मुख्य समाचार
हरितालिका तीजको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कडा
हरितालिका तीजको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कडा

। हरितालिका तीजको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दर्शनार्थीको भिडलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा, उद्धार, स्वास्थ्य, खानेपानी तथा ट्राफिक व्यवस्थापनसहितका सेवा सञ्चालन गरेका छन् ।

पशुपति क्षेत्रमा बिहान ३:१५ बजेदेखि नै चारवटै ढोका खुला गरिएको थियो । बिहान ७ बजेसम्म करिब ९ हजार दर्शनार्थीले पशुपतिनाथको दर्शन गरिसकेका छन् भने करिब ३ हजार दर्शनार्थी दर्शनका लागि लाइनमा रहेको प्रहरीले जनाएको छ ।

दर्शनार्थीलाई सहज रूपमा दर्शन गराउन प्रहरीले सहजीकरणसँगै सूचना प्रवाह, हराएका व्यक्तिको खोजी तथा परिवारसँग पुनर्मिलन, स्वास्थ्य शिविर र ट्राफिक व्यवस्थापनलगायतका सेवा प्रदान गरिरहेको छ ।

सुरक्षा व्यवस्थापनका लागि सीसीटीभी, ड्रोन तथा सञ्चार प्रविधिको प्रयोग गरिएको छ । सादा पोसाकका प्रहरी तथा बर्दीमा महिला, पुरुष र विपद् उद्धार प्रहरी परिचालन गरी पशुपति क्षेत्रको सुरक्षा निगरानी बढाइएको छ । दुई सिफ्टमा सुरक्षा व्यवस्थापन मिलाइएको र त्यसका लागि २ हजार ५ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ । एक सिफ्टमा करिब १ हजार २ सय ५० प्रहरी खटिएका छन् ।

यसैगरी, सशस्त्र प्रहरी बल नेपालले पशुपति क्षेत्रमा सुरक्षा, स्वास्थ्य र खानेपानी सेवासहित करिब ८ सय जनशक्ति परिचालन गरेको छ । गएराति २ बजेदेखि नै दर्शनार्थी व्यवस्थापन, शान्ति सुरक्षा र स्वास्थ्य सेवाका लागि सशस्त्र प्रहरी परिचालन गरिएको हो ।



मन्दिर परिसरमा नेपाल एपीएफ अस्पताल, बलम्बुबाट महिला चिकित्सकसहितको मेडिकल टोली र एम्बुलेन्स तैनाथ गरिएको छ । प्रधान कार्यालयबाट खानेपानी ट्यांकरसहितको टोली पनि रातिदेखि नै परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पशुपति क्षेत्रको राम मन्दिरनजिक बागमती नदी किनारमा गोताखोरसहितको उद्धार टोलीलाई समेत तयारी अवस्थामा राखिएको छ ।

तीजको मेला अवधिभर कुनै अवाञ्छित गतिविधि हुन नदिन मन्दिर परिसर तथा आसपासका क्षेत्रमा सादा पोसाकका सुरक्षाकर्मीसमेत व्यापक रूपमा परिचालन गरिएको छ ।

तिलगंगा, जय बागेश्वरी, गुह्येश्वरी, विश्वरूपा मन्दिर, गौरीघाटलगायतका क्षेत्रमा पनि आवश्यक शान्ति सुरक्षाका लागि गस्ती बढाइएको छ ।

सुरक्षा निकायबीच आवश्यक समन्वयका लागि पशुपति मन्दिर परिसरमा कमान्ड पोस्टसमेत स्थापना गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दर्शनार्थीको सुरक्षा र सहजताका लागि आवश्यक सबै प्रबन्ध मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलीमा सकेट बमजस्तो देखिने वस्तु फेला परेपछि नेपाली सेना पुगेर डिस्पोज गरेको छ । आइतबार दिउँसो करिब साढे ४ बजे स्थानीय जयनारायण कामतको खेतको आलीमा उक्त वस्तु फेला परेको हो । उक्त वस्तु फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो । सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट प्रहरी टोली कामतको खेलमा पुगेको थियो । वस्तु ...
। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष अञ्जन श्रेष्ठबीच आज आइतबार महासंघ सचिवालय टेकुमा भेटवार्ता भएको छ । भेटवार्तामा रसुवा लगायत विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको क्षति, प्रभावित उद्योग-व्यवसाय पुनर्स्थापना, लगानी वातावरण, रोजगारी सिर्जना तथा प्रदेशको आर्थिक गतिविधि चलायमान बनाउने विषयमा छलफल भएको थियो । छलफलमा दुवै पक्षले प्रदेशको आर्थिक विकास, निजी ...
। बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका बाणगङ्गा नगरपालिका–८ का १० वर्षीय बुद्ध लामाको शव भारतमा फेला परेको छ । शनिबार बाढीपछि बेपत्ता भएका लामाको शव आज नेपाल–भारत सीमाबाट करिब दुई किलोमिटर टाढा भारतीय क्षेत्रमा पर्ने बगुलहवा खोलामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार भारतीय प्रहरीको समन्वयमा ...
। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकको राहत तथा पुनर्स्थापनाका लागि निस्ट फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २२ लाख ५० हजार ६०५ रुपैयाँ सहयोग गरेको छ। विपद्को कठिन घडीमा पीडित तथा प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले फाउन्डेसनअन्तर्गतका विभिन्न शैक्षिक संस्थाहरू, शिक्षक, कर्मचारी, विद्यार्थी र संस्थापन पक्षको सामूहिक ...
। रसुवा-भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ठूलो असर गर्नुका साथै साहसिक पर्यटकमा भने त्यसको ठूलो असर नपर्ने संकेत देखिएको छ । आगामी शरद ऋतुमा हिमाल चढ्न अनुमति लिनेको संख्या ५ सय नजिक पुगेको छ । पर्यटन विभागका अनुसार शुक्रबारसम्म ४ सय ९८ जनाले आरोहण अनुमति लिइसकेका छन् । तीमध्ये सबैभन्दा धेरै मनास्लु हिमाल आरोहणमा जाने छन् । विभागका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम