। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब स्वतन्त्रताविरोधी कदम लामो समय नटिक्ने टिप्पणी गरेका छन् । आइतबार छापा पत्रकारहरूको ज्ञापनपत्र बुझ्दै ओलीले यस्तो बताएका हुन् ।
‘अबका प्रतिगामी कदमहरू, अबका संकीर्णतावादी कदमहरू, अबका स्वतन्त्रताविरोधी कदमहरू लामो समयका लागि हुनै सक्दैनन्,’ ओलीले भने ।
त्यसकारण धैर्यता राखिदिन उनले छापा माध्यमका पत्रकारसँग आग्रह गरे ।
‘अलिकति धैर्यताका साथ, तर पर्खेर बस्ने होइन,’ उनले भने, ‘लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको एउटा कविता छ साँढे भन्ने– नलडी कोही हुन्न विजेता । तपाईँहरूले नलडेर गिभअफ गरिदिनुभयो भने त सिद्धियो नि !’
उनले छापा पत्रकारले सही कुरा उठाएको भन्दै त्यसमा एमालेले संसद् र बाहिरबाट आवाज उठाएर साथ दिने बताए ।