मुख्य समाचार
दुर्घटनामा गम्भीर घाइते भएका एक वृद्धलाई अस्पताल पुर्‍याउनुको सट्टा सडकमा फालेर सिटी सफारी चालक फरार
दुर्घटनामा गम्भीर घाइते भएका एक वृद्धलाई अस्पताल पुर्‍याउनुको सट्टा सडकमा फालेर सिटी सफारी चालक फरार

: दुर्घटनामा गम्भीर घाइते भएका एक वृद्धलाई अस्पताल पुर्‍याउनुको सट्टा सडकमा फालेर सिटी सफारी चालक फरार भएका छन् । अस्पताल लैजाने भन्दै सिटी सफारीमा राखी अलि पर लगेर सडकमा छाडिएका ८२ वर्षीय तीर्थराज बस्नेतको केही समयपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान विराटनगर महानगरपालिका–९ ठकुरवाडी रोडमा प्रदेश १–०२–००४ ह ९६७५ नम्बरको सिटी सफारीले विराटनगर–८ निवासी बस्नेतलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई स्थानीयले उद्धार गरी सोही सिटी सफारीमा राखेर उपचारका लागि पठाएका थिए ।

तर,घाइते वृद्धलाई अस्पताल पुर्‍याउनुको सट्टा चालकले विराटनगर–७ स्थित मालपोत कार्यालयनजिकै सडकमा छाडेको खुलेको छ । प्रहरीका अनुसार वृद्धलाई सडकमा छाडेपछि चालक सिटी सफारीसहित त्यहाँबाट फरार भएका थिए । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार केही समयपछि मालपोत कार्यालयनजिकै वृद्ध मृत अवस्थामा फेला परेका हुन् । बिहान करिब ६:३० बजेतिर वृद्ध पुरुष सडकमा मृत अवस्थामा रहेको सूचना आएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी मकेन्द्रकुमार मिश्रको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो । सुरुमा मृतकको पहिचान खुल्न सकेको थिएन । पछि विराटनगर–८ का माधव बस्नेतले मृतक आफ्ना बुवा तीर्थराज बस्नेत भएको सनाखत गरेका थिए ।

प्रहरीका अनुसार दुर्घटनापछि घाइतेलाई तत्काल अस्पताल पुर्‍याइएको भए उनको ज्यान जोगिन सक्ने थियो । तर,उपचारको जिम्मेवारी लिनुपर्ने चालकले घाइतेलाई बीच सडकमा छाडेर भागेको घटनाले मानवीय संवेदनामाथि नै गम्भीर प्रश्न उठाएको एसपी कटवालले बताए । ‘अस्पताल लगेर भर्ना गरेको भए वृद्धको ज्यान बच्न सक्ने अवस्था थियो । तर,सडकको किनारमा छाडेर चालक फरार भएको देखिन्छ,’एसपी कटवालले भने ।

घटना लगत्तै प्रहरीले सिटी सफारी र चालकको खोजी थालेको थियो । खोजीका क्रममा बिहान करिब ८:३० बजेतिर मोरङको कटहरी गाउँपालिका–२ स्थित आफ्नै घरबाट ५५ वर्षीय अर्जुन भगत पक्राउ परेका छन् । पक्राउ परेका भगतलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।

‘शव फेला परेको जानकारी आउनसाथ डीएसपीको नेतृत्वमा टोली घटनास्थल पुग्यो । घटनाको प्रारम्भिक अनुसन्धानबाट वृद्धलाई सिटी सफारीले ठक्कर दिएको र चालकले अर्कै ठाउँमा लगेर सडकमा फालेर फरार भएको पाइयो । सफारी चालकको पहिचान तत्काल हुन सकेन ।

प्रहरी सक्रियताका कारण पहिचान गरेर केहीबेरमै घटनामा संलग्न चालकलाई पक्राउ गर्न सफल भइयो,’एसपी कटवालले भने । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतक बस्नेतको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को सुरुवाती चरणमै गर्नुपर्ने पूर्वतयारी र व्यवस्थापन गर्न नसकेका कारण धेरै मानवीय क्षति भएको बताएका छन्। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा घिसिङले सरकारले विपद्को सुरुवाती चरणमै गर्नुपर्ने पूर्वतयारी र व्यवस्थापन गर्न नसकेको तथा समयमै प्रभावकारी कदम चालेको भए धेरै मानवीय क्षति रोक्न सकिने बताए। उनले देशमा आइपरेको ...
: मोटरसाइकलको ठक्करबाट ५ पैदलयात्रीसहित ७ जना घाइते भएका छन् । जिल्लाको मदाने गाउँपालिका–४ नातिनडाँडास्थित बाझकटेरीबाट पुर्कोटदहतर्फ आउँदै गरेको लु २ प ७९२९ नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेका ५ जना पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकल चालक, पछाडि सवार व्यक्ति र अन्य ५ पैदलयात्री गरी ७ जना घाइते भएका हुन्। मोटरसाइकल मदाने गाउँपालिका–४ धारापानी बस्ने १७ वर्षीय खुमबहादुर ...
: सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आफू लखेटिएको भन्दै भ्रम फैलाइएको बताएका छन्। सामासजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले दुई जना आएर हल्ला गरेपछि आफूहरु कार्यक्रमस्थलबाट बाहिरिएको उल्लेख गरेका छन्। ‘आज सिरहा र सप्तरीमा १०० जनाभन्दा बढी सरोकारवाला सहभागी अन्तरक्रियामा धेरैभन्दा धेरैका आवाज सुन्ने हाम्रो प्रयास थियो। तर, दुई जना व्यक्तिले आएर हल्ला गरेपछि ...
: पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारप्रति जनताको ठूलो अपेक्षा भएपनि सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। शनिबार वीरगन्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजकसमेत रहेका नेपालले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका क्रममा सरकारले बेपत्ताको खोजी तथा उद्धारमा ढिलाइ गरेका कारण थप जनधनको ...
: रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। असोज १ गते भदौ महिनाको पुरस्कार घोषणा गर्ने गरी तयारी गरिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम