मुख्य समाचार
कुलमान घिसिङले सरकारले विपद्को सुरुवाती चरणमै गर्नुपर्ने पूर्वतयारी र व्यवस्थापन गर्न नसकेका कारण धेरै मानवीय क्षति भएको टिप्पणी
कुलमान घिसिङले सरकारले विपद्को सुरुवाती चरणमै गर्नुपर्ने पूर्वतयारी र व्यवस्थापन गर्न नसकेका कारण धेरै मानवीय क्षति भएको टिप्पणी

। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को सुरुवाती चरणमै गर्नुपर्ने पूर्वतयारी र व्यवस्थापन गर्न नसकेका कारण धेरै मानवीय क्षति भएको टिप्पणी गरेका छन्।

घिसिङले शनिबार ललितपुरमा आयोजित कार्यक्रममा सरकारले विपद्को सुरुवाती चरणमै गर्नुपर्ने पूर्वतयारी र व्यवस्थापन गर्न नसकेको तथा समयमै प्रभावकारी कदम चालेको भए धेरै मानवीय क्षति रोक्न सकिने उनको विश्वास थियो।

उनले देशमा आइपरेको ठूलो प्राकृतिक विपद्को सामना सबै मिलेर एकजुट भई गर्नुपर्ने धारणा राखे । त्यस्तै घिसिङले जेन–जी आन्दोलनपछि अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको, युवाहरूमा निराशा बढेको र विदेशिने दर झन् दोब्बर भएको टिप्पणी गरे।

साना कृषकलाई उपेक्षा गरी ठूला लगानीकर्तालाई मात्र फाइदा पुग्ने खालका नीति ल्याइएको उनले बताए।

उनले उज्यालो नेपाल पार्टी कुनै पनि अन्य पार्टीमा विलय नहुने र कुनै दलसँग नमिसी आफ्नै मौलिक एजेन्डासहित वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने स्पष्ट पारे।

आगामी स्थानीय, प्रदेश तथा संघीय निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशबाट वृहत भेला तथा गाउँ–गाउँमा संगठन र सदस्यता विस्तार अभियान सुरु गर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् । फाउन्डेसन फर पिस डेभलपमेन्ट एण्ड सोसलिजमले शनिबार काठमाडौंमा आयोजना गरेको ‘काष्ठमण्डप डायलग’मा मन्त्री खनालले नेपाल ‘एक चीन’ सिद्धान्तप्रति दृढ रहेको र नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका हुन् । उनले विपद्को समयमा चीन सरकारले तुरुन्त उपलब्ध गराएको आपत्कालीन सहायता, प्राविधिक सहयोगप्रति ...
। दैलेखमा प्रहरीले पेस्तोल, म्याग्जिन र पाँच राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा पक्राउ परेका उनीहरूमध्ये एकजनाको बयानका आधारमा लुकाएर राखिएको पेस्तोल बरामद गरिएको हो । पक्राउ पर्नेमा दैलेखको आठबीस नगरपालिका–६ का ३० वर्षीय भीमबहादुर शाही र वडा नम्बर ५ का २७ वर्षीय भुपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय ...
। नेपाली कांग्रेस बैतडीको पञ्चेश्वर गाउँपालिका कार्यसमितिले पार्टी एकढिक्का नभएसम्म वडा र पालिकाको अधिवेशन नगर्ने निर्णय गरेको छ । कार्यसमितिको शनिबार बसेको बैठकले पार्टी एकढिक्का नभएसम्म वडा र पालिकाको अधिवेशन नगर्ने निर्णय गरेको हो । ‘नेपाली कांग्रेस पूर्णरूपमा एकढिक्का भएर नआएको खण्डमा कुनै पनि तहको अधिवेशन नगर्ने निर्णय सर्वसम्मत पारित गरियो,’ बैठकले गरेको निर्णय पुस्तिकामा लेखिएको छ ...
। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बाढी प्रभावितलाई पुनर्स्थापन गर्दा भोटेकोशी र त्रिशूली नदी किनारमा गर्न नहुने बताएका छन् । शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापामगरले यस्तो बताएका हुन् । उनले भोटेकोशी र त्रिशूली नदी किनार क्षेत्रमा अझै बाढीको जोखिम रहेको पनि बताए । त्यसैले दीर्घकालीन सोचका साथ अब बस्ती पुनर्स्थापित गर्दा त्यहाँ कुनै ...
। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘काष्ठमण्डप डायलग’को तेस्रो श्रृङ्खला कार्यक्रममा खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने र असंलग्न, सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्ने धारणा राखेका हुन् । नेपाल–चीन सीमापार रेलवे र ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माणलाई तीव्रता ...