मुख्य समाचार
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित

। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्याङ्कन प्रतिवेदनअनुसार ७ अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

जसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकमा भएको छ । बैंकको एउटा शाखाबाट ६५ करोड बराबरको क्षति भएको छ । प्राधिकरणका अनुसार सिटिजन बैंकको एउटा शाखा प्रभावित हुँदा एक करोड ५६ लाख रुपैयाँको क्षति भएको छ ।

ग्लोबल आइएमई बैंकको एउटा शाखा प्रभावित हुँदा ११ लाख रुपैयाँको क्षति भएको छ । हिमालय बैंकको एउटा शाखा प्रभावित हुँदा ७५ लाख रुपैयाँको क्षति भएको छ । लक्ष्मी सनराइज बैंकको एउटा शाखा प्रभावित हुँदा एक करोड १२ लाख रुपैयाँको क्षति भएको छ ।

माछापुच्छ्रे बैंकको एउटा शाखा प्रभावित हुँदा ७५ लाख रुपैयाँ तथा नबिल बैंकको एउटा शाखा प्रभावित हुँदा ६३ लाख रुपैयाँको क्षति भएको छ । एनआइसी एसिया बैंकका तीन वटा शाखा प्रभावित हुँदा ८८ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकका तीन वटा शाखा प्रभावित हुँदा ४० लाख रुपैयाँको क्षति भएको छ ।

त्यसैगरी एनएमबी बैंकको एउटा शाखा प्रभावित हुँदा चार लाख रुपैयाँको क्षति भएको छ । प्रभु बैंकका दुई वटा शाखा प्रभावित हुँदा ५३ लाख रुपैयाँको क्षति भएको छ भने सानिमा बैंकको एउटा शाखा प्रभावित हुँदा ६३ लाख रुपैयाँको क्षति भएको छ ।

प्रतिवेदनअनुसार बाढी प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय सेवामा क्षति पुगेको छ । नुवाकोटको विदुर नगरपालिकामा बैंकका चार वटा शाखामा ६७ करोड १३ लाख रुपैयाँको क्षति भएको छ ।

सुवाको गोसाइकुण्ड गाउँपालिकामा ११ वटा शाखामा चार करोड २३ लाख रुपैयाँ, रसुवाकै कालिका गाउँपालिकामा एउटा शाखामा २८ लाख रुपैयाँ, सोही जिल्लाको उत्तरगयामा एउटा बैंकको एउटा शाखा प्रभावित हुँदा ७५ लाख रुपैयाँको क्षति भएको छ ।

उक्त रकमबाहेक पनि छुट्टै १९ करोड ५९ लाख रुपैयाँको क्षति भएको देखिएको छ । प्रतिवेदनअनुसार नुवाकोटको विदुरमा छ करोड ४० लाख, रसुवाको गोसाइँकुण्डमा नौ करोड ५३ लाख रुपैयाँ, कालिका गाउँपालिकामा ७९ लाख र उत्तरगया गाउँपालिकामा तीन करोड २३ लाख रुपैयाँको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। शिक्षामन्त्री सस्मित पोखरेल केही दिनदेखि मधेशमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप- २०७६ परिमार्जनका लागि आवश्यक सुझाव संकलन केन्द्रित कार्यक्रममा सहभागी भइरहेका छन्। शनिबार सिरहाको औरही नगरपालिका कार्यक्रम थियो। उक्त कार्यक्रममा शिक्षामन्त्री पोखरेलले बोल्न थालेलगत्तै विवाद भएको थियो। पाठ्यक्रम विकास केन्द्रको आयोजना भएको कार्यक्रममा उनी प्रमुख अतिथिको वक्ताको रुपमा सम्बोधन गर्न थालेपछि विवाद सुरु भएको थियो। कार्यक्रममा ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको एकलकाँटे र हेपाहा प्रवृत्ति नै मुख्य समस्या भएको बताएका छन् । शनिबार भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुगेर पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् । सरकार र प्रधानमन्त्री बालेनले यो महाविपत्तिमा नागरिकहरूको उद्धार र जीवन बचाउन समन्वय र तत्परता नदेखाएको भन्दै संयोजक प्रचण्डले आपत्ति जनाए ...
। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायपालिकाको जिम्मेवारी न्यायाधीश र अदालतका कर्मचारीका साथै कानुन व्यवसायीहरूको साझा प्रयासबाट मात्र पूरा हुन सक्ने बताएका छन्। उच्च अदालत बार एशोसिएशन पाटनको वार्षिक साधारणसभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रधान्यायाधीश शर्माले बार र बेन्चबीच कुनै विषयमा भिन्न बुझाइ भए आपसी संवादमार्फत समाधान गरी नागरिकको न्याय पाउने अधिकार सुनिश्चित गर्नुपर्ने समेत बताए। उनले न्याय ...
। बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । सरकारले पाँच वर्षभित्र आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिएअनुरूप पछिल्लो समय सिक्टा सिँचाइको काम द्रुत गतिमा भइरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताए । बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उनले जानकारी ...
। ‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ मूल नारासहित उद्योग व्यापार संघ बुटवलले राष्ट्रिय औद्योगिक व्यापार मेला एवं कृषि तथा पर्यटन महोत्सवको तयारी सुरु गरेको छ । आगामी पुस ३ गतेदेखि १६ गतेसम्म बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालन हुने मेलालाई व्यवस्थित बनाउन आयोजकले औपचारिकरुपमा तयारी शुरु गरेको हो । मेला तयारीअन्तर्गत शनिबार प्रदर्शनी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम