले भने,‘यहाँका हरेक पर्व, संस्कार र परम्पराले नेपाली समाजको मौलिकता झल्काउँछ। हाम्रा चाडपर्व केवल उत्सवका अवसर मात्र होइनन्, तिनले पुस्तौंदेखि हाम्रो सामाजिक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम