मुख्य समाचार
हुथीविरुद्ध सैन्य आक्रमण गर्न साउदी क्राउन प्रिन्सले गरेको आग्रह ट्रम्पद्वारा अस्वीकार
हुथीविरुद्ध सैन्य आक्रमण गर्न साउदी क्राउन प्रिन्सले गरेको आग्रह ट्रम्पद्वारा अस्वीकार

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान (एमबीएस) बीच हालै दुई पटक टेलिफोन वार्ता भएको छ।

समाचार वेबसाइट एक्सियोसका अनुसार उक्त वार्ताका क्रममा क्राउन प्रिन्सले यमनका हुथी विद्रोहीहरूविरुद्ध कडा सैन्य कदम चाल्न अमेरिकालाई आग्रह गरेका थिए। तर, राष्ट्रपति ट्रम्पले साउदी अरबको उक्त मागलाई अस्वीकार गरिदिएका छन्।

यसैबीच रातो सागर र रणनीतिक रूपमा महत्त्वपूर्ण 'बाब अल-मान्देब' जलडमरूमध्यमा आफ्नो नियन्त्रण बलियो बनाएको दाबी गर्दै हुथी विद्रोहीहरूले साउदीका तटीय बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी लगाएको घोषणा गरेका छन्।

यसको जवाफमा साउदी नेतृत्वको यमनी सरकारी फौजले तटीय शहर मोखा वरपरका हुथी ठेगानाहरूमा तीव्र आक्रमण गरेको छ। तनाव बढ्दै जाँदा शनिबार राति हुथीले दागेको क्षेप्यास्त्र साउदीको सीमावर्ती क्षेत्रमा खस्दा दुई जना घाइते हुनुका साथै एक मस्जिद, थुप्रै भवन र सवारी साधनहरूमा क्षति पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतको आयोजनामा सञ्चालित १८औँ ब्रिक्स शिखर सम्मेलन २०२६ ले ‘नयाँ दिल्ली घोषणापत्र’ जारी गर्दै नागरिक पूर्वाधार तथा अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीको निगरानीमा रहेका शान्तिपूर्ण परमाणु प्रतिष्ठानहरूमाथि हुने लक्षित आक्रमणहरूप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। सम्मेलनको पहिलो दिन सर्वसम्मत रूपमा पारित घोषणापत्रमार्फत सदस्य राष्ट्रहरूले सशस्त्र द्वन्द्वको समयमा पनि परमाणु सुरक्षा र संरक्षणमा कुनै पनि किसिमको सम्झौता ...
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम