मुख्य समाचार
ग्यासमा तोकिएभन्दा बढी मूल्य लिएर बिक्री गर्ने जोकोहीलाई कानुनी कारबाही गर्न ग्यास विक्रेता महासंघ नेपालले सरकारसँग माग
ग्यासमा तोकिएभन्दा बढी मूल्य लिएर बिक्री गर्ने जोकोहीलाई कानुनी कारबाही गर्न ग्यास विक्रेता महासंघ नेपालले सरकारसँग माग

। विपद्‌मा खाना पकाउने ग्यासमा तोकिएभन्दा बढी मूल्य लिएर बिक्री गर्ने जोकोहीलाई कानुनी कारबाही गर्न ग्यास विक्रेता महासंघ नेपालले सरकारसँग माग गरेको छ ।

महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विषम परिस्थितिको फाइदा उठाएर अनुचित लाभ लिनेमाथि कारबाहीको माग गरेको हो ।

लामो समयदेखि मुलुकमा ग्यास अभाव भइरहेकोमा पछिल्लो समय भोटेकोशीमा आएको भीषण बाढीले थप समस्या निम्त्याएको महासंघले जनाएको छ ।

बाढीका कारण कृष्णभिरको बाटो कटान भई राजधानी जोडिने राजमार्ग अवरुद्ध हुँदा उपत्यकाको आपूर्ति प्रणालीमा ठूलो समस्या पैदा भएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो कठिन र विषम परिस्थितिमा आम उपभोक्तालाई अनुचित मूल्य लिई ग्यास लगायत उपभोग्य वस्तु बिक्री गर्नु दण्डनीय कार्य भएको महासंघले स्मरण गराएको छ ।

महासंघका कार्यवाहक अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा देशभरिका आम ग्यास विक्रेतालाई विशेष अपिल समेत गरिएको छ ।

‘प्राप्त भएको ग्यास वास्तविक समस्यामा परेका उपभोक्तालाई प्राथमिकतामा राखेर बिक्री वितरण गर्न ग्यास विक्रेता महासंघ नेपाल अपिल गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

यस विषम परिस्थितिमा आम उपभोक्तालाई अत्यावश्यक वस्तु उपलब्ध गराउनु सरकार, ग्यास उद्योगी र विक्रेताको मुख्य दायित्व रहेको औँल्याउँदै महासंघले आपूर्ति प्रणाली पुन: सुरु राख्न हरप्रकारको प्रयास गर्नु सबैको साझा दायित्व भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट १०० रुपैयाँका नोट पनि वितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशीे बाढीले ठूलो जनधनको ...
। कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठनका क्रममा सर्वोच्च अदालतमा भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानन्यायाधीशले संवैधानिक इजलास गठनलाई व्यक्तिगत तजबिजको विषय बनाइराख्ने प्रवृत्ति देखिएको बारले संवैधानिक इजलास गठनको मापदण्ड तय गर्न माग गरेको हो । बारले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरिनुपर्ने र त्यसो गर्न नसकिने वस्तुगत अवस्था ...
। इजरायल पठाउने भन्दै ठगी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूलाई मुलपानी क्षेत्रबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए । योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ । यसअघि सीआईबीले कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी ...
। मलेसियाले आगामी नोभेम्बर ५ देखि नेपालबाट नयाँ प्रणाली मार्फत श्रमिक लैजाने जनाएको छ । मलेसियाले ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लुसीएमएस) मार्फत श्रमिक लैजाने अन्तिम मिति आगामी ५ नोभेम्बर २०२६ भनेको छ । मलेसिया सरकारका लागि विदेशी श्रमिक भर्तीसम्बन्धी प्रणाली सञ्चालन गर्दै आएको बेस्टिनेट एसडिएन बीएचडीले ६ अक्टोबरमा ‘मेमो’ जारी गर्दै नेपालका लागि ५ नोभेम्बर २०२६ ...
। दाङमा स्कुल बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका –२ खलङ्गा घर भई तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका २ वर्षीय छोरा आयन रहेका छन् । बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका ...