मुख्य समाचार
जाजरकोटको नलगाड नगरपालिका-१ र २ को सीमामा पर्ने बहुला खोलामा आएको बाढीले भेरी करिडोर सडक अवरुद्ध
जाजरकोटको नलगाड नगरपालिका-१ र २ को सीमामा पर्ने बहुला खोलामा आएको बाढीले भेरी करिडोर सडक अवरुद्ध

। जाजरकोटको नलगाड नगरपालिका-१ र २ को सीमामा पर्ने बहुला खोलामा आएको बाढीले भेरी करिडोर सडक अवरुद्ध भएको छ।

बहुला खोलामा आएको बाढीले सडकको विभिन्न भाग कटान गर्नुका साथै नलगाड-१ तर्फका केही घुम्तीमा समेत क्षति पुगेको स्थानीयवासी मोतीराम हमालले जानकारी दिए। सडकमा बाढी र पहिरोका कारण यातायात सेवा ठप्प भएको छ।

खहरे खोलामा आएको बाढीले सडक च्यातिएपछि यातायातका साधन सञ्चालन गर्न नसकिने अवस्था रहेको हमालले बताए। भेरी करिडोर जाजरकोट, रुकुम पश्चिम र डोल्पालाई जोड्ने प्रमुख सडक भएकाले सडक अवरुद्ध हुँदा यात्रु तथा स्थानीयवासीलाई समस्या भएको छ।

यसैबीच, सोमबारको अविरल वर्षापछि गएको पहिरोका कारण नलगाड नगरपालिका–२ डाँडागाउँको खर्कमा हजारी खत्रीको एक हल गोरु मरेका छन्। वर्षा र पहिरोका कारण आसपासका क्षेत्रमा समेत क्षति पुगेको स्थानीयवासी नारायणप्रसाद गौतमले जानकारी दिए।



उनका अनुसार रामकुमार जैसी र दामोदर खत्रीको घरसमेत जोखिममा परेको छ। गाउँ आसपासको जमिन विभिन्न ठाउँमा चिराचिरा परेको र थप क्षतिको जोखिम रहेको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे ...
। ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ । बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्द्धन गर्न÷गराउन नागरिक समाज तथा सबै सरोकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ । ही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनासकारी बाढीका ...
। भीमाद नगरपालिका–२ टेक्रेमा अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ । आज अरिङ्गालले चिलेर गम्भीर घाइते भएका सोही स्थानका ४२ वर्षीय धनबहादुर थापाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । रासस
। ३० भदौ मंगलबारदेखि हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुँदैछ । सम्मेलनमा उपस्थितिका लागि ७५३ वटै स्थानीय तहहरूलाई पत्राचार गरिएको थियो । आइतबारसम्म ४२० वटा स्थानीय तहले सहभागिता जनाउने प्रतिबद्धता जनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए । सम्मेलनमा ३६ वटा जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ । जलवायु ...
। काठमाडौं महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५ हजारसहित एक जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भएका २० वर्षीय युवराज घताने उक्त रकमसहित आज पक्राउ परेका हुन् । प्रहरी वृत्त दरबारमार्गको टोलीले बा ९७ प २६४४ नम्बरको स्कुटर जाँच गर्दा उक्त नगद फेला पारी उनलाई पक्राउ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम