मुख्य समाचार
प्रचण्डले नुवाकोट पुगेर बाढी प्रभावित क्षेत्रको निरीक्षण
प्रचण्डले नुवाकोट पुगेर बाढी प्रभावित क्षेत्रको निरीक्षण

: पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नुवाकोट पुगेर बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटका विभिन्न क्षतिग्रस्त क्षेत्रको प्रचण्डले स्थलगत निरीक्षण गरेका हुन्। उनले नुवाकोटको महादेवफांट, देवीघाट, ढुङ्गे र त्रिशूली बजार लगायतका प्रभावित क्षेत्रको निरीक्षण गरे।

निरीक्षण प्रश्चात् प्रचण्डले सरकारले प्रभावकारी रूपमा राहत, उद्धार तथा पुनर्निर्माणसँगै पीडितहरूको पुनःस्थापना गर्नुपर्नेमा जोड दिए। तीनै तहको सरकारले बिपत्तिको सामना गर्न विभिन्न प्रभावकारी कार्यक्रमहरु ल्याउनुपर्ने प्रचण्डको भनाइ छ।


बाढीले क्षति गरेका नुवाकोटका विभिन्न सम्पदा, पहिचान तथा धार्मिक एवं पर्यटकीय स्थलहरूको पुनर्निर्माण पनि जरुरी रहेको प्रचण्डले उल्लेख गरे। काठमाडौंबाट सडकमार्ग हुँदै नुवाकोटका बाढीग्रस्त क्षेत्रहरुमा पुगेका प्रचण्डले बाढीपीडितहरूसँग भेट गरी उनीहरूका गुनासा समेत सुने। प्रचण्डले बाढीले बगाएको देवीघाटमा निर्माण गरिएको बेलीब्रिजको समेत निरीक्षण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जापानिज इन्सेफ्लाइटिस (जेई)को संक्रमणबाट झापामा थप एक बालकको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–८ निवासी ८ वर्षीय अविनाश टुडुको जेई संक्रमणबाट मृत्यु भएको भद्रपुर नगर स्वास्थ्य शाखाले जनाएको छ । अविनाशलाई भदौ ८ गते उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना गरिएको थियो । अस्पतालमा परीक्षणका क्रममा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएपछि थप उपचारका लागि भदौ ...
: भारतले रसुवाको बेत्रावतीमा निर्माण गरिने ७० मिटर लामो बेलिब्रिजका निर्माण सामग्री हस्तान्तरण गरेको छ। भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार बेलिब्रिज निर्माणका भारतबाट ल्याइएको पाटपुर्जाहरूको पहिलो खेप सडक डिभिजनलाई हस्तान्तरण गरिएको हो। मकवानपुर–१ का सांसद प्रकाश गौतम र हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीना कुमारी लामा, जिल्ला प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूको उपस्थितिमा शनिबार ...
: अर्थ समितिले बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कर्मचारीलाई अयोग्य बनाउने प्रावधान तत्काल संशोधन गर्न निर्देशन दिएको छ। शुक्रबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) २०७३ को दफा १८ संशोधन गर्न अर्थमन्त्रीलाई निर्देशन दिएको हो। बाफिया ऐन २०७३ को दफा १८ मा बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कर्मचारीलाई अयोग्य बनाउने प्रावधान ...
: गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे नजिक राखिएका राहत सामग्रीको निरीक्षण गरेका छन्। बाढी प्रभावितहरुका लागि विभिन्न मुलुकले प्रदान गरेका राहत सामग्रीहरु विमानस्थलको रनवे नजिक राखिएको छ। त्यी साम्रगीहरुको निरीक्षण गर्न गृहमन्त्री गुरुङ शनिबार बेलुकी विमानस्थल पुगेका हुन्।
: १७ दिनअघि रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका उदयपुरका एक व्यक्तिको हिन्दु संस्कारअनुसार कुशको शव बनाई दाहसंस्कार गरिएको छ। भदौ १० गते बिहान ८:३० बजे परिवारसँग सम्पर्कपछि बेपत्ता बनेका त्रियुगा नगरपालिका- ४ का ४२ वर्षीय देवेन्द्र घिमिरेको शनिबार कुशको शव बनाएर दाहसंस्कार गरिएको हो। ‘१७ दिनसम्म पनि सुरुङभित्र वा कहीँ कतै अफ्ठ्यारोमा परेर ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम