मुख्य समाचार
दुई वटा बस एकापसमा ठोक्किँदा १८ जना घाइते
दुई वटा बस एकापसमा ठोक्किँदा १८ जना घाइते

: पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दाघाट सुस्ता पूर्व)को गैंडाकोटमा दुई वटा बस एकापसमा ठोक्किँदा १८ जना घाइते भएका छन्।

गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान ६:५० बजे दुर्घटना भएको हो। नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको लु २ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।

नेपाल प्रहरीका अनुसार दुर्घटनामा परी दुवै बसमा सवार १८ जना यात्रु घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि भरतपुरका विभिन्न अस्पतालहरूमा पठाइएको छ।

दुर्घटना परी घाइते हुनेहरूको नामावली निम्नानुसार रहेकाे छ:

लु २ ख ६४५७ नं.को बसमा सवार:-

१.जिल्ला कालिकोट तिलागुफा न.पा. -०३ बस्ने वर्ष अं. ३६ को धनमान हमाल, (पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको)

२. जिल्ला नवलपरासी (पूर्व) गैंडाकोट न.पा. -०५ बस्ने वर्ष अं. ६० कि लीला थापा, (पुरानो मेडिकल कलेज, चितवनमा उपचार भइरहेको)

लु २ ख ६०३६ नं. बसमा सवार:-
नयाँ चितवन मेडिकल कलेजमा उपचार भइरहेका घाइते:-

३. लु २ ख ६०३६ बस चालक चितवन भरतपुर ४ बस्ने वर्ष ४७ को सन्तोष बहादुर गुरुङ,

४. जिल्ला नवलपरासी (पूर्व) गैंडाकोट न.पा. -०७ बस्ने वर्ष १२ कि आत्रिया पौडेल,

५. जिल्ला नवलपरासी (पूर्व) गैंडाकोट न.पा. -१५ बस्ने वर्ष ४० की माधवा ज्ञावाली,

६. जिल्ला गोरखा गोरखा बस्ने बस्ने वर्ष ३५ को शकर बयलकोटी,

७. जिल्ला नवलपरासी (पूर्व) गैंडाकोट न.पा. -०२ बस्ने वर्ष ३८ कि सिता ज्ञावाली,

८. ऐ.ऐ. बस्ने वर्ष ११ कि जस्विन ज्ञवाली,

९. जिल्ला चितवन र.न.पा. -०२ बस्ने वर्ष १० कि दिभा रानाभाट,

पुरानो चितवन मेडिकल कलेजमा भएका घाइते:-

१०. जिल्ला बारा, कलैया उ.म.न.पा. -०९ बस्ने वर्ष ६० को मोहन भैया साह,

११. जिल्ला चितवन भरतपुर म.न.पा. -०२ बस्ने वर्ष ३१ कि निशा तिवारी,

१२. ऐ. बस्ने निशा तिवारीको छोरा अं. वर्ष ८ को ऐट्रेन भट्ट,

१३. जिल्ला दाङ बस्ने वर्ष अं. ५५ को निमलाल खड्का,

१४. ऐ.ऐ. निज निमलाल खड्काको श्रीमती अं. वर्ष ५५ कि. अमृता खड्का,

१५. जिल्ला रुपन्देही मायादेवी गा.पा. ६ बस्ने वर्ष ५७ को मनोज गुरुङ,

१६. ऐ.ऐ. मनोज गुरुङको श्रीमती वर्ष ५१ कि हुमा गुरुङ,

१७. जिल्ला नवलपरासी, गैंडाकोट न.पा. -०५ बस्ने वर्ष ५२ को प्रेम बहादुर रानाभाट

१८. जिल्ला नवलपरासी (पूर्व), गैंडाकोट न.पा. -०६ बस्ने वर्ष अं. ४३ की मिरा आचार्य रहेका छन् । दुर्घटनामा परेका सवारी साधनलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: १७ दिनअघि रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका उदयपुरका एक व्यक्तिको हिन्दु संस्कारअनुसार कुशको शव बनाई दाहसंस्कार गरिएको छ। भदौ १० गते बिहान ८:३० बजे परिवारसँग सम्पर्कपछि बेपत्ता बनेका त्रियुगा नगरपालिका- ४ का ४२ वर्षीय देवेन्द्र घिमिरेको शनिबार कुशको शव बनाएर दाहसंस्कार गरिएको हो। ‘१७ दिनसम्म पनि सुरुङभित्र वा कहीँ कतै अफ्ठ्यारोमा परेर ...
: श्रम गन्तव्य राष्ट्र मलेसियाले नेपालबाट कामदार लैजान २५ वटा म्यानपावर कम्पनीलाई मुख्य एजेन्टमा निरन्तरता दिएको छ। मलेसियाली सरकारको परराष्ट्र मन्त्रालयले क्वालालम्पुरस्थित नेपाली राजदूतावासलाई एक पत्र पठाउँदै नेपालका २५ कम्पनीलाई मुख्य एजेन्सी छनोट तथा स्वीकृत गरेको औपचारिक जानकारी गराएको हो। नेपालबाट कामदार लैजान मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस)मा स्वीकृत २५ वटा मुख्य एजेन्सीको ...
: परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खनालले नेपाल ‘एक चीन’ सिद्धान्तप्रति दृढ रहेको र नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका हुन्। उनले विपद्को समयमा चीन सरकारले तुरुन्त उपलब्ध गराएको आपत्कालीन सहायता, प्राविधिक सहयोगप्रति आभार व्यक्त गरे । उनले हिमताल विस्फोट र ...
: पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेल मैदान बन्न नहुने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा खनालले नेपालले असंलग्न,सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्ने धारणा राखेका हुन् । नेपाल–चीन सीमापार रेलवे र ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माणलाई तीव्रता दिनुपर्ने उनको भनाई छ । उनले बीआरआई फ्रेमवर्क अघि बढाउने, चिनियाँ लगानी भित्र्याउने र ...
: प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जाने भएका छन्। जंगीअड्डा स्रोतका अनुसार प्रधानसेनापति सिग्देल एयर चाइनाको जहाजबाट आइतबार बिहान ११ बजे छेन्दु जाँदैछन्। प्रधानसेनापति नियुक्त भएपछि सिग्देल पहिलो पटक चीन भ्रमण जान लागेका हुन्। यस अगाडि गतवर्ष भदौ २७ देखि असोज ४ गतेसम्म गोन्जाउ र सांघाइमा सैनिक एकाइहरूको कार्यक्रममा सहभागी हुन भ्रमण स्वीकृत भएपनि जेनजी आन्दोलन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम