मुख्य समाचार
प्रधानमन्त्रीको एकलकाँटे प्रवृत्ति राष्ट्रिय समस्या बन्यो
प्रधानमन्त्रीको एकलकाँटे प्रवृत्ति राष्ट्रिय समस्या बन्यो

। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको एकलकाँटे र हेपाहा प्रवृत्ति नै मुख्य समस्या भएको बताएका छन् । शनिबार भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुगेर पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

सरकार र प्रधानमन्त्री बालेनले यो महाविपत्तिमा नागरिकहरूको उद्धार र जीवन बचाउन समन्वय र तत्परता नदेखाएको भन्दै संयोजक प्रचण्डले आपत्ति जनाए ।

‘सबै मिलेर जनताको उद्धार र राहतमा केन्द्रित हुनुपर्छ र त्यसका लागि सबैसँगको समन्वय आवश्यक छ भन्ने कमिन्टमेन्ट गरियो,’ उनले भने, ‘तर, सरकारको तर्फबाट खोज, उद्धार र राहतमा जति समन्वय र तत्परता देखाउनुपर्ने हो । बाढी गएको ५ दिनसम्म त सरकार देखिँदै देखिएन ।’

यसअघि भूकम्पलगायतका राष्ट्रिय विपत्ति आइपर्दा आफूले सत्ता र प्रतिपक्ष केही नभनी सरकारलाई पुर्णरूपमा साथ दिएको प्रचण्डले बताए ।

‘सेना भए पुग्छ जस्तो गरियो । तर, सेनाले त राम्रो काम गरेको छ । सेनालगायत सुरक्षा निकायलाई त हामीले धन्यवाद नै भनेका छौँ’, उनले भने ।

यो महाविपत्तिको सामना गर्न सेना एक्लैले गरेर मात्रै सम्भव नभएको बताउँदै उनले स्थानीय सरकार, प्रादेश सरकार र राजनीतिक दलहरूदेखि सबै सामाजिक संघसंस्थाहरूको सहयोग आवश्यक रहेको संयोजक प्रचण्डले बताए ।

‘त्यसका लागि समन्वय गर्ने दायित्व सरकार र मुख्यत: प्रधानमन्त्रीकै हुन्छ । प्रधानमन्त्रीले न त सर्वदलीय सहमतिका लागि प्रयास नै गर्नुभएको छ, न विगतको अनुभवहरू के हुन् भनेर अनुभवीहरूसँग राय, सल्लाह, सुझाव लिन खोज्नुहुन्छ,’ उनले भने, ‘बरू देखेर पनि नदेखेझैँ गरी हिँड्नुहुन्छ । यही नै अहिलेको राष्ट्रिय समस्या भएको छ ।’

विभिन्न विज्ञहरूले विपत्तिमा सहयोग गर्न चाहन्छौँ भन्दा पनि सरकारले ध्यान नदिएको प्रचण्डले आरोप लगाए । उनले भने, ‘सुरुङभित्र फसेका नागरिकहरूलाई बचाउँछौँ भन्दा पनि सरकार धेरै दिनसम्म सहयोग चाहिँदैन भन्दै घमण्ड गरेर बसिरह्यो । आफैँ बचाउँछौँ भन्दै गम्भीर देखिएन । त्यहिँनेर नै ब्लन्डर मिस्टेक भयो ।’

पछि १० दिनपछि तिनै विज्ञ आएर सुरुङबाट मान्छे बचाएको उनले दाबी गरे । बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनपछि जिल्ला समन्वय समिति नुवाकोटको आह्वानमा राखिएको सर्वपक्षीय बैठकमा पनि प्रचण्ड सहभागी भएका थिए ।

बैठकमा उनले सबै पक्ष मिलेर जनताको उद्धार र राहतमा केन्द्रित हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। शिक्षामन्त्री सस्मित पोखरेल केही दिनदेखि मधेशमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप- २०७६ परिमार्जनका लागि आवश्यक सुझाव संकलन केन्द्रित कार्यक्रममा सहभागी भइरहेका छन्। शनिबार सिरहाको औरही नगरपालिका कार्यक्रम थियो। उक्त कार्यक्रममा शिक्षामन्त्री पोखरेलले बोल्न थालेलगत्तै विवाद भएको थियो। पाठ्यक्रम विकास केन्द्रको आयोजना भएको कार्यक्रममा उनी प्रमुख अतिथिको वक्ताको रुपमा सम्बोधन गर्न थालेपछि विवाद सुरु भएको थियो। कार्यक्रममा ...
। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायपालिकाको जिम्मेवारी न्यायाधीश र अदालतका कर्मचारीका साथै कानुन व्यवसायीहरूको साझा प्रयासबाट मात्र पूरा हुन सक्ने बताएका छन्। उच्च अदालत बार एशोसिएशन पाटनको वार्षिक साधारणसभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रधान्यायाधीश शर्माले बार र बेन्चबीच कुनै विषयमा भिन्न बुझाइ भए आपसी संवादमार्फत समाधान गरी नागरिकको न्याय पाउने अधिकार सुनिश्चित गर्नुपर्ने समेत बताए। उनले न्याय ...
। बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । सरकारले पाँच वर्षभित्र आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिएअनुरूप पछिल्लो समय सिक्टा सिँचाइको काम द्रुत गतिमा भइरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताए । बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उनले जानकारी ...
। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्याङ्कन प्रतिवेदनअनुसार ७ अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति भएको छ । जसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकमा भएको छ । बैंकको एउटा ...
। ‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ मूल नारासहित उद्योग व्यापार संघ बुटवलले राष्ट्रिय औद्योगिक व्यापार मेला एवं कृषि तथा पर्यटन महोत्सवको तयारी सुरु गरेको छ । आगामी पुस ३ गतेदेखि १६ गतेसम्म बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालन हुने मेलालाई व्यवस्थित बनाउन आयोजकले औपचारिकरुपमा तयारी शुरु गरेको हो । मेला तयारीअन्तर्गत शनिबार प्रदर्शनी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम