मुख्य समाचार
मन्त्री सीता वादीले भोटेकोशी विपद्का कारण अभिभावक गुमाएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिने बताए
मन्त्री सीता वादीले भोटेकोशी विपद्का कारण अभिभावक गुमाएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिने बताए

। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भोटेकोशी विपद्का कारण अभिभावक गुमाएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिने बताएकी छन् ।

राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री वादीले भोटेकोशी बाढीबाट धेरै परिवार प्रभावित भएको र कतिपय बालबालिकाले आफ्ना प्रियजन गुमाउनुका साथै घाइते भएर उपचाररत रहेको बताएकी हुन् ।

परिवारबाट छुट्टिएका तथा संरक्षणको पर्खाइमा रहेका बालबालिकाको उद्धार, संरक्षण, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग र परिवारसँग पुनर्मिलनलाई सरकारले उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ ।

मन्त्री वादीले अभिभावक गुमाएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको संरक्षण गर्नु सरकारको जिम्मेवारी भएको उल्लेख गर्दै मन्त्रालयले उक्त जिम्मेवारी संवेदनशीलता र प्रतिवद्धताका साथ पूरा गर्ने बताइन् ।



उनकाअनुसार ललितपुरको गोदावरी नगरपालिका–थेचोमा विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि अस्थायी संरक्षण सेवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

केन्द्रमार्फत आवास, खानपिन, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, परिवारको खोजी तथा पारिवारिक पुनर्मिलनलगायत सेवा उपलब्ध गराइनेछ ।

साथै बालबालिकाको दीर्घकालीन संरक्षण आवश्यकताको पहिचान गरी उपयुक्त व्यवस्था गरिने उनले बताइन ।

बाढी प्रभावित क्षेत्र तथा होल्डिङ सेन्टरमा रहेका बालबालिकाको गोपनीयता, मर्यादा र सुरक्षालाई प्राथमिकता दिइएको मन्त्री वादीले बताइन् ।

प्रभावित जिल्लाका स्थानीय तह तथा बालबालिका राखिएका स्थानमा उनीहरूको अवस्था, पहिचान, विस्तृत लेखाजोखा र आवश्यक संरक्षण सेवाका लागि सहजीकरण टोली परिचालन गरिएको पनि उनले जानकारी दिइन् ।

विपद्मा आमाबुवा गुमाएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि सरकारले दीर्घकालीन स्याहार योजना कार्यक्रम कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै मन्त्री वादीले कुनै पनि बालबालिकाले आफूलाई एक्लो र असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले बालबालिकालाई हिंसा, दुव्र्यवहार, शोषण, बेचबिखन तथा असुरक्षाबाट जोगाउनु सरकार मात्र नभई अभिभावक, विद्यालय, समुदाय, सञ्चारमाध्यम, नागरिक समाज, निजी क्षेत्र तथा बाल अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाको साझा दायित्व भएको बताइन् ।

मन्त्री वादीले भनेकी छन्, ‘यस वर्ष भोटेकोशी बाढीका कारण हामी पीडादायी परिस्थितिमा यो दिवस मनाइरहेका छौँ । बाढी तथा विपद्का कारण ज्यान गुमाउनुभएका बालबालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा घाइते बालबालिकाको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु । बालबालिका राष्ट्रका भविष्य हुन् । विपद्मा अभिभावक गुमाएका, परिवारबाट छुट्टिएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको उद्धार, उपचार, मनोसामाजिक सहयोग, परिवार खोजी तथा पुनर्मिलनका लागि सरकार उच्च प्राथमिकताका साथ कार्यरत छ । त्यस्ता बालबालिकाको दीर्घकालीन संरक्षणको जिम्मेवारी सरकारले लिनेछ ।’

‘बालपनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने यस वर्षको राष्ट्रिय बाल दिवसको नारालाई व्यवहारमा कार्यान्वयन गर्न सबै पक्षले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कुनै समय व्यस्त रहने रुकुम पश्चिमको चौरजहारी विमानस्थल अहिले सुनसान छ। धावनमार्ग आसपास विमानको आवाज आउँदैन । विमास्थलमा घाँस र झारपात उम्रिएका छन्। विमानस्थल परिसरमा रुख-बिरुवा हुर्किएका छन् भने उडानका लागि प्रयोग हुने उपकरणहरू धुलो र खियाले खिइएका छन् । रुकुम पश्चिमसँगै जाजरकोट र सल्यानका नागरिकलाई लक्षित गरेर निर्माण गरिएको चौरजहारी विमानस्थल लामो समयदेखि हवाई ...
: पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि आज ४ वटा दर्शन मार्गको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। तीजका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारैढोका खोलिएको हो। हरितालिका पर्वका अवसरमा सोमबार पशुपतिनाथका साथै देशभरका शिवालयमा पूजा एवं दर्शन गर्न भक्तजनको लाम लाग्ने गर्छ। पहिलो लाम मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति–कैलाश बद्रीनरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट ...
। सुनजस्तो पहेँलो धातु देखाई एक करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ का अनिष थापालाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट परिचालन भएको टोलीले पक्राउ गरेको हो । टोखा नगरपालिका–९ मिलनटोलस्थित एक गेस्ट हाउसबाट थापालाई शनिबार पक्राउ गरिएको हो । पक्राउ परेका थापा जबरजस्ती करणी कसुरमा कैद सजाय पाएर ...
। नेकपा (एमाले)की सांसद रामकुमारी झांक्रीले संक्रामक पशु तथा पशुजन्य उत्पादनको ओसारपसारमा क्वारेन्टाइनको व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छिन् । साथै, उनले संक्रामक रोग बोकेका पशु ओसारपसार गर्नेलाई दण्डित गर्ने व्यवस्था विधेयकमा राख्न समेत माग गरिन् । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा विधेयकमाथि छलफल भएको छलफलमा उनले महामारीको अवस्थामा किसानलाई क्षतिपूर्ति दिने व्यवस्था आवश्यक भएपनि हरेक अवस्थामा ...
। नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट आएको शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समितिमा रहेका सबैलाई नयाँ केन्द्रीय समितिमा आउने बाटो खुलाएको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका, तर विशेष महाधिवेशनपछिको नयाँ समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्नेगरी सैद्धान्तिक निर्णय गरेको हो । पार्टी संस्थापनको यो निर्णयपछि इतर समूहमा केही नेताले यसको स्वागत गरिरहेका छन् ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम