मुख्य समाचार
मन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन प्रतिस्थापनको गृहकार्य भइरहेको जानकारी
मन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन प्रतिस्थापनको गृहकार्य भइरहेको जानकारी

। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन प्रतिस्थापनको गृहकार्य भइरहेको जानकारी गराएका छन् ।

आइतबार सिंहदरबारमा ‘नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ को संशोधन तथा एकीकरण (प्रतिस्थापन) विधेयक मस्यौदा तर्जुमा सम्बन्धमा विषयविज्ञ तथा सरोकारवाला संस्थाहरूसँगको छलफल कार्यक्रममा मन्त्री पुनले यसबारे जानकारी गराएका हुन् ।

मुलुकमा विज्ञान तथा नवप्रवर्तनको सुधार तथा विकासका लागिद नास्टको संरचनामा व्यापक सुधारको आवश्यकता रहेको पनि बताए । सोही आवश्यकताका आधारमा २०४८ सालमा बनेको ऐन प्रतिस्थापन गरिरहेको उनको भनाइ थियो ।

‘२०४८ सालसम्म नेपालमा इनोभेसन शब्द प्रचलनमा नै थिएन । कसैले यसको आवश्यकता पनि देखेन । यदि त्यसो भएको भए नेपाल आज विज्ञान र नवप्रवर्तनको हिसाबले धेरै अगाडि पुगिसकेको हुन्थ्यो । त्यसकार नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ को संशोधन तथा एकीकरण (प्रतिस्थापन) विधेयक तर्जुमा गर्न थालिएको शुरुमा यसको नाम नै परिवर्तन गर्नुपर्छ,’ उनले भने ।



उनका अनुसार प्रस्तावित विधेयकमा नास्टको कुलपतिका रूपमा प्रधानमन्त्री रहने हालको व्यवस्था हटाइनेछ । प्रधानमन्त्रीलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रको शिर्ष तहमा राख्नुपर्ने भएकाले नास्टको कुलपति बनाउने व्यवस्था उपयुक्त नभएको मन्त्री पुनको तर्क छ ।

मन्त्री पुनले प्रतिष्ठानहरूमा हुने राजनीतिक हस्तक्षेपका कारण संस्थागत विकास प्रभावित भएको भन्दै अब त्यसो हुन नदिने दाबी पनि गरे ।

‘अहिले प्रज्ञा प्रष्ठिानहरूमा राजनीतिक हस्तक्षेप भइरहेको छ । अब हामी राजनीतिक हस्तक्षेप नहुनेगरी यसको संरचना निर्माण गर्छौं । प्रतिष्ठानहरू राजनीतिक हस्तक्षेपले नै बिगारेको हो भन्ने कुरो धेरैलाई थाहा छ । राजनीतिक हस्तक्षेपले केही कुरा सुधारेको भएपनि १० वटा कुरा सुध्रिँदा २० वटा चिज बिग्रियो भने त्यसलाई के भन्ने ? यसअघि प्रधानमन्त्रीलाई नै यसको कुलपति बनाउने व्यवस्था थियो,’ मन्त्री पुनले भने, ‘अब तर्जुमा हुने विधेयकमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था नराख्ने । किनभने प्रधानमन्त्रीलाई हामीले विज्ञान, प्रविधि तथा नवप्रवर्तनको शीर्ष स्थानमा राख्नुपर्छ । यो विषय हामीले विज्ञान मन्त्रालयको ऐनमा राखेका छौं । किनभने यदि प्रधानमन्त्री आफैँले विज्ञान र प्रविधिको क्षेत्रमा अध्ययन गरेर उचित दिशानिर्देश गरेन भने प्रवर्तन क्षेत्रको विकास हुँदैन । अब हामी नास्टलाई काम गर्नेे कुरामा मात्र नभई वित्तीय कुरामा पनि स्वायत्त बनाउन खोज्दैछौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कर्णाली प्रदेश सरकारले सांसदहरूका लागि स्वकीय सचिवको सुविधा पाउने व्यवस्था पुन: ब्युँताएको छ । सरकारले चालु आर्थिक वर्षको सुरुदेखि सांसदका स्वकीय सचिवको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेपछि सुविधा पुन: ब्युँतिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लक्ष्मीकुमार विकका अनुसार नियमअनुसार सांसदका स्वकीय सचिवलाई सुविधा उपलब्ध गराउने विषयमा प्रदेश सभा सचिवालयमा पत्र पठाइसकिएको छ । ‘गत वर्षको ...
। इंग्लिस प्रिमियर लिगमा लिभरपुल घरेलु मैदानमा फुलहमसँग गोलरहित बराबरीमा रोकिएको छ भने चेल्सीले पछि परेको अवस्थाबाट हल सिटीसँग २–२ को बराबरी खेल्दै हार टारेको छ । एनफिल्डमा भएको खेलमा लिभरपुलले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखे पनि फुलहमको संगठित रक्षापंक्ति तोड्न सकेन । दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि खेल ०–० मै समाप्त भयो ...
। नेपाली कांग्रेसले युवा, दलित, महिला, अपाङ्गता लगायत अनिवार्य छनोट गर्ने गरी वडाबाट क्षेत्रीय प्रतिनिधि चयन गर्ने विधि बनाएको छ । एक सय ५० क्रियाशील सदस्य रहेको वडाबाट २१ जना, तीन सय रहेको वडाबाट ३० जना, चार सय ५० सदस्य रहेको वडाबाट ३९, जना, ६ सय सदस्य रहेको वडाबाट ४८ जना र ७५० भन्दा सदस्य रहेको ...
। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङका नदी किनारमा ठूलो क्षति गर्‍यो । हजारौं नागरिक अझै बेपत्ता छन् । तेह्र सय बढीको शव फेला परसकेको छ । हजारौं घर परिवार विस्थापित भएका छन् । विशेषगरी रसुवाको रसुवागढी, टिमुरे, खाल्टे लगायतका नदी आसपासका बस्ती तहसनहस भएका छन् । नुवाकोटको त्रिशूली बजार, ...
। बाणगङ्गा नदीमा आएको बाढीका कारण नदीको बीचमा रहेको टापुमा फसेका दुई बालकमध्ये एक जनाको सकुशल उद्धार गरिएको छ । अर्का बालकलाई भने फेला पार्न सकिएको छैन । बाणगङ्गा नदीमा पौडी खेल्न गएका बाणगङ्गा नगरपालिका–८ का १६ वर्षीय रिदम लामा र १० वर्षीय बुद्ध लामा नदीको बहाव बढेपछि बीचको टापुमा फसेका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम