मुख्य समाचार
नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५औं महाधिवेशन प्रक्रियालाई अघि बढाउने
नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५औं महाधिवेशन प्रक्रियालाई अघि बढाउने

: नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५औं महाधिवेशन प्रक्रियालाई अघि बढाउने भएको छ। संस्थापनइतर समूहले सोमबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै संस्थापन पक्ष वार्ता र संवाद मार्फत सहमतिमा पुग्ने वा सर्वोच्च अदालतको निर्णयको प्रतिक्षा नगरी एकलौटीरूपमा अगाडि बढ्न खोजेको भन्दै आगामी मंसिर २१, २२ र २३ गते हुने केन्द्रीय महाधिवेशनको प्रक्रियालाई अघि बढाउने जनाएको हो।

विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा विभाजनलाई संस्थागत गर्न उद्धत भएको देखिएको कांग्रेस संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले बताए।

उनले असोज १५ गतेदेखि सञ्चालन हुने वडा हुँदै विभिन्न तहका अधिवेशनहरूमा सक्रिय सहभागिता जनाउन पार्टी कार्यकर्ताहरूलाई अनुरोध गरिएको बताए। उनले पार्टीको शक्ति यसको इतिहास, विचार, लोकतान्त्रिक चरित्र र कार्यकर्ताको निष्ठामा निहित रहेको उल्लेख गर्दै उनले आगामी मंसिर २१, २२ र २३ गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन अपीलसमेत गरे।


उनले विधि, विधान, वैधानिकता र एकताको मार्गमा दृढतापूर्वक उभिएर मात्र पार्टीलाई पुनः सशक्त, विश्वसनीय र नागरिकको आशाको केन्द्र बनाउन सकिने धारणा राखे। १५औं महाधिवेशनले पार्टी र देशको राजनीतिक भविष्यको दिशा तय गर्ने भएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। कोइरालाले कुनै पक्ष असन्तुष्ट वा अलग्गिएको भए पनि समाधानको एउटै उपाय ‘वार्ता’ रहेको र संवादमार्फत मूलधारमा ल्याएर एकताबद्ध भई अघि बढ्नुपर्नेमा जोड दिए।

केवल अर्को पक्षको तर्क सुनेर नपुग्ने भन्दै उनले आफूहरूले पनि वार्ता र एकताका लागि बारम्बार आग्रह गरेको तर गगन थापा तथा विश्वप्रकाश शर्माहरूले सुनुवाइ नगरेको आरोप लगाए। पार्टीको लाइन र भविष्यलाई सुरक्षित पार्नु आफ्नो काँधको ठूलो जिम्मेवारी रहेको कोइरालाले बताए। सभापति शेरबहादुर देउवाले गगन थापालाई भेट्न समय नदिएकोबारे सोधिएको प्रश्नमा उनले सभापतिको व्यस्तताका कारण हुनसक्ने तर भेट्नै नचाहेको भन्ने कुरा सत्य नहुने धारणा राखे। पार्टीको भविष्यलाई केन्द्रमा राखेर कानुनी र राजनीतिक दुवै पक्षको सम्मान हुने गरी समाधान खोज्नु अहिलेको आवश्यकता रहेको संस्थापनइतर समूहको निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका सभापति गगन थापाले सांस्कृतिक परम्पराले नेपाली समाजलाई जोड्ने साझा आधार निर्माण गरेको बताएका छन्। तीजको शुभकामना दिँदै उनले नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न मुलुक भएको बताएका हुन्। उनले भने,‘यहाँका हरेक पर्व, संस्कार र परम्पराले नेपाली समाजको मौलिकता झल्काउँछ। हाम्रा चाडपर्व केवल उत्सवका अवसर मात्र होइनन्, तिनले पुस्तौंदेखि हाम्रो सामाजिक ...
। संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा सोमबारको बैठकमा सांसदहरूले यस्तो जोड दिएका हुन् । आजको बैठकमा ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ माथि दफावार छलफल थियो । छलफलका क्रममा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले किसानका लागि क्षतिपूर्ति सुनिश्चित गर्न छुट्टै कोष ...
: रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको पुनर्उत्थानका तथा पुनर्निर्माणका लागि कुल ७ खर्ब २३ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्यांकन’ प्रतिवेदनले पुनर्निर्माणका लागि प्रारम्भिक प्रक्षेपण गरेको हो। भदौ १० गते बिहान रसुवाको ...
। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै नयाँ कोष बनाउने नीति सरकारको नरहेको स्पष्ट पारेकी छन् । सोमबार विधायन व्यवस्थापन समितिमा भएको ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ माथि दफावार छलफलका क्रममा उनले सरकारले नयाँ कोष थप्ने नभई भएकालाई पनि गाभ्ने नीति लिएको बताएकी हुन् । बैठकमा संक्रामक पशु ...
: सरकारले बाढीपीडित तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको बालापन र भविष्य जोगाउन ‘स्याहार योजना’ कार्यान्वयनमा ल्याएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले विपद्ले बालबालिकाबाट घर, परिवार वा अभिभावक खोसेपनि उनीहरूको बालापन र भविष्य खोसिन नदिने बताइन्। ‘बाढीबाट प्रभावित, आमाबाबु गुमाएका, परिवारबाट अलग भएका तथा विशेष संरक्षण आवश्यक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम