मुख्य समाचार
प्रहरीले पेस्तोल, म्याग्जिन र पाँच राउन्ड गोलीसहित दुई जनालाई पक्राउ
प्रहरीले पेस्तोल, म्याग्जिन र पाँच राउन्ड गोलीसहित दुई जनालाई पक्राउ

। दैलेखमा प्रहरीले पेस्तोल, म्याग्जिन र पाँच राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा पक्राउ परेका उनीहरूमध्ये एकजनाको बयानका आधारमा लुकाएर राखिएको पेस्तोल बरामद गरिएको हो ।

पक्राउ पर्नेमा दैलेखको आठबीस नगरपालिका–६ का ३० वर्षीय भीमबहादुर शाही र वडा नम्बर ५ का २७ वर्षीय भुपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूविरुद्ध भदौ २२ गते प्रहरी हवल्दार कृष्णबहादुर रानासमेतको प्रतिवेदन जाहेरीका आधारमा अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको थियो ।

अनुसन्धानका क्रममा भुपेन्द्र शाहीले भदौ २६ गते अधिकारप्राप्त अधिकारीसमक्ष बयान दिने क्रममा आठबीस नगरपालिका–४ राकम बजारनजिकैको खोल्सामा पेस्तोल लुकाएर राखेको बताएका थिए।

उनको बयानका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक कृष्ण चन्दको कमान्डमा तीनजनाको प्रहरी टोली खटिएको थियो । टोलीले इलाका प्रहरी कार्यालय राकम, दैलेखसँग समन्वय गरी उक्त स्थानमा खोजतलास गरेको थियो ।

खोजतलासका क्रममा राकम बजारनजिकै खोल्साको झाडीमा कालो प्लास्टिकमा पोका पारेर लुकाइएको अवस्थामा ‘चेकस्लोभाकियामा निर्मित’ लेखिएको तथा १०५०२८ नम्बर उल्लेख भएको एक थान पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए ।

प्रहरीले पेस्तोलसँगै एक थान म्याग्जिन र त्यसमा प्रयोग हुने पाँच राउन्ड गोलीसमेत बरामद गरेको छ । उक्त हतियार भदौ २६ गते दिउँसो १२ बजेतिर बरामद गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको बोहराले बताए ।

घटनाबारे हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । सरकारले पाँच वर्षभित्र आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिएअनुरूप पछिल्लो समय सिक्टा सिँचाइको काम द्रुत गतिमा भइरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताए । बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उनले जानकारी ...
। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्याङ्कन प्रतिवेदनअनुसार ७ अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति भएको छ । जसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकमा भएको छ । बैंकको एउटा ...
। ‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ मूल नारासहित उद्योग व्यापार संघ बुटवलले राष्ट्रिय औद्योगिक व्यापार मेला एवं कृषि तथा पर्यटन महोत्सवको तयारी सुरु गरेको छ । आगामी पुस ३ गतेदेखि १६ गतेसम्म बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालन हुने मेलालाई व्यवस्थित बनाउन आयोजकले औपचारिकरुपमा तयारी शुरु गरेको हो । मेला तयारीअन्तर्गत शनिबार प्रदर्शनी ...
। सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले बजेटको पुनरावलोकन तथा परिमार्जनसहित पुनर्लेखनका लागि तत्काल प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले बजेट निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक प्रक्रिया अगाडि बढाउन आर्थिक मामिला मन्त्रालयलाई अधिकार ...
। मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नखटाउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशअन्तर्गतका स्वास्थ्य निकायलाई पत्राचार गर्दै आर्थिक वर्ष २०८३/०८४ का लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउने वा अन्य कार्यालयमा हाजिर गराउने कार्य नगर्न भनेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम