: युवतीहरुको कामुक भिडियो बनाएर सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पाचँथरको फिदिम नगरपालिका–३ घर भएर काठमाडौं–२६ मा बस्ने २४ वर्षीय सरोज लामा रहेका छन्। वेश्यागमनको प्रचार–प्रसार हुने साम्रगीहरु बनाएर सामाजिक सञ्जालमार्फत पोस्ट् गर्ने गरेको सुचनाका आधारमा प्ररहीले लामालाई पक्राउ गरेको हो।
वेश्यागमनको प्रचार गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर लामामाथि अनुसन्धान थालिएको छ।