मुख्य समाचार
माधवकुमार नेपालले संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता हुनुपर्ने बताए
माधवकुमार नेपालले संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता हुनुपर्ने बताए

। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता हुनुपर्ने बताएका छन् । शनिबार वीरगञ्जमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त मौलिक हक, लोकतन्त्र, सङ्घीयता, समावेशितालगायत प्राप्त संवैधानिक अधिकार संरक्षण गर्दै नागरिकका हक पूर्ण कार्यान्वयनका लागि पनि परिवर्तनकारी शक्तिबीचको कार्यगत एकताको आवश्यकता रहेको बताएका हुन् ।

‘संविधान सामान्य परिवर्तनबाट आएको होइन, अहिलेको संविधानको रक्षा गर्न राजनीतिक दलबीच एकता, सहकार्य र समन्वय आवश्यक छ,’ नेता नेपालले भने, ‘जनतालाई सुशासनसहितको सेवा प्रवाहमा सबै एक भई अगाडि बढ्नुको विकल्प छैन ।’

उनले आदिवासी महिला, जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पिछपिडएको क्षेत्रलगायत सिमान्तृकत समुदायको संवैधानिक अधिकार संरक्षण गर्नु सबैको दायित्व रहेको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सहसंयोजक नेपालले वर्तमान सरकारप्रति जनताको तीव्र आकांक्षा भएकाले जनताको चाहनाअनुसार काम गर्नुपर्ने धारणा राखे ।

यस्तै, यही भदौ १० गतेको भोटेकोशी बाढीपछि बेपत्ताको खोजी र उद्धारमा सरकारले थप तीव्रता दिनुपर्नेमा उनले जोड दिए ।

‘देश अहिले विपत्मा छ, हिमाली बाढीका कारण ठूलो जनधनीको क्षति भएको छ,’ उनले भने, ‘खोजी कार्यमा सरकारले उपलब्ध स्रोतसाधन, विभिन्न सङ्घसंस्था तथा राजनीतिक दललाई पनि उद्धार र राहतमा खटाउन सक्नुपर्छ ।’

उनले अघिल्लो भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्नुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले बजेटको पुनरावलोकन तथा परिमार्जनसहित पुनर्लेखनका लागि तत्काल प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले बजेट निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक प्रक्रिया अगाडि बढाउन आर्थिक मामिला मन्त्रालयलाई अधिकार ...
। मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नखटाउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशअन्तर्गतका स्वास्थ्य निकायलाई पत्राचार गर्दै आर्थिक वर्ष २०८३/०८४ का लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउने वा अन्य कार्यालयमा हाजिर गराउने कार्य नगर्न भनेको ...
। जाजरकोटको शिवालय गाउँपालिका–१ स्थित छेडा बजारबाट लागुऔषधसहित जिप चालक पक्राउ परेका छन्। सुर्खेत–जाजरकोट सीमा क्षेत्रमा पर्ने छेडा बजारस्थित नवराज एण्ड नितिसा स्टाफ होटलबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९, राडी बजारका २४ वर्षीय ससीराम परियार पक्राउ परेका हुन्। शनिबार बाँकेको नेपालगन्जबाट डोल्पातर्फ जाँदै गरेको लु.प्र.०१००१ च १७४० नम्बरको जिप चालक परियारलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। होटलमा जिप ...
। रसुवाको भोटेकोशी नदीको बाढीले बगाएको गरगहना फेला पारेर नियतवस लुकाएर राखेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारका ३५ वर्षीया रामबहादुर तामाङ छन् । १० भदौको बाढीमा नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूली बजारमा लिलाबहादुर बोगटी घर बगाउने क्रममा बगेका गरगहना भदौ ११ गते तामाङले फेला पारेको ...
। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् । फाउन्डेसन फर पिस डेभलपमेन्ट एण्ड सोसलिजमले शनिबार काठमाडौंमा आयोजना गरेको ‘काष्ठमण्डप डायलग’मा मन्त्री खनालले नेपाल ‘एक चीन’ सिद्धान्तप्रति दृढ रहेको र नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका हुन् । उनले विपद्को समयमा चीन सरकारले तुरुन्त उपलब्ध गराएको आपत्कालीन सहायता, प्राविधिक सहयोगप्रति ...