। यसनमा सशस्त्र समूहबीचको संघर्ष चर्कँदै जाँदा मानवीय संकट गहिरिँदै गएको छ । द्वन्द्व चर्किँदा मानिसहरू विस्थापित हुने क्रम तीव्र छ ।
संयुक्त राष्ट्रसंघका अनुसार, जुलाईमा इरान समर्थित समूह हुथीले साउदी अरबको नौसैनिकविरुद्ध नाकाबन्दी घोषणा गरेयता मत्रै करिब ७६ हजार मानिस विस्थापित भइसकेका छन् ।
पछिल्लो एक सातामा मार्त्र विस्थापित मानिसको संख्या करिब चार गुणाले बढेको राष्ट्रसंघले जनाएको छ ।
सरकार समर्थित सेना र इरान समर्थित हुथी विद्रोहीबीच तीव्र बन्दै गएको भीडन्तका कारण ठूलो संख्यामा मानिस घर छाड्न बाध्य भएका छन् ।
बीबीसी फारसीको समाचारअनुसार अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले जारी गरेको रिपोर्टमा पनि यमनमा तीव्र रूपमा मानिसहरू विस्थापित भइरहेकामा चिन्ता व्यक्त गरिएको छ ।
मानिसहरू सुरक्षित स्थान खोज्दै घर छाडेर अन्यत्र निस्किरहेका छन् । आईओएमका अनुसार विस्थापनका सबैभन्दा धेरै घटना यमनको पश्चिमी तटीय क्षेत्र र ताइज प्रान्तमा देखिएका छन् ।
रिपोर्टअनुसार ताइज प्रान्तका विभिन्न क्षेत्रमा करिब ८ हजार ३ सय परिवार विस्थापित भएका छन् । ती परिवारमा करिब ५० हजार मानिस रहेका छन् । –बीबीसी हिन्दीबाट