: रुकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नं ६ कोटगाउँबाट सिम्ली बजारतर्फ आउँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कोटगाउँबाट सिम्ली बजारतर्फ आउँदै गरेको बोलेरो जिप आइतबार दुर्घटनामा परेको हो । गम्भीर घाइतेसहित अन्य घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि पठाइएको छ । घाइतेहरूको पहिचान तथा उनीहरूको अवस्थाबारे थप विवरण संकलन भइरहेको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा मृत्यु हुने दुई जनाको पहिचान खुल्न बाँकी छ । प्रहरीले मृतकको पहिचान खुलाउने तथा घाइतेहरूको विवरण संकलन गर्ने काम गरिरहेको उनले बताए ।
दुर्घटनाको कारण भने खुलिसकेको छैन। जिप कसरी दुर्घटनामा पर्यो भन्नेबारे प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको छ । घटनास्थलको अवस्था, सडकको अवस्था र जिपको अवस्थालगायतका विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।