मुख्य समाचार
हालान्डको निर्णायक गोल
हालान्डको निर्णायक गोल

। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको म्यान्चेस्टर डर्बीमा म्यान्चेस्टर सिटीले जित हासिल गरेको छ ।

पहिलो हाफको २३औं मिनेटदेखि नै १० खेलाडीमा सीमित रहेको सिटीले म्यान्चेस्टर युनाइटेडलाई १-० गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा एर्लिङ हालान्डले गरेको गोल निर्णायक बन्यो ।

हालान्डले ६०औं मिनेटमा जोस्को भार्डियलको पासमा गोल गरेका थिए । उक्त गोललाई सुरुमा अफसाइड दिइएपनि भीएआरले गोलको मान्यता दिएको थियो ।

त्यसअघि पहिलो हाफको २३औं मिनेटमा फिल फोडेनले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा सीमित भएको थियो । यद्यपी सिटीले जित हासिल गर्न सफल रह्यो ।

जितपछि सिटीको ४ खेलमा १२ अंक भएको छ र अंकतालिकामा दोस्रो स्थानमा छ । ४ खेलमा ४ अंक भएको युनाइटेड १३औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लामिन यमालको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा लेभान्टेलाई ४–२ ले पराजित गर्दै लगातार पाँचौं जित निकालेको छ । भ्यालेन्सियामा भएको खेलमा बार्सिलोनाले पाँचौं मिनेटमै जाभी एस्पार्टको गोलबाट अग्रता लिएको थियो । त्यसपछि यमालले १९औं मिनेटमा अर्को गोल थपेपछि पहिलो हाफ २–० ले बार्सिलोनाको पक्षमा सकिएको थियो । दोस्रो हाफको ४८औं मिनेटमा यमालले पेनाल्टीमार्फत व्यक्तिगत ...
। एसीसी प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ । मलेसियामा शनिबार सम्पन्न फाइनलमा यूएईलाई पराजित गर्दै उपाधि जितेको र एसिया कपमा छनोट भएको नेपाली टोली आइतबार राति नेपाल आइपुगेको हो । ट्रफीका साथ फर्किएको नेपाली टोलीलाई क्यानका सचिव पारस खड्का लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । मलेसियाको वायुमास ओभलमा भएको फाइनल खेलमा ...
। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट शृङ्खला आयोजना गर्ने तयारी गरिरहेको जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शृङ्खलाका लागि दिएको प्रस्तावलाई सकारात्मक रूपमा लिइएको भन्दै बीसीबीले दुवै बोर्डबीच औपचारिक छलफल भइरहेको पुष्टि गरेको हो । बीसीबीका क्रिकेट सञ्चालन प्रमुख शाहरियार नाफिसले शनिबार पत्रकारसँग कुरा गर्दै नेपालले केही समयअघि नै ...
। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको १५ सदस्यीय क्रिकेट टोली सार्वजनिक भएको छ । नेपाल ओलम्पिक कमिटीले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली आइतबार सार्वजनिक गरेको हो । टोलीमा दीपेन्द्रसँगै रोहित कुमार पौडेल,‍ सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सन कुमार झा, नन्दन यादव, लोकेश ...
: तीन वर्षअघि घरेलु मैदानमा युएईलाई हराउँदै पहिलो पटक एसिया कपको यात्रा तय गरेको नेपालले फेरि त्यही प्रतिद्वन्द्वीलाई पराजित गर्दै दोस्रो पटक एसिया कपमा स्थान बनाएको छ। मलेसियाको क्वालालम्पुरस्थित वायुमास क्रिकेट ओभलमा युएईमाथि ४४ रनको जित निकाल्दै नेपालले एसिया कपमा आफ्नो स्थान पक्का गरेको हो। नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको युएई ४९.१ ओभरमा २६९ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम