। बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
सुर्नया गाउँपालिका–५ हरिचनकी अन्दाजी ३० वर्षीया गौरा मडैको आइतबार भिरबाट लडेर मृत्यु भएको हो ।
आइतबार दिउँसो करिब १२ बजेको समयमा घर नजिकैको गोगनाडी खोला भिरमा घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी मडैको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको रौलेश्वर स्वास्थ्यचौकी इन्चार्ज नरेश मडैले जानकारी दिए ।
उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
मृतक मडै रौलेश्वर स्वास्थ्य चौकिमा पाँच वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत थिइन् ।
मृतक मडैका घरमा दुई छोरा र श्रीमान् छन् ।