: जेनजी सहिद परिवारहरुले जेनजी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति रास्वपा सचेतक क्रान्तिशिखा धितालले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
जेनजी सहिद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालले सोमबार सिंहदरबारको दक्षिण गेट बाहिर प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै रास्वपा सचेतक धितालले दिएको अभिव्यक्तिले जेनजीहरुको अपमान भएका बताएका छन्। सहिद परिवार र घाइतेहरूको त्याग तथा बलिदानलाई हल्का रूपमा लिएर धितालले सार्वजनिक रूपमा तल्लो स्तरको अभिव्यक्ति दिएको जिकिर गरे। उनीहरुले धितालले सार्वजनिक माफी माग्नुपर्ने माग गरेका छन्।
जेनजी सहिद परिवार कल्याणकारी समाजका सचिव ठाकुरनाथ गौतमले सहिद परिवारलाई कहिल्यै कुनै प्रकारको सहयोग वा साथ नदिएको तर उल्टै अपमान गर्ने अधिकार कसैलाई नभएको बताए। जेनजी सहिद प्रथम स्मृति दिवसलाई ‘कन्सर्ट’का रुपमा मनोरञ्जन क्षेत्रसँग जोडेर राजनीतिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले जनता र पीडितहरूको भावनामाथि चोट पु¥याएको उनले टिप्पणी गरे।