मुख्य समाचार
काठमाडौंको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै सडकमा हात हल्लाएर सवारी साधन नियन्त्रण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए
काठमाडौंको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै सडकमा हात हल्लाएर सवारी साधन नियन्त्रण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए

। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै सडकमा हात हल्लाएर सवारी साधन नियन्त्रण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले ट्राफिक प्रहरीलाई सडकको बीचमा जोखिम मोलेर उभिनुपर्ने बाध्यता हटाउनुपर्नेमा जोड दिएका हुन्।

महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित बनाउन एआई क्षमताका सीसीटीभीलगायतका आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्ने बताए।

‘सवारी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरी सधैँ सडकको बीचमा जोखिमपूर्ण रूपमा उभिएर हात हल्लाउँदै व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै प्रविधिको प्रयोग बढाउनुपर्छ,’ उनले भने।

साथै, एआई–सक्षम सीसीटीभी जडानसँगै बस स्टप, बसपार्क, पार्किङ स्टेसन र समग्र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने उनको भनाइ छ।

नेपाल प्रहरी र स्थानीय तहबीच भौतिक संरचना निर्माण तथा सुरक्षा व्यवस्थापनमा सहकार्य भइरहेको जानकारी दिँदै उनले ७५३ वटै स्थानीय तहलाई गृह मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय र सङ्घीय मामिला मन्त्रालयमार्फत समन्वयका लागि पत्राचार भइरहेको बताए।

स्थानीय तहहरूबाट प्रहरीलाई हुनसक्ने सहयोगबारे चर्चा गर्दै उनले आवश्यकताअनुसार नेपाल प्रहरीलाई जग्गा तथा भवन उपलब्ध गराउन र कार्यालय निर्माण तथा मर्मतमा सहयोग गर्न आग्रह गरे ।

उनले सवारीसाधन तथा विपद् उद्धारका सामग्री उपलब्ध गराउन पनि आग्रह गरे । सीसीटीभी जडान र विस्तारमा सहयोग गर्दै जनचेतनामूलक कार्यक्रममा सहकार्य गर्ने काममा पनि प्रहरीलाई स्थानीय तहले सघाउनुपर्ने उनले बताए ।

यस्ता सहकार्यले प्रहरी सेवा र महानगर प्रहरी सेवालाई थप प्रभावकारी रूपमा जोड्ने उनको तर्क थियो ।

महानगरको कामको प्रशंसा

आईजीपी कार्कीले नागरिकलाई सफा सडकमा हिँड्न पाउने र फुटपाथ अवरोधमुक्त रूपमा प्रयोग गर्न पाउने अधिकार सुनिश्चित गर्न काठमाडौं महानगरले गरिरहेको कामको प्रशंसा गरे।

अहिले पहिलेको जस्तो असरल्ल फोहोरको थुप्रो देख्न नपर्ने अवस्था बनेको उनले बताए। यद्यपि, फोहोरमैला व्यवस्थापनमा उत्पादनस्थलदेखि अन्तिम व्यवस्थापनस्थलसम्मै चुनौती रहेकाले यसको प्रभावकारी उपाय खोज्नुपर्नेमा उनले जोड दिए।

आगामी दिनमा काठमाडौं महानगरपालिकासँग सहकार्य गरेर फुटपाथ व्यवस्थापन, पार्किङ व्यवस्थापन तथा आपत्कालीन प्रतिकार्य प्रणाली (इमर्जेन्सी रेस्पोन्स सिस्टम) लाई थप प्रभावकारी बनाउने अपेक्षा उनले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले मलेसिया श्रमिक पठाउने २५० वटा म्यानपावरकाे नयाँ पूर्वस्वीकृति प्रक्रिया तत्कालका लागि रोक्का गरेको छ । विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस)मा आबद्ध भएका २५० वटा इजाजतपत्रप्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थाको मलेसियासम्बन्धी नयाँ पूर्वस्वीकृति रोक्का गरिएको हो । वैदेशिक रोजगार विभागले एफडब्लूसीएमएसमा ‘मुख्य श्रमिक भर्ना संस्था’ का रूपमा सूचीकृत २५ वटा संस्थासँग आबद्ध वा सहयोगी ...
। सुनसरीको इटहरी उपमहानगरपालिका-७ बालग्रामस्थित पूर्व-पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको इनरुवा नगरपालिका-३ का २९ वर्षीय पारस थापा र मोटरसाइकल पछाडि सवार इनरुवा नगरपालिका-३ का ३४ वर्षीय सागर रेग्मी रहेका छन् । रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारी हुन् । आइतबार बिहान २:५० बजेको समयमा ...
। काठमाडौं महानगरपालिकाले लक्षित वर्गका लागि २ लाख रुपैयाँसम्मको जलन उपचार निःशुल्क गर्ने भएको छ । विपन्न, हिंसा पीडित तथा बेवारिसे बिरामीलाई महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा सेवा प्रदान गरिने भएको छ । निःशुल्क जलन उपचार सेवा प्रदान गर्न काठमाडौं महानगरपालिका र कीर्तिपुर अस्पताल (जनस्वास्थ्य सरोकार ट्रष्ट)बीच एक सम्झौता भएको छ । साथै उपचारका लागि प्रयोग हुने ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको अन्त्य हुने दाबी गरेका छन् । छापा माध्यमका पत्रकारहरूले दिएको ज्ञापनपत्र बुझेपछि सम्बोधन गर्ने क्रममा उनले अहिलेका शासकहरूले पनि यो कुरालाई बुझ्नुपर्ने बताए । ‘जुन शासक दमनकारी हुन्छ, जुन शासक पीडक हुन्छ, जुन शासक जनविरोधी हुन्छ, अत्याचारी हुन्छ, अरुको आवाज दबाउँछ, अरुलाई बोल्न दिँदैन, ...
। अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको बनेपामा रहेको उग्रचण्डी पेट्रोल पम्प अगाडि मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा६५प ४८१३ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सडक पार गर्दै गरेका बनेपा-७ का ७२ वर्षीय ज्ञानलाल मानन्धरको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट सख्त घाइते भएका मानन्धरको काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम