। सुनजस्तो पहेँलो धातु देखाई एक करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ का अनिष थापालाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट परिचालन भएको टोलीले पक्राउ गरेको हो ।
टोखा नगरपालिका–९ मिलनटोलस्थित एक गेस्ट हाउसबाट थापालाई शनिबार पक्राउ गरिएको हो ।
पक्राउ परेका थापा जबरजस्ती करणी कसुरमा कैद सजाय पाएर नक्खु कारागारमा सजाय भोगिरहेका बेला अघिल्लो भदौ २४ मा भागेको कैदी रहेको प्रहरीले जनाएको छ ।