मुख्य समाचार
सकेट बमजस्तो देखिने वस्तु फेला परेपछि नेपाली सेना पुगेर डिस्पोज
सकेट बमजस्तो देखिने वस्तु फेला परेपछि नेपाली सेना पुगेर डिस्पोज

। सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलीमा सकेट बमजस्तो देखिने वस्तु फेला परेपछि नेपाली सेना पुगेर डिस्पोज गरेको छ ।

आइतबार दिउँसो करिब साढे ४ बजे स्थानीय जयनारायण कामतको खेतको आलीमा उक्त वस्तु फेला परेको हो ।
उक्त वस्तु फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो ।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट प्रहरी टोली कामतको खेलमा पुगेको थियो ।

वस्तु शंकास्पद् लागेपछि प्रहरीको खबरअनुसार नेपाली सेनाको नन्दाबक्स गण, चोहर्वा सिरहाबाट बम डिस्पोजल टोली त्यहाँ पुगेको थियो ।

उक्त टोलीले अहिले साँझ साढे ६ बजे उक्त वस्तुलाई डिस्पोज गरिसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) वासुदेव पाठकले जानकारी दिए ।

उक्त वस्तु बम भए–नभएको कुरा सेनाले खुलाइनसकेको एसपी पाठकले जानकारी दिए । सोबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भोटेकोशी विपद्का कारण अभिभावक गुमाएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिने बताएकी छन् । राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री वादीले भोटेकोशी बाढीबाट धेरै परिवार प्रभावित भएको र कतिपय बालबालिकाले आफ्ना प्रियजन गुमाउनुका साथै ...
। सुनजस्तो पहेँलो धातु देखाई एक करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ का अनिष थापालाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट परिचालन भएको टोलीले पक्राउ गरेको हो । टोखा नगरपालिका–९ मिलनटोलस्थित एक गेस्ट हाउसबाट थापालाई शनिबार पक्राउ गरिएको हो । पक्राउ परेका थापा जबरजस्ती करणी कसुरमा कैद सजाय पाएर ...
। नेकपा (एमाले)की सांसद रामकुमारी झांक्रीले संक्रामक पशु तथा पशुजन्य उत्पादनको ओसारपसारमा क्वारेन्टाइनको व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छिन् । साथै, उनले संक्रामक रोग बोकेका पशु ओसारपसार गर्नेलाई दण्डित गर्ने व्यवस्था विधेयकमा राख्न समेत माग गरिन् । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा विधेयकमाथि छलफल भएको छलफलमा उनले महामारीको अवस्थामा किसानलाई क्षतिपूर्ति दिने व्यवस्था आवश्यक भएपनि हरेक अवस्थामा ...
। नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट आएको शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समितिमा रहेका सबैलाई नयाँ केन्द्रीय समितिमा आउने बाटो खुलाएको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका, तर विशेष महाधिवेशनपछिको नयाँ समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्नेगरी सैद्धान्तिक निर्णय गरेको हो । पार्टी संस्थापनको यो निर्णयपछि इतर समूहमा केही नेताले यसको स्वागत गरिरहेका छन् ...
। धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मोटरसाइकल चालक घाइते भएका छन् । मिलनचोकमा धनगढी उपमहानगरपालिका–२ आदर्श टोलका १८ वर्षीय अङ्कित गुप्ताले चलाएको सुप्र.०१–००२ स ६११ नम्बरको अटोरिक्साले चौराहाबाट भन्सारतर्फ जाँदै गरेको सुप्र.०१–००८ प ५९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाका अनुसार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम