। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङका नदी किनारमा ठूलो क्षति गर्यो ।
हजारौं नागरिक अझै बेपत्ता छन् । तेह्र सय बढीको शव फेला परसकेको छ । हजारौं घर परिवार विस्थापित भएका छन् ।
विशेषगरी रसुवाको रसुवागढी, टिमुरे, खाल्टे लगायतका नदी आसपासका बस्ती तहसनहस भएका छन् । नुवाकोटको त्रिशूली बजार, बेत्रावती, देवीघाट लगायतका बस्ती ध्वस्त बने । यता धादिङको पनि गल्छीसम्मै पर्ने त्रिशूली नदी किनारका बस्तीमा ठूलो क्षति पुर्याएको छ ।
सरकारले विस्थापितहरूका लागि विभिन्न राहत प्याकेज अघि बढाएको छ भने पुनर्स्थापनाका कामहरू पनि अघि बढाएको छ ।
यसैबीच बाढी प्रभावित क्षेत्रका स्थानीयहरू पुन: उठ्ने जमर्को गर्दैछन् । हिजो (शनिबार) नुवाकोटको त्रिशूली, बेत्रावती र देवीघाट बजार क्षेत्र पुग्दा स्थानीयहरू भग्नावषेश केलाउँदै गरेका देखिन्थे ।
मन भारी बनाएर उनीहरू विस्तारै आफ्ना थातथलो खोतल्ने प्रयास गरिरहेका भेटिए ।