मुख्य समाचार
चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वमा अब शक्तिका बलमा मनोमानी लाद्ने परम्परा चल्न नहुने बताए
चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वमा अब शक्तिका बलमा मनोमानी लाद्ने परम्परा चल्न नहुने बताए

। चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वमा अब शक्तिका बलमा मनोमानी लाद्ने परम्परा चल्न नहुने बताएका छन् । भारतको नयाँ दिल्लीमा जारी ब्रिक्स देशहरूको १८ औं शिखर सम्मेलनका क्रममा राष्ट्रपति सीले यस्तो बताएका हुन् ।

सम्मेलनको दोस्रो सत्रलाई सम्बोधन गर्दै सीले ‘बल नै सही’ भन्ने सोचलाई विश्वका देशहरूले धेरै पहिले नै त्यागिसक्नुपर्ने बताए । उनले विश्वका सबै देश ठूला वा साना, धनी वा गरिब सम्मानका हकदार रहेको बताए ।

‘विकासशील देशहरूले बहुपक्षीयता र संयुक्त राष्ट्रसंघको भूमिकालाई थप बलियो बनाउनुपर्छ । ताकि अन्तर्राष्ट्रिय मामिलामा सबै देशको समान सहभागिता सुनिश्चित गर्न सकियोस्,’ उनले भने ।

राष्ट्रपति सीले वर्तमान विश्व परिस्थिति निकै अस्थिर रहेकामा चिन्ता व्यक्त गरे । ‘यस्तो अवस्थामा ब्रिक्स देशहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्दै विकासशील देशहरूलाई एकजुट गर्नुपर्ने र विश्वमा शान्ति तथा स्थिरता कायम गर्न सकारात्मक शक्तिका रूपमा काम गर्नुपर्छ,’ उनले भने ।



यस्तै, सीले नियमबिनाको विश्व ‘अराजकता र अव्यवस्था’तर्फ जाने जोखिम रहने भन्दै अन्तर्राष्ट्रिय नियम सबै देशको सहभागितामा निर्माण हुनुपर्ने बताए ।

‘नियमबिनाको विश्व ट्राफिक बत्ती नभएको चोकजस्तै हो, जहाँ अराजकता र अव्यवस्था लगभग निश्चित हुन्छ,’ उनले भने, ‘निष्पक्षता र न्याय विश्वव्यापी आकांक्षा हो र अन्तर्राष्ट्रिय नियम सबै देशले मिलेर बनाउनुपर्छ ।’

ग्लोबल साउथका देशहरूले अन्तर्राष्ट्रिय मामिलामा कानुनी शासनको संयुक्त रूपमा रक्षा गर्नुपर्नेमा चिनियाँ राष्ट्रपतिले जोड दिए । ‘सार्वभौम समानता, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र विवादको शान्तिपूर्ण समाधानजस्ता अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताको संरक्षण गर्नुपर्छ,’ उनले भने ।

अन्तर्राष्ट्रिय कानुन र नियम सबै देशमा समान रूपमा लागु हुने सुनिश्चित गर्नुपर्ने र दोहोरो मापदण्डबाट मुक्त राख्नुपर्ने उनले बताए ।

अन्तर्राष्ट्रिय नियम र समानतामा जोड दिँदै सीले न्याय र निष्पक्षता हरेक देशको चाहना भएकाले विश्वका नियम कुनै एक शक्तिशाली देशले नभई सबै देशले मिलेर तय गर्नुपर्ने उनले बताए । –भारतीय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्रिक्स देशहरूको शिखर सम्मेलनले मध्यपूर्वमा प्यालेस्टाइनको समर्थन गरेको छ । नयाँ दिल्लीमा सुरु भएको शिखर सम्मेलनको घोषणापत्रमा इजरायल–प्यालेस्टाइन द्वन्द्वको न्यायपूर्ण र दीर्घकालीन समाधान शान्तिपूर्ण माध्यमबाट मात्रै सम्भव रहेको उल्लेख छ । ब्रिक्स देशहरूले दुई–राज्य(इजरायल र प्यालेस्टाइन) समाधानको समर्थन गरेका छन् । यसअन्तर्गत सन् १९६७ मा अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त सीमाभित्र सार्वभौम र स्वतन्त्र प्यालेस्टाइन राज्य स्थापना ...
। यसनमा सशस्त्र समूहबीचको संघर्ष चर्कँदै जाँदा मानवीय संकट गहिरिँदै गएको छ । द्वन्द्व चर्किँदा मानिसहरू विस्थापित हुने क्रम तीव्र छ । संयुक्त राष्ट्रसंघका अनुसार, जुलाईमा इरान समर्थित समूह हुथीले साउदी अरबको नौसैनिकविरुद्ध नाकाबन्दी घोषणा गरेयता मत्रै करिब ७६ हजार मानिस विस्थापित भइसकेका छन् । पछिल्लो एक सातामा मार्त्र विस्थापित मानिसको संख्या करिब चार गुणाले बढेको राष्ट्रसंघले ...
। ब्रिक्स देशहरूको शिखर सम्मेलनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य देशमाथि लगाउँदै आएको एकतर्फी ट्यारिफको विरोध गरेको छ । ब्रिक्स सम्मेलनको घोषणापत्रमै विश्व व्यापार संगठन (डब्लूटीओ) का नियमविपरीत एकतर्फी ट्यारिफ, गैर–ट्यारिफको विकल्प तथा संरक्षणवादप्रति चिन्ता व्यक्त गरिएको छ । ब्रिक्स सम्मेलनले यस्ता कदमले विश्वव्यापी व्यापार तथा आपूर्ति शृंखलामा असर पार्नुका साथै आर्थिक असमानता बढाउन सक्नेमा चिन्ता व्यक्त ...
: इन्डोनेसियामा २४३ जना यात्रु बोकेको जहाजसँग सम्पर्क विच्छेद भएपछि व्यापक रूपमा खोजी तथा उद्धार कार्य सुरु गरिएको छ। अधिकारीहरूका अनुसार 'विर्गो ट्रान्सपोर्ट-८' नामको उक्त जहाज सुराबायाबाट दक्षिण कालिमन्तानको बन्जारमासिन शहरतर्फ गइरहेको थियो। आइतबार बिहानै यात्राका क्रममा फेरीले खराब मौसमको सामना गर्नुपरिरहेको खबर पठाएको थियो। खराब मौसमको सूचना पठाएलगत्तै फेरीसँगको सम्पर्क पूर्ण रूपमा टुटेको हो। खोज तथा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान (एमबीएस) बीच हालै दुई पटक टेलिफोन वार्ता भएको छ। समाचार वेबसाइट एक्सियोसका अनुसार उक्त वार्ताका क्रममा क्राउन प्रिन्सले यमनका हुथी विद्रोहीहरूविरुद्ध कडा सैन्य कदम चाल्न अमेरिकालाई आग्रह गरेका थिए। तर, राष्ट्रपति ट्रम्पले साउदी अरबको उक्त मागलाई अस्वीकार गरिदिएका छन्। यसैबीच रातो सागर र रणनीतिक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम